‘मन्त्री होइन, प्रधानमन्त्रीकै कारण सरकार असफल’
०२ पौष २०८०
•
५ मिनेट पाठ
‘मन्त्री होइन, प्रधानमन्त्रीकै कारण सरकार असफल’
प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सम्हालेको एक वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषद् बैठकमा किचलो उत्पन्न भएको छ। यही पुस १० गते प्रधानमन्त्री दाहालले सत्ता सम्हालेको एक वर्ष पुग्न लाग्दा गत बिहीबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरू अघिल्ला बैठकहरूमा भन्दा फरक रूपमा प्रस्तुत हुँदा किचलो उत्पन्न भएको हो। यसको खास कारण प्रधानमन्त्री दाहालले बिहीबार मन्त्रिपरिषद् बैठक बस्नुअघि त्रैमासिक समीक्षा बैठकमा मन्त्रीहरूलाई सचिवकै सामु आलोचना गर्नु रहेको छ।




चालु आर्थिक वर्षको सुरुका तीन महिनामा सरकारको प्रगति सोचेभन्दा धेरै कमजोर भएपछि प्रधानमन्त्री दाहालले बिहीबार बसेको त्रैमासिक समीक्षा बैठकमा मन्त्रीहरूको आलोचना गरेका थिए। त्रैमासिक प्रगति प्रतिवेदनमै ४ प्रतिशत पनि काम अघि नबढेको र कुनै पनि परियोजनाको कार्य प्रगति सन्तोषजनक नभएपछि प्रधानमन्त्री दाहाल आफ्ना सहकर्मीहरूमाथि खनिएका थिए।

त्यतिबेला प्रधानमन्त्रीलाई मन्त्रीहरूले केही नभने पनि लगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा उनीहरूले प्रधानमन्त्रीसामु झोक निकालेका हुन्। प्रधामन्त्री कार्यालयले तयार पारेको रिपोर्टमा सरकार असफल देखिएको छ।

नियमित बैठक बस्नुअघि बिहीबार नै प्रधानमन्त्री दाहालले सबै मन्त्रालयका त्रैमासिक रिपोर्ट लिने क्रममा मन्त्रीहरूको काम चित्तबुझ्दो नभएको बताएका थिए।
मन्त्रिपरिषद् रहेका सदस्यहरू हेरफेर गर्ने चर्चा चलिरहेका बेला मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको आलोचना भएको हो। ‘सुरुमा प्रधामन्त्रीले मन्त्रीहरूको आलोचना गर्नुभएको थियो तर मन्त्रिपरिषद्को बैठकमा भने प्रधानमन्त्रीकै आलोचना भयो,’ बैठकमा सहभागी एक मन्त्रीले भने।

प्रधानमन्त्री दाहालसँग असहमति राख्ने मन्त्रीहरू संसदीय व्यवस्थामा नैतिक रूपले एउटै मन्त्रिपरिषद