टिआरसी सहमति खोज्दै तीन दलका शीर्ष नेता
०९ पौष २०८०
•
४ मिनेट पाठ
टिआरसी सहमति खोज्दै तीन दलका शीर्ष नेता
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सङ्क्रमणकालीन न्यायमा सहमति खोज्न छलफलमा जुटेका छन्।




प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षसमेत प्रधानमन्त्रीबिच छलफलपछि सोमबार आफ्ना सहयोगीसहित पुनः छलफलमा जुटेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले उक्त विषय टुङ्गो लगाउन नेताहरू छलफलमा जुटेका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा पछिल्लो पटक मतदानबाट भए पनि यो विषय टुङ्गोमा पुर्‍याउनु पर्ने कुरा उठेको थियो।

गत पुस ४ गतेको एक कार्यक्रममा सभामुख देवराज घिमिरेले पनि सङ्क्रमणकालीन विधेयक सर्वसम्मतिबाट नटुङ्गिए प्रक्रियाबाट टुङ्गाउनु पर्ने बताएका थिए। गत फागुन २५ गते प्रतिनिधिसभामा दर्ता भएको यो विधेयक गत वैशाख १५ गते समितिमा दफावार छलफलका लागि पठाइएको थियो।

संसद्मा विधेयक दर्ता भएपछि २०७९ चैत १२ गते प्रतिनिधिसभाको बैठकमा सैद्धान्तिक छलफल सकिएपछि यस विधेयकमा संशोधनहरू दर्ता भएका थिए।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख घिमिरेले फास्ट ट्याकबाट विधेयक पारित गर्ने विषयमा आफ्नै कार्यकक्षमा गत २०७९ चैत २५ गते शीर्ष नेताबिच सहमतिको प्रयास गरेका थिए।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, कांग्रेसका सभापति देउवा र एमालेका अध्यक्ष ओलीबिच छलफल भएको थियो।

सो छलफलमा टिआरसी विधेयकलाई ‘फास्ट ट्याक’ बाट पारित गर्ने विषयमा सत्तारुढ दल कांग्रेस र माओवादीबाट आएको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले अस्वीकार गरेका थिए। नेता ओलीले टिआरसीलाई पहिले संसदीय समितिमा लैजानुपर्ने अडान राखेका थिए। एमालेले नमानेपछि यो विधेयक समितिमा पुगेको थियो।

समितिले विषय टुङ्गो लगाउन नसकेपछि गत जेठ ५ गते ११ सदस्यीय उपसमिति गठन गरेर छलफल गरिएको थियो। पीडित पक्षलाई पनि उपसमितिमा बोलाई छलफल गरिएको थियो। उपसमितिले गत असोज २१ गते चार विषयमा सहमति गर्न नसकेर प्रतिवेदन बुझाएको थियो। 

त्यसपछि बसेको मूल समितिका केही बैठकले सहमति जुटाउन पनि नसकेको र मतदानमा पनि लैजान नसक्ने अवस्था आएपछि शीर्ष नेता समक्ष पठाउने भएको हो।

उपसमितिले चार विषयमा सहमति गर्न नसकेको प्रतिवेदन बुझाउँदा गत असोज २१ गतेको बैठकमा कानुन मन्त्री गुरुङले समितिले नै यो चार विषय टुङ्गोमा पुर्‍याउने आशा व्यक्त गरेका थिए। तर, उनले शुक्रबार समितिको बैठकमा अल्पमत र बहुमतको प्रक्रियाबाट विवादित विषय टुङ्ग्याउने हतारो नगर्न समितिलाई आग्रह गरेका छन्।

गम्भीर मानव अधिकार उल्लङ्घनको परिभाषा उपसमितिले टुङ्गो लगाउन सकेको छैन। गम्भीर मानव अधिकार उल्लङ्घन अन्तर्गत हत्याको परिभाषामा दोहोरो भिडन्त बाहेकका सबै हत्या राख्ने कि स्वेच्छाचारी हत्या राख्ने विषयमा विवाद छ। उपसमितिको प्रतिवेदनमा हत्याको वर्गीकरण भएको छैन।

‘हत्याको वर्गीकरण कसरी गर्ने भन्ने अझै पनि केही कुरा टुङ्गो लागेको छैन । यसमा अन्तर्राष्ट्रिय मान्यताअनुसार परिभाषा, अन्तर्राष्ट्रिय मानवीय कानुन, सर्वोच्च अदालतले गरेको फैसलामा टेकेर परिभाषा दिनुपर्छ भन्ने कुरा उठेको छ, तर के लेख्ने भन्ने स्पष्ट भइसकेको छैन।

मानव अधिकार उल्लङ्घनका घटनामा मेलमिलाप नभए कस्तो उपचार खोज्ने भन्ने प्रश्न छ। कुनै व्यक्तिले द्वन्द्वका क्रममा कुनै तरिकाले म मान्दिन मलाई परिपूरणले भएन, मेलमिलाप गरेर वा क्षमा याचनाले भएन भने कुन ढङ्गले सम्बोधन गर्ने भन्ने प्रश्न छ। मानव अधिकार उल्लङ्घन घटनामा मेलमिलापमा जान स्वतन्त्र सहमति हुनुपर्छ। यदि स्वतन्त्र सहमति भएन, मेलमिलाप भएन भने के गर्ने, कानुनी उपचारमा कसरी लाने भन्ने कुरा स्पष्ट गर्नुपर्ने अवस्था छ।

यसै गरी, द्वन्द्वकालीन मुद्दामा घटी सजाय गर्ने सहमति भए पनि कति प्रतिशत घटाउने भन्ने विषय टुङ्गिएको छैन । सङ्क्रमणकालीन न्याय प्रक्रियामा फौजदारी संहिता नियमावलीअनुसार समान सजाय गर्न नमिल्ने भएकाले निश्चित प्रतिशत राख्नुपर्ने मत छ।

प्रतिवेदनमा घटी सजायमा प्रचलित कानुनबमोजिम हुने भनिएको छ । कानुनमा के छ ? घट्ने कति हो भन्ने प्रतिशतमा तोकिनुपर्छ। सजायको यति प्रतिशत कम हुने भनेर तोक्नुपर्छ  भन्ने पीडितको माग छ।

अर्को कुरा बाल सेनाको व्यवस्थापन हो। विस्तृत शान्ति सम्झौतामा बाल सेनाको विषय उल्लेख नभएको, तर अन्तर्राष्ट्रिय समुदाय र सर्वोच्च अदालतले प्रश्न उठाएकाले कुनै प्रक्रियाबाट परिपूरणमा लैजानुपर्ने उपसमितिको निष्कर्ष छ। तर, कसरी सम्बोधन गर्ने भन्ने टुङ्गिएको छैन।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
४ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस