गृहमन्त्री लामिछानेलाई निर्मला पन्तको हत्यारा पत्ता लगाउने र आफैमाथि अनुसन्धान जिम्मा
२३ फागुन २०८०
•
३ मिनेट पाठ

दोस्रो पटक गृह मन्त्रालय सम्हाल्न पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्ना पार्टीका कार्यकर्ता र नेताले गल्ती गरेमा ‘कानुन पल्टाउनुस् कारबाही गर्नुहोस् मलाई सोध्नु पर्दैन, मेरो निर्देशन त्यही हो’ भने। सहकारी र मिटरव्याजीहरुले न्याय पाउनुपर्छ भन्दै ढुक्क भएर काम गर्न गृह मन्त्रालयका कर्मचारीलाई निर्देशन पनि दिए।

मन्त्रालयको कार्यभार सम्हाल्दा आफ्ना अगाडी धेरै चुनौती रहेको स्वीकार गरेका रवि लामिछानेको काँधमा अब सहकारी पीडितको समस्या सुल्झाउन र आफ्नै विरुद्ध परेको उजुरीको छानबिन गर्ने दायित्व समेत रहेको छ।

गृह मन्त्रालयबाट दोहोरो नागरिकता प्रकरणमा सांसद पदबाटै पदमुक्त भएको करिब १३ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका छन्। बुधबार साँझ सचिव दिनेश भट्टराईको विफ्रङपछि संक्षिप्त निर्देशन दिँदै उनले कानुन कार्यान्वयन पहिलो प्राथमिकता भएको बताए।

उनले गृह मन्त्रालय सम्हाली रहँदा यसअघि कञ्चनपुर भिमदत्त नगरपालिकाकी निर्मला पन्तको हत्यारा पत्ता लगाउँछु भन्ने पहिलो निर्णय गरेका थिए। त्यो निर्णय कार्यान्वयन हुन र अपराधी पत्ता लगाउन अब कति समय लगाउँछन् भन्ने जिज्ञासा पनि उत्तिकै रहेको छ।

साथै पोखरा, चितवन, वीरगन्ज, भैरहवा , नेपालगन्जका ४९ हजार बचतकर्ताको ७ अर्ब ६ करोड रुपैयाँ हिनामिना गर्ने र लामिछानेका व्यापारिक साझेदार गितेन्द्रबाबु (जीबी) राई कहिले पक्राउ पर्छन् भन्ने अर्को कौतुहलता पनि उब्जेको छ। बचतकर्ताको रकम ठगी गरेर सहकारीका अध्यक्ष राई अहिले मलेसिया रहेको नेपाल प्रहरीको दाबी छ।

राई ग्यालेक्सी फोरके टेलिभिजनको सञ्चालक संस्था गोरखा मिडिया प्रालिका अध्यक्ष रहेका थिए। सोही टेलिभिजनमा हालका गृहमन्त्री लामिछाने शेयरसहित प्रबन्ध निर्देशक थिए।

साथै नेपाल प्रहरीका पूर्व डिआइजी छवि बञ्जाडे पनि उनको व्यापारिक साझेदार थिए। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना अभियोग राईविरुद्ध नेपाल प्रहरीले इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरेको छ।

इन्टरपोलले गत माघ १३ गते राई विरुद्ध नोटिस जारी गरेको हो। राइलाई खोज्न नसकेको भन्दै लामिछाने आफैले निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आरोप लगाएका थिए।आज उनै लामिछानेमाथि राई खोज्ने र बचतकर्ताको रकम फिर्ता गराउने दायित्व आइपरेको छ।

२०७९ माघ १३ गते उनी नागरिकता सम्बन्धी विवादका कारण सांसद पद समेत भएपछि उपनिर्वाचनमार्फत पुन निर्वाचित भई सांसद भएका थिए। ४८ वर्षीय लामिछानेमाथि पनि उजुरी रहेको छ। उनी आफैले दिएको निर्देशन कार्यान्वयन गर्ने जिम्मेवारी सुरक्षा निकायलाई छ। तर सुरक्षाकर्मीले रवि माथि पदमा रहँदा अनुसन्धान गर्ने सम्भावना निकै न्यून छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको सूर्यदर्शन सहकारीको मुद्दामा रवि लामिछानेविरुद्ध पनि जाहेरी परेको थियो। उक्त मुद्दामा अनुसन्धान गर्न सीआईबीको टोली पनि पोखरा पुगेर पनि फर्किसकेको छ।

‘मन्त्रीज्यूमाथि अनुसन्धान सकिएको छ, कारबाही गर्ने कि नगर्ने भन्ने बारेमा माथिकै निर्देशन आउला त्यही अनुसार हुन्छ अहिले हामी बोल्न मिल्दैन’, अनुसन्धानमा खटिएका सिआइबीका एक अधिकृतले भने।
अर्को समाचार
गृहमन्त्री लामिछानेलाई निर्मला पन्तको हत्यारा पत्ता लगाउने र आफैमाथि अनुसन्धान गर्ने जिम्मा

डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ

२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ

‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस