राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट कांग्रेसकी बिष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराएका छन्।
सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादीलगायतका दलका नेता तथा कार्यकर्तासहित घोराही उपमहानगरपालिका–१५ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर सत्ता गठबन्धनबाट उम्मेदवार बनेका दुवैले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए।
गुल्मीकी सापकोटाले महिला कोटा र रोल्पाका सुवेदीले अन्य तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन। राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा दुई सिटका लागि निर्वाचन हुन थालेको छ।