नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद् प्रेम सुवालले सरकारले देशका युवाहरुलाई सस्तो ज्यामी बनाइरहेको आरोप लगाएका छन्।
नेपालका ८० लाख युवाहरुलाई एक सय ७१ भन्दा बढी देशमा सस्तो ज्यामी बन्न पठाइरहेको उनको आरोप थियो।
भक्तपुरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले यसताे बताएका हुन्। उनले नेपालका नदी नालाबाट उत्पादित बिजुली नेपालीहरुलाई खाना पकाउन, कृषि, उद्योग, व्यापार चलाउन सस्तोमा दिनुपर्ने पक्षमा संसद्मा आफूले आवाज उठाइरहेका चर्चा गरे।
उनले तेस्रो विश्वयुद्ध दक्षिण एसियामै हुने खतराबारे प्रष्ट पार्दै संसारका न्याय प्रेमी जनताले युद्धको विरोध गरी शान्तिको पक्षमा आवाज उठाइरहेको बताए।
‘युक्रेनमा रुसविरुद्ध अमेरिकाको छद्म युद्ध र इजारयली फासीवादलाई अमेरिकी सरकारले हातहतियार उपलब्ध गराएर प्यालेस्टाइनी जनताको भूमि कब्जा र नरसंहारजस्ता गतिविधिले तेस्रो विश्वयुद्ध एसियामै हुने अझ प्रष्ट भइरहेको छ’, उनले भने।