नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा विद्युत् व्यापारसहितका विभिन्न सम्झौताको स्वागत गर्दै विगतमा भएका घोषणा कार्यान्वयनमा जोड दिएका छन्।
नेपाली कांग्रेसका पूर्व उपसभापतिसमेत रहेका निधिले शनिबार विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा बिहीबार काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकले नेपाल–भारतबिच रही आएको विशिष्ट सम्बन्ध (युनिक रिलेसन) लाई थप बल पुर्याएको दाबी गरेका हुन्।
सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायता सम्बन्धी सहमति अनुसार अब भारतले २० करोड रुपैयाँसम्मको अनुदान दिन सक्ने व्यवस्थालाई सकारात्मक भन्दै निधिले परियोजना छनौट र स्वीकृतिका लागि सुरुदेखि नै नेपाल सरकारको सम्बन्धित निकाय, सरोकारवाला मन्त्रालय र अर्थ मन्त्रालयको संलग्नता र सहमति अनिवार्य रहँदै आएको पनि उल्लेख गरेका छन्।
यस पटकको सम्झौतामा ५ करोडबाट बढाएर २० करोड पुर्याउने काम मात्र भएको जनाउँदै उनले भनेका छन्,‘त्यसकारण भारत सरकारले मनमौजी ढंगबाट गर्ने सम्झौता भएको भन्नु आधारहीन र झुटो कुरा हो।’
भारत सरकारबाट प्राप्त हुने अनुदानबाट नेपालका कम्युनिस्ट पार्टीका नेताहरू, सबै पार्टीका नेताहरू र समाजका विभिन्न क्षेत्रका अगुवाहरूले पनि आ आफ्नो प्रभाव क्षेत्रमा स्कुल, क्याम्पस भवन र पुल निर्माण गर्ने गरेको जनाएका छन्।
‘अहिले आएर त्यसको विरोध गर्नु द्वैध चरित्र प्रदर्शन गर्नु मात्र हो,’उनले भनेका छन्, ‘नेपालको विकासमा भारत सरकारको यस किसिमको सदासयताको म समर्थन गर्दछु।’
दुई देशबिच दीर्घकालीन ऊर्जा व्यापार सम्झौताका साथै नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको न्याशनल थर्मल पावर कर्पोरेसनबिच नवीकरणीय ऊर्जा विकासका लागि सहकार्यसहितका सहमतिलाई सकारात्मक भएको दाबी गरेका छन्।
उनले धार्मिक, सांस्कृतिक पर्यटन विकासका लागि अत्यावश्यक रहेको जनकपुरधाम र भारतको अयोध्याबिचको हवाई सेवा तत्काल सञ्चालन गर्न दुई देशका बिच आवश्यक सम्झौता र समझदारीका लागि पहल गर्न आग्रह गरेका छन्। साथै,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विगतमा भएको जनकपुर भ्रमणका बेलामा सय करोड रुपैंया अनुदान दिने घोषणा भएको रकमका लागि अहिलेसम्म परियोजना नबनेको पनि उल्लेख गरेका छन्।
जनकपुरमा रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाका लागि प्राप्त भइसकेको जग्गामा सो रकम लगानी गरी निर्माण कार्यका लागि तत्कालै दुई देशबिच समझदारी कायम गर्न नेपाल सरकारलाई आग्रह गर्दै निधिले नेपाल भारत सीमावर्ती क्षेत्रमा जमुनी नदीको जटहीमा, जमुनी नदीको थली घाटमा र जमुनी नदीको अक्रहरघाटमा नेपाल सरकारबाट शिलान्यास भएर पनि वर्षौँदेखि निर्माण कार्य रोकिएका पुलहरू निर्माणमा दुई बिच आवश्यक सहमति र समझदारी गरी तत्कालै निर्माण कार्यको अग्रसरता लिन पनि आग्रह गरेका छन्।