लोक कल्याणकारी विज्ञापन रोक्न खोजिएको छैन: सञ्चार मन्त्रालय
१७ माघ २०८०
•
२ मिनेट पाठ
लोक कल्याणकारी विज्ञापन रोक्न खोजिएको छैन: सञ्चार मन्त्रालय
सरकार यतिबेला आम सञ्चार र सूचना प्रविधि क्षेत्रका पुराना कानुन परिमार्जन, एकीकरण तथा आवश्यक नयाँ कानुन निर्माणमा जुटेको छ। त्यसका लागि एक वर्षको बीचमा विज्ञहरु सम्मलित समिति गठन  गरी समितिका प्रतिवेदनहरुलाई मुख्य आधार मानेर विभिन्न कानुनको मस्यौदा गर्ने, त्यसमा सरोकारवालाबीच छलफल गर्ने, वेबसाइटमा राखेर सार्वजनिक राय सुझाव लिने र ती रायसुझावका आधारमा मस्यौदा परिमार्जन गरेर अन्य सम्बन्धित मन्त्रालयको राय सुझाव लिने कार्य भइरहेको छ।




जसअनुसार वरिष्ठ पत्रकार डा.सुरेश आचार्य संयोजक र वरिष्ठ पत्रकारहरु डा। महेन्द्र बिष्ट, गोविन्द आचार्य, बबिता बस्नेत र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल सदस्य रहेको आम सञ्चार सुधार सुझाव समिति गठन गरिएको थियो। समितिको प्रतिवेदनलाई मुख्य आधार मान्दै अहिले आम सञ्चार क्षेत्रमा कानुन निर्माणको काम भइरहेको छ।

सोहीअनुसार नेपाल मिडिया काउन्सिल विधेयकमा अर्थमन्त्रालयबाट राय प्राप्त भई कानुन मन्त्रालयमा रायका लागि पठाइएको छ भने आम सञ्चार विधेयक अर्थ मन्त्रालयमा रायका लागि पठाइएको छ।

खासगरी आम सञ्चार नीति २०७३ को मर्मबमोजिम आम सञ्चार क्षेत्रमा पुनःसंचना गर्न नयाँ संरचनाको रुपमा आम सञ्चार प्राधिकरणको परिकल्पना गरिएको छ भने मिडिया काउन्सिललाई वास्तविक नियामक निकायको रुपमा स्थापित गर्न खोजिएको छ।

प्रस्तावित मिडिया काउन्सिल विधेयकमा आचारसंहिताको पक्षलाई केन्द्रित गर्दै पत्रकार परिचयपत्र जारी गर्नेलगायतका अधिकार समेटिएको छ भने यसअघि प्रेस काउन्सिलले गर्दै आएको पत्रपत्रिका वर्गीकरण ९अब सञ्चारमाध्यम भनिएको छ किनकि अनलाइनहरु पनि वर्गीकरण गर्नुपर्नेछ० को व्यवस्था आम सञ्चार विधेयकमा प्रस्ताव गरिएको छ।

सोही वर्गीकरणका आधारमा सञ्चारमाध्यममले पाउने लोककल्याणकारी विज्ञापनको व्यवस्था विज्ञापनसम्बन्धी ऐन र नियमावलीमा यसअघि नै स्पष्ट भइसकेको छ। यो तथ्यलाई नजरअन्दान गरी आम सञ्चार क्षेत्रका कानुन निर्माणलाई विषयान्तर गर्ने गरी सरकारले लोककल्याणकारी विज्ञापन रोक्ने गरी कानुन प्रस्ताव गरेको भन्ने आशयका साथ केही मिडियामा  समाचार प्रकाशित भएकोमा त्यसमा सत्यता नरहेको र विधेयकहरुको पूर्ण अध्ययन गरी आवश्यक सुझावका लागि आग्रह गर्दछु।
अर्को समाचार
सतीशलालको घरैमा बसेको छु, अहिले पनि कुरा हुन्छ:प्रधानमन्त्री
०४ पौष २०८०
•
४ मिनेट पाठ
सतीशलालको घरैमा बसेको छु, अहिले पनि कुरा हुन्छ:प्रधानमन्त्री
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले २०८६ सालमा एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको छ। सूचना तथा सञ्चार मन्त्रालयमा दूरसञ्चार ऐन, २०५३ लाई प्रतिस्थापन गर्न बनेको ऐनको मस्यौदा विचाराधीन रहेको अवस्थामा मंगलबार समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो।




समतिले एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउन आवश्यक कानुन र नियम संशोधन गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सञ्चारमन्त्री रेखा शर्मा उपस्थित थिए। एनसेलका सेयर खरिदबिक्री सम्बन्धमा सरकारको धारणा बुझ्न समितिले उनीहरूलाई बोलाएको हो।

समितिका सभापति रामहरी खतिवडाले एनसेललाई ६ वर्षपछि नेपाल सरकारको स्वामित्वमा ल्याउन आवश्यक काम गर्न सरकारलाई निर्देशन दिएको बताए। हाल सञ्चार मन्त्रालयमा विचाराधीन ऐन संशोधन मस्यौदामा भने एनसेललाई ६ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने खालका बुँदा छन्। 

