विराटनगरका कानुन व्यवसायी अधिवक्ता रुपेश कोइराला कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालाले आइतबार एक कार्यक्रमकाबीच पद तथा गोपनियताको शपथ लिए।
प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राज भण्डारीले कोइरालालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।
नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइराला विराटनगरका स्थायी बासिन्दा हुन्। उनी प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्व सभापति भइसकेका छन्।