उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले रकम बुझाएका छन्। उनी अहिलेसम्म पनि केन्द्रीय कारागार जगन्नाथदेवल जेलमा थुनामा छन्।
अदालतले मंसिर १५ मा धरौटीमा छोड्ने आदेश गरे पनि नेता रिजालले धरौटी बुझाउन नसकेपछि जेलमै रहेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता रिजालले अदालतले आदेश दिएको एक महिनापछि काठमाडौं जिल्ला अदालतमा धरौटी रकम बुझाएका हुन्।
नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोग लागेका रिजाललाई उच्च अदालत पाटनले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
उनले आइतबार काठमाडौं जिल्ला अदालतमा १५ लाख धरौटी बुझाएको बताइएको छ। उनलाई आइतबार नै सम्पत्ति शुद्धीकरणमा लगिएको थियो।
त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत लगेर बल्ल छोड्नुपर्ने छ। आइतबार काम नसकिएपछि उनी धरौटी बुझाए पनि थुनामै रहेका हुन्।
आज सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले उनी बुधबार छुट्ने बताइएको छ। उनलाई २०८० असार १ देखि केन्द्रीय कारागार पुर्पक्षका लागि थुनामा राखिएको हो।