पाँच नेताको बैठक लम्बिएपछि काँग्रेस बैठक सर्‍यो
२२ पौष २०८०
•
१ मिनेट पाठ
पाँच नेताको बैठक लम्बिएपछि काँग्रेस बैठक सर्‍यो
राष्ट्रिय सभा निर्वाचनका लागि पार्टी उम्मेदवार टुंगो लगाउन दिउँसो १ बजेका लागि बोलाइएको नेपाली काँग्रेस बैठक ४ बजेका लागि सरेको छ।




पार्टीभित्रको गुटगत सन्तुलन मिलाउन सभापति शेरबहादुर देउवा निवासमा नेता शेखर कोइराला, पूर्ण बहादुर खड्का, गगनकुमार थापा र रमेश लेखक छलफलमा जुटेका छन्। सत्ता गठबन्धनसँग मिलेर चुनावी प्रतिस्पर्धा गर्दा पार्टीले पाउने १० सिटमा गुटगत भागबन्डा नमिल्दा पाँच नेताको बैठक लम्बिएको हो। नेता शेखर कोइराला पक्षले दश मध्य चार सिट आफ्नो पक्षले पाउनु पर्ने अडान राख्दै आएका छन् ।तर, सभापति देउवा शेखर पक्षलाई दुई सिटमा मनाउने पक्षमा छन्।

प्रतिनिधिसभाको समानुपातिकतर्फ सहमहामन्त्री जीवन परियारलाई ल्याउँदा नेता गोपालमान श्रेष्ठलाई त्यति बेला नै राष्ट्रिय सभामा लैजाने नेताहरूले आश्वासन दिएका थिए। देउवाले सो कुरा इतर पक्षसँग राख्दै आएका छन् भने राष्ट्रपति रामचन्द्र पौडेल निकट एक जनालाई पनि राष्ट्रिय सभामा लैजानु पर्ने बताउँदै आएका छन्। देउवाले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई पनि समेटेर जानु पर्ने भन्दै देउवाले २ सिट भन्दा बढी दिन नसकिने बताउँदै आएका छन् । झापाका सिटौलालाई राष्ट्रिय सभामा ल्याएर अध्यक्ष बनाउने देउवाको तयारी छ। सिटौला आइतबार साँझ गृह नगर जाँदै छन्। र, माघ ११ गते हुने निर्वाचनपछि मात्र काठमाडौं फर्कने उनको योजना रहेको निकट स्रोतको दाबी छ।

त्यस्तै, सभापति देउवाले पूर्व उपसभापति गोपालमान श्रेष्ठ, सहमहामन्त्री फर्मुला मन्सुरलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निश्चित जस्तै छ। त्यस्तै, काँग्रेसबाट गोविन्द पोखरेल, आनन्दप्रसाद ढुंगाना, मीनेन्द्र रिजाल, सुजाता कोइराला चार समय बढी नेता आकांक्षी छन्।
अर्को समाचार
राष्ट्रिय सभामा फेरियो दलीय आकार, एमाले तेस्रो बन्दा माओवादी केन्द्र पहिलो 
११ माघ २०८०
•
३ मिनेट पाठ
राष्ट्रिय सभामा फेरियो दलीय आकार, एमाले तेस्रो बन्दा माओवादी केन्द्र पहिलो 
राष्ट्रिय सभा निर्वाचनको मत परिणाम आएसँगै त्यहाँ दलीय हैसियत पनि बदलिन पुगेको छ। बिहीबार सम्पन्न निर्वाचनको परिणाम पछि फागुन २१ गतेबाट सरकारको नेतृत्वको गरेको माओवादी राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्न पुगेको हो।




फागुन २१ मा पदावधि सकिने मनोनीत बाहेक १९ सांसदका लागि भएको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) रहेको सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन्।  कोसी प्रदेशमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी चम्पा कार्की एमाले उम्मेदवार रुक्मिणी कोइरालासँग पराजित भएकी हुन्।

तर, पनि माओवादी केन्द्रबाट उम्मेदवार बनेका अन्य प्रदेशका पाँच उम्मेदवार निर्वाचित भएका छन्। एक सांसद गुमाए पनि राष्ट्रियसभामा सत्तारुढ माओवादी केन्द्र पहिलो दलका रूपमा स्थापित भएको छ ।त्यस्तै, काँग्रेसका १०, नेकपा एकीकृत मसाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना निर्वाचित भएका छन् । राष्ट्रियसभामा माओवादीका हाल उपाध्यक्षसहित १६ सांसद छन्। आगामी फागुन २१ मा ३ जनाको पदावधि सकिने भए पनि निर्वाचनबाट ५ जना निर्वाचित हुँदा राष्ट्रिय सभामा माओवादीका १८ सांसद पुग्छ। २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेससहितका दलसँग गठबन्धन गर्दा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जम्मा ३२ स्थानमा जितेर माओवादी तेस्रो भएको  थियो।

सोही निर्वाचनबाट प्रतिनिधिसभामा पहिलो दल बनेको काँग्रेस हाल राष्ट्रिय सभामा १० सांसदसहित तेस्रो स्थानमा थियो। फागुन २१बाट काँग्रेसका ४ जनाको पदावधि सकिएर घर फर्किँदा निर्वाचनबाट १० थपिँदा १६ जना पुगेसँगै अब दोस्रो स्थानमा पुग्ने छ। निर्वाचनमार्फत २ सिट जितेको एकीकृत समाजवादीको राष्ट्रिय सभामा उपस्थिति संख्या ८ नै कायम हुने छ।

राष्ट्रिय सभामा पाँचौँ दलको हैसियतमा रहेको जसपाका तीन सांसद छन्। १९ सिटको मत परिणामले राष्ट्रियसभाको पहिलो दल एमालेलाई तेस्रो स्थानमा खुम्च्याइदिएको छ। कोसी प्रदेशमा महिलातर्फ अनपेक्षित जित हात पारेको एमालेले आगामी फागुन २१ पछि १० जनामा सीमित हुनेछ । राष्ट्रिय सभा अध्यक्षसहित एमालेका सांसदको संख्या १८ छ। राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले एमालेभन्दा बाहिर छन्। कोसी प्रदेशको महिला क्लस्टरमा गठबन्धनका चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी हुन्। पुरुषतर्फ काँग्रेसका कृष्णप्रसाद सिटौला निर्वाचित भए।

मधेस प्रदेशको दुई पदमा भएको निर्वाचन अन्तर्गत अन्य क्लस्टरमा काँग्रेसका आनन्द ढुङ्गाना र महिलातर्फ जसपाका पूजा चौधरी निर्वाचित भए। बागमती प्रदेशमा पनि गठबन्धनका चारै जना विजयी भएका छन्। यो प्रदेशमा महिलातर्फ काँग्रेसका विष्णुदेवी पुडासैनी, काँग्रेसका उम्मेदवार जीतजंग बस्नेत, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित भए । गण्डकी प्रदेशमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भए। यस प्रदेशमा काँग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता र अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट मनरुपा शर्मा निर्वाचित भइन्।

लुम्बिनीको दुई पदमा भएको निर्वाचनमा महिलातर्फ काँग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भइन्। कर्णालीमा पनि सत्तारुढ गठबन्धनबाट काँग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु विक विकल्प निर्वाचित भए।  सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्। माओवादीकी रेनु चन्द, अपाङ्ग तर्फ काँग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
यो पनि पढौँ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस