प्रदेश तहमा सत्ता हलचल: जोगिन गाह्रो लुम्बिनी सरकार
२३ फागुन २०८०
•
४ मिनेट पाठ
प्रदेश तहमा सत्ता हलचल: जोगिन गाह्रो लुम्बिनी सरकार
केन्द्रीय राजनीतिमा नयाँ सत्ता समीकरण निर्माण भएसँगै प्रदेश तहको राजनीतिमा समेत हलचल सुरु भएको छ। केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणले प्रदेश सरकारको नेतृत्व फेरबदलको रस्साकस्सीलाई बढाएको छ।




यति मात्रै हैन, प्रदेश सरकारहरु भित्र शक्ति प्रदर्शन उच्च बनेको छ। यसै क्रममा लुम्बिनी प्रदेश सरकार भित्र पनि एकले अर्कोमाथि शक्ति देखाउने होड सुरु भइसकेको छ।

कांग्रेसले नेतृत्व गरेको यो प्रदेशमा माओवादीका मन्त्रीहरु बर्खास्त भएका छन्। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीबाट मन्त्री बनेका धनबहादुर मास्की र कृष्णा केसीलाई बुधबार मन्त्री पदबाट बर्खास्त गरिदिए।

मास्की अर्थमन्त्री थिए भने केसी खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री थिइन्। बुधबार यी दुई मन्त्रीहरुको जिम्मेवारी खोस्दै मुख्यमन्त्री चौधरीले सरकारलाई माओवादी विहीनताको अवस्थामा पुर्‍याएका छन्। यी दुई मन्त्रीले सम्हाल्दै आएका मुख्यमन्त्री चौधरीले उनीहरूको मन्त्रालय आफैले राखेका छन्।

आफ्ना मन्त्रीहरुलाई बर्खास्त गरेपछि चिढिएको माओवादी केन्द्रले तत्कालै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। केन्द्रमा निर्माण भएको नयाँ गठबन्धनको मर्म अनुरुप कांग्रेस नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिएर माओवादीले सरकार इतर भूमिका प्रस्तुत गरिदिएको छ।

माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता जोगबहादुर महरा र प्रमुख सचेतक ईन्द्रजीत चौधरीले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभालाई गराएका छन्। 

माओवादीले समर्थन फिर्ता लिएसँगै वर्तमान प्रदेश सरकार अल्पमतमा परेको छ। यो प्रदेशसभामा कुल प्रदेश सभा सदस्य संख्या ८६ हो। ८७ सदस्यीय प्रदेशसभामा एक सांसद निलम्बन भएपछि अहिले एक प्रदेश सदस्य संख्या घटेको छ।

राप्रपाबाट निर्वाचित जानकीप्रसाद यादव भ्रष्टाचार मुद्दामा तानिएपछि उनलाई केही दिन अघि मात्रै प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको छ। ११ प्रदेशसभा सदस्य संख्या रहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकारको पक्षमा अब ४२ सांसद मात्रै कायम भएको छ।

अहिले कायम ८६ सांसद संख्या रहेको प्रदेशसभामा बहुमतका लागि ४४ सांसद कायम हुनुपर्छ। माओवादीका ११ सांसदले समर्थन फिर्ता लिएसँगै सरकारको विपक्षमा ४४ मत पुगेको छ। एमालेका २९, माओवादीका ११, राप्रपाका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद सरकारको विपक्षी छन्।

माओवादीले समर्थन फिर्ता लिएपछि सरकारको समर्थनमा कांग्रेसका २७,जसपाका ३, नागरिक उन्मुक्तीका ४, लोसपाका ३, नेकपा एकीकृत समाजवादीका १, जनमत पार्टीका ३ र एक स्वतन्त्र सांसद मात्रै अहिले सम्म कायम छन्।