‘दूरसञ्चार कम्पनीको अनुमतिपत्रको अवधि बढीमा २५ वर्षको हुनेछ’ दूरञ्चार ऐन २०५३ को दफा १५ मा भनिएको छ। एनसेलले २०६१ भदौ १६ मा सेवा सञ्चालन अनुमति पाएको थियो। त्यसको २५ वर्ष २०८६ भदौ १६ गते पुग्छ।
ऐनको दफा ३३ मा ‘जम्मा पुँजी लगानीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको भएको दूरसञ्चार सेवासँग सम्बन्धित कम्पनीको जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्र अवधि समाप्त भएपछि सरकारको स्वामित्वमा आउने’ व्यवस्था छ। यी दुवै दफालाई हाल विचाराधीन मस्यौदामा राखिएको छैन। यो विषयमा नागरिक दैनिकले निरन्तर समाचार छापेपछि मस्यौदा मन्त्रालयमै रोकिएको छ।  

विद्यमान कानुनअनुसार एनसेल ६ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउनेछ। तर त्यसो हुन नदिन राज्यसत्तामा पहुँच राख्ने मानिसलाई प्रभावमा पारेर एनसेलले एकल सेयर कायम गर्न खोजेको स्रोतको दाबी छ। यही सेयर खरिदबिक्री विषयमा समितिका सदस्यले प्रधानमन्त्री र सञ्चारमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।  

समितिले एनसेलजस्ता ठूला कम्पनीको सेयर खरिद–बिक्री गर्दा खरिदकर्ताको क्षमता, उसमा कम्पनी चलाएको अनुभव भए/नभएको जाँच गरी कार्यान्वयन गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको जानकारी समितिका सभापति खतिवडाले दिए।

‘समितिले एनसेलले सेयर किनबेच गरेको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले गरेको काम कारबाही सम्बन्धमा जानकारी माग्ने र एनसेललाई ६ वर्षपछि नेपाल सकारको स्वामित्वमा ल्याउन आवश्यक पहल गर्न सरकारलाई निर्देशन दिने निर्णय भएको छ’, उनले भने।
समिति बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एनसेलको सेयर खरिदबिक्रीमा गडबडी भएको शंका लागेको बताए। एनसेलको सेयर खरिदबिक्री, कर राजस्व, विदेशी मुद्रा सटहीसमेतको विषयमा प्रमाण तथा कागजात संकलन भइरहेको बताए। 

उनले अध्ययन तथा छानबिन समितिको राय सुझाव आएपछि सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता पनि उनले जनाए।  

उनले एनसेल सेयर खरिदबिक्रीमा कतै, कसैबाट कानुनविपरीतका काम कारबाही भए÷गरेको पाइए हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि बताए। ‘यस प्रकरणमा कतै, कसैबाट कानुनविपरीतका काम कारबाही भए/गरेको पाइए कारबाही हुन्छ। खरिदबिक्री सहज र स्वाभाविक नलागेकै हुनाले मैले सुरुमै छानबिनका लागि निर्देशन जारी गरेको हो। यसमा कहीं न कहीं गल्ती छ भन्ने लागेकैले छानबिन समिति बनाइएको हो,’ दाहालले भने।  

आचार्यसँग चिनजान रहेको स्वीकार  

प्रधानमन्त्री दाहालले एनसेलको सेयर खरिदबिक्री प्रक्रियामा संलग्न रहेका व्यापारी सतीशलाल आचार्यसँग आफ्नो चिनजान रहेको स्वीकारेका छन्। उनले आचार्यसँग आफ्नो मात्रै नभई, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि चिनजान रहेको बताएका हुन्। उनले आफू आचार्यको सिंगापुरस्थित घरमा दुई दिन बसेको पनि स्वीकारेका छन्। सांसद जिज्ञासामा दाहालले एनसेलको ८० प्रतिशत सेयर खरिदकर्ता आर्चायसँग आफ्नो राम्रो परिचय भएको बताएका हुन्।

‘बेलायतमा कम्पनी खडा गरेका भनिएका ती मान्छेलाई म चिन्छु। यो भ्रम नहोस्, मलाई थाहै छैन भन्ने हैन। मेरी श्रीमती बिरामी भएका बेला २ पटक सिंगापुर गएको छु। तिनै साथीकोमा बसेको पनि छु। शेरबहादुर देउवा जाँदा पनि त्यहाँ बस्नुभएको छ। केपी ओली जाँदा पनि बस्नुभएको छ। हाम्रो बीचमा कुरा पनि हुन्छ। तर त्यसको अर्थ राष्ट्र र जनता, कानुनविरुद्ध, हाम्रो संविधानविरुद्ध, हाम्रो सिस्टमविरुद्ध जोसुकै जान्छ भने चिनेजानेको नाताले, अनुहार हेरेर छुट दिन सकिँदैन, मानिँदैन। जनताको हित र राष्ट्रको हित नै मुख्य कुरा हो,’ दाहालले भने।  
ऐन संशोधन प्रक्रियामा  

समितिसँगको छलफलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार ऐन, २०५३ संशोधनको प्रक्रियामा रहेको बताइन्। उनले दूरसञ्चार ऐन २०५३ मा थुप्रै छिद्र रहेकाले समयसापेक्ष संशोधन गर्नुपर्ने आवश्यकता देखिएको बताइन्। ‘छिटोभन्दा छिटो ऐन संशोधन गर्नुपर्ने अवस्था छ’, उनले भनिन, ‘नेपाल टेलिकमको आवश्यकताअनुसार दूरसञ्चार ऐन संशोधन हुनुपर्छ। 

ऐन संशोधन मस्यौदाउपर मन्त्रालयमा काम भइरहेको छ।’ २०७९ फागुनमै मस्यौदा तयार पारेर छलफलका लागि मन्त्रालयमा पठाइएको हो। मस्यौदामा एनसेललाई पुरानो ऐनअनुसार सरकारको स्वामित्वमा आउन नदिने बुँदा राखिएको भन्दै त्यतिबेला व्यापक आलोचना भएको थियो।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस