कोशी प्रदेशले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
अध्यादेशविरुद्ध परेको रिट निवेदनमाथि बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने अदालतले जनाएको छ।
अधिवक्ता कपिलदेव ढकालले संविधानसँग बाझिएको अध्यादेश अमान्य र बदर गर्न माग दाबी गरेका छन्। राज्य कोषबाट प्रदान गरिने सेवा सुविधाको दोहन गर्न अध्यादेश ल्याइएको दाबीसहित रिट निवेदन दर्ता भएको हो।
कोशी सरकारले हालै प्रदेशसभाका पदाधिकारीहरुको संख्या थप गर्ने गरी केही प्रदेश ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याएको छ।
प्रदेश सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरी सत्तारुढ सबै दलका संसदीय दलका नेता र विपक्षमा रहेका दलको संसदीय दलका नेतालाई पनि प्रदेश सभाको पदाधिकारी किटान गरिएको छ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूची १ मा उल्लेख भएको पारिश्रमिक तथा सुविधा पदाधिकारीले प्राप्त गर्ने पारिश्रमिक तथा सुविधा बराबर नै दिने गरी प्रदेश सभाको बहालवाला सदस्य रहेको पूर्व गृहमन्त्री र सरकारमा सहभागी संसदीय दलका नेताहरूलाई पदाधिकारी भनी परिभाषित गरी अध्यादेश जारी गरिएको हो।
रिट निवेदकले कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालयलगायतलाई विपक्षी बनाइ दर्ता गरेका छन्। प्रदेशसभा अधिवेशन बन्द भएको मौका पारी अध्यादेश जारी गरेको हो।