त्यसमा पनि केन्द्रमा बनेको सत्ता गठबन्धनमा साना दलहरू जोडिने सम्भावना उच्च रहेकाले पनि वर्तमान सरकार नजोगिने खतरा बढी छ। नेकपा एकीकृत समाजवादी पार्टी पनि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने भएपछि प्रदेश सरकारलाई थप संकट पर्ने छ। यो दलबाट संसद्मा रहेका एक सांसदको मत प्रदेश सरकारको खिलाफमा उभिने छ। यसो हुँदा सरकारको पक्षमा ४१ मत मात्रै कायम हुने छ।

जसपाका ३ सांसदहरुले समेत साथ छोड्ने परिस्थिति बनेको खण्डमा वर्तमान सरकार थप कमजोर बन्ने छ। जसपाको ३ मत घटेको खण्डमा सरकारको समर्थनमा ३८मत मात्रै हुने छ। यसै गरी जनमत पार्टीपनि गठबन्धनमा समाहित हुने परिस्थिति बनेको खण्डमा वर्तमान सरकारको विपक्षमा थप ३ मत जुट्ने छ।

यसो हुँदा प्रदेश सरकारको पक्षमा ३५ मत मात्रै कायम हुने छ। यसै गरी ४ सांसद संख्या रहेको नागरिक उन्मुक्ति पार्टीले तत्काल सरकारमा नजाने निर्णय लिएपछि यो मत वर्तमान सरकारको पक्षमा कायम रहने सम्भावना देखिएको छ।

तर माओवादी बाहेक सरकारलाई समर्थन कायम रहेको कुल मतलाई रोक्न सकेको खण्डमा र राप्रपालाई आफ्नो साथमा लिन सके मात्रै कांग्रेस नेतृत्वको सरकार कायम रहने देखिन्छ। माओवादी र नेकपा एस बाहेक हाल समर्थनमा रहेको कुल मतलाई जोगाउँदै राप्रपाका ३ सांसदलाई समर्थनमा ल्याउन सके मात्रै सरकारको पक्षमा ४४ मतकायम हुने छ। यो स्पष्ट बहुमत हो।

‘अहिले कायम रहेको सांसद संख्या यथावतै रहने परिस्थिति बन्यो भने र राप्रपालाई पनि समर्थनमा ल्याउन सकिएको अवस्थामा वर्तमान सरकार बहुमतमा हुने छ,’ मुख्यमन्त्री सचिवालय स्रोतले भन्यो ‘केन्द्रमा कांग्रेसको यो खालको टिम निर्माण हुन सकेको खण्डमा यहाँको सरकार यथावत् रहने छ।’ 

यता सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादी केन्द्र भने वर्तमान सरकार ढल्ने र नयाँ सरकार निर्माण हुनेमा ढुक्क छ। आफूले समर्थन फिर्ता लिँदा मात्रै वर्तमान सरकार अल्पमतमा परिसकेको भन्दै माओवादी प्रमुख सचेतक ईन्द्रजीत चौधरीले गठबन्धनमा जोडिएको जसपाले पनि समर्थन फिर्ता लिने अवस्था बन्ने र सरकार थप अल्पमतमा पुग्ने दाबी गरे।

‘माओवादीले मात्रै समर्थन फिर्ता लिँदा पनि यो सरकार अल्पमतमा परिसकेको छ,’ चौधरीले भने ‘त्यसकालागि गठबन्धनमा जोडिएको अर्को दल जसपापनि सरकारसँग रहने छैन, यो अवस्थामा सरकारलाई थप संकट पर्छ।’ 

उनले अब मुख्यमन्त्रीले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषय बाहेक अरु कुनै उपाय नभएको समेत बताए।

‘विश्वासको मत लिने मनस्थितिमा मुख्यमन्त्री जी पुग्नु भयो भने यो सरकार थप २९ दिन बढी चल्ने भयो,’ उनले भने ‘तर अल्पमतमा परिसकेपछि नैतिकताका आधारमा राजीनामा दिएर नयाँ सरकार गठनको बाटो सहजै खोलिदिए उहाँको नैतिकता देखिन्थ्यो।’
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
८ घण्टा अघि
•
१ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस