नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराईको पार्टीलाई एकता गराउन माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा एकता संयोजन समिति बनाएको छ। आज शनिवार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो।
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी(नेसपा) बिच एकता अघि बढाउन सो समिति बनाएको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। २०७९ सालको निर्वाचनदेखि भट्टराई नेतृत्वको पार्टीसँग एकता गर्ने भने पनि अहिलेसम्म एकता भएको छैन। शनिवार बसेको माओवादी स्थायी कमिटी बैठकले एकताको जिम्मेवारी अध्यक्षलाई दिएको छ।
शनिवारको बैठकले विधान सम्मेलनका प्रतिनिधि छनोटका लागि मापदण्ड बनाएको छ। बैठकमा माओवादीका प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए। माओवादीले आउँदो फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको छ। यसैगरी पार्टी कमिटीलाई अहिले जस्तो भद्दा नबनाउन भन्दै १५१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरिएको छ। माओवादीमा अहिले केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९९ रहेका छन्। केन्द्रीय कमिटीबारे प्रश्न उठेपछि विधान समितिले व्यवस्थित बनाउने गरी मस्यौदा तयार पारेको छ। जुन प्रतिवेदन दाहाललाई बुझाइएको छ।