अनुसन्धान चाँडै सकाउन सिआइबीलाई दबाब
२० माघ २०८०
•
४ मिनेट पाठ
अनुसन्धान चाँडै सकाउन सिआइबीलाई दबाब
बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणबारे शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराउँदै सिआइबीका एसएसपी दिनेश आचार्य। तस्बिर: नागरिक
चौधरी ग्रुपअन्तर्गतको कम्पनी सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरूण चौधरीको मुद्दा चाँडो सरकारी वकिलको कार्यालयमा पठाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दबाब परेको छ। च्याम्पियन फुटवेयरअन्तर्गत बाँसबारी छालाजुत्ता उद्योगको २५ प्रतिशत सेयर खराब नियत राखेर खरिद गरेको आरोपमा चौधरीलाई बिहीबार पक्राउ गरिएको थियो। उनीवरुद्धको मुद्दा चाँडै सरकारी वकिलको कार्यालयमा पठाउन सिआइबीमाथि राजनीतिक दबाब परिरहेको स्रोतले बताएको हो।




सिआइबीले चौधरीलाई पक्राउ गरेकै दिन बिहीबार अदालतबाट अनुसन्धानका लागि चार दिनको समय लिएको छ। जिल्ला अदालत काठमाडौंबाट लिएको उक्त समय आइतबार सकिँदैछ। सोही समयभित्रै मुद्दा सरकारी वकिलको कार्यालयमा पठाउन चर्को दबाब परिरहेको प्रहरी उच्च स्रोतले जनाएको हो।

‘अनुसन्धान गर्न भ्याइएको छैन तर मुद्दा पठाउन दबाब आइसक्यो,’ उक्त स्रोतले भन्यो, ‘निर्णय प्रक्रियामा संलग्नहरूमाथि पनि अनुसन्धान जारी छ। यसमा एउटा संगठित प्रकारको ठगी देखिन्छ।’ नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीका कान्छा भाइसमेत रहेका अरुण प्रहरीकै निगरानीमा अस्पतालमा छन्। प्रहरीले सो जग्गा हिनामिना प्रकरणमा अन्य व्यक्ति र सरकारी कर्मचारी पनि तानिन सक्ने बताइरहेका बेला मुद्दा सरकारी वकिलकोमा बुझाउन दबाब परेको हो।

बिहीबार चिरायु अस्पतालमा भर्ना गरिएका चौधरीलाई शुक्रबार ग्रान्डीमा सारिएको छ। उनीसँगै बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा पनि छन्। तीन महिना लामो अनुसन्धानका आधारमा चौधरीलगायत बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिनामा संलग्नलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।
पक्राउबारे जानकारी दिन शुक्रबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले २०५२ साउन ११ गते च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयर अरूण चौधरीका नाममा आएको प्रमाण रहेको जानकारी दिए।

च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयर चौधरीका नाममा आएपछि तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडलाई २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको देखिएको उनले बताए। त्यसपछि सरकारको अधीनमा रहेको जग्गा व्यक्तिका नाममा गएको एसएसपी आचार्यको भनाइ छ। उनका अनुसार पछि फेरि च्याम्पियन फुटवेयर प्रालिको नाम पनि परिवर्तन गरेर सिजी चाँदबाग रेसिडेन्सी प्रालि राखिएको हो।

बाँसबारी छालाजुत्ता उद्योगले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिक रूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला उद्योगको २५ प्रतिशत र २४ प्रतिशत सेयर सर्वसाधारणको रहने भनिए पनि त्यस्तो नभएको देखिएको एसएसपी आचार्यले बताए। ‘सर्वसाधारणका लागि भनिएको २४ प्रतिशत सेयर पनि कतै जारी नभएको पाइएको छ,’ उनले भने।

बाँसबारी छालाजुत्ता उद्योगले आफ्ना नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई हस्तान्तरण गरेर २६ लाख लगानी गरेको देखिएको उनले बताए। च्याम्पियन फुटवेयरको चुक्ता पुँजी ५० लाख मात्र देखिएको बताइएको छ।

‘जसमा स्थापना गर्न लागिएको स्पोर्टस् सुज कम्पनीको ५१ प्रतिशत सेयर अरूण चौधरी र परिवारको, २५ प्रतिशत छालाजुत्ता उद्योगको र बाँकी २४ प्रतिशत सर्वसाधारणको रहने सम्झौता भएको थियो। त्यही सम्झौताका आधारमा २०४३ भदौ १३ गते च्याम्पियन फुटवेयर लिमिटेडमा २५ प्रतिशत सेयर बाँसबारी छाला जुत्ता उद्योगको रहने निर्णय गरियो।
२०४३ मंसिर २७ गते च्याम्पियन फुटवेयर लिमिटेड दर्ता भएर २०४४ भदौ ५ गते बाँसबारी छालाजुत्ता उद्योगको ६ रोपनी जग्गा (जसको मूल्यांकन प्रतिरोपनी २ लाख ५० हजार गरेर) १५ लाख बराबरको १८ रोपनीबाट कट्टा गरेर ६ रोपनी च्याम्पियन फुटवेयर लिमिटेडका नाममा हस्तान्तरण गरेको देखिन्छ,’ एसएसपी आचार्यले 
भने । यसै सन्दर्भमा उनले अगाडि भने, ‘पुनः २०४४ मंसिर १३ गते अर्को थप ४ रोपनी जग्गा पनि २०४४ पुस १८ गते दिएपछि बाँसबारी छाला जुत्ता कारखानाको २६ लाख रूपैयाँ लगानी भएको देखिन्छ।

कम्पनी स्थापना हुँदाको पुँजी ५० लाख रूपैयाँ थियो। कम्पनीको पुँजी १ करोड बनाउँदा थप चार रोपनी जग्गा दिएर १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडलाई दिएको देखिन्छ। यसमा लगानीको हिसाबले हेर्दा २४ प्रतिशत सेयर सर्वसाधारणका लागि भनिए पनि कतै पब्लिक भएको देखिएको छैन। कम्पनीले २६ लाख लगानी गरेको र बाँकी ७४ लाख रूपैयाँ अन्य पार्टीहरूबाट लगानी हुनुपर्ने थियो।’
सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले जग्गा हिनामिना प्रकरणमा अन्य पक्षको संलग्नताबारे अनुसन्धान भइरहेको बताए।

‘यस प्रकरणको अनुसन्धान गर्न हामीलाई तीन महिनाभन्दा बढी समय लाग्यो। यसको अनुसन्धान जारी रहन्छ। अनुसन्धान हुँदै जाँदा अरू व्यक्ति पनि तानिने सम्भावना छ,’ एसपी अधिकारीले भने। सिआइबीले तत्कालीन अध्यक्ष थापालाई मात्र दोषी देखाउन नहुने भन्दै त्यसमा अन्य पक्षको पनि हात रहेको हुन सक्ने भन्दै अनुसन्धानको दायरा फराकिलो बनाएको छ।

‘अहिले जग्गा दिने र लिने व्यक्ति दुवै अनुसन्धानमा छन्। थप व्यक्तिहरू पनि पक्राउ पर्न सक्ने सम्भावना छ। तत्काललाई यसमा कुनै राजनीतिक तहमा निर्णय भएको देखिँदैन। नीतिगत रूपमा निर्णय भएको पनि देखिएन। तजबिजी अधिकार प्रयोग भएजस्तो देखिन्छ,’ एसपी अधिकारीले भने।
सिआइबीले मुलुकी ऐन २०२० अनुसार किर्ते कागज र ठगी आरोपमा अनुसन्धान भइरहेको जनाएको छ। ‘सरकारलाई हानिनोक्सानी पु¥याई आफूहरूले आर्थिक लाभ लिएको सम्बन्धमा साबिक मुलुकी ऐन २०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुर अनुसन्धान भइरहेको व्यहोरा अनुरोध गरिन्छ,’ सिआइबीले भनेको छ।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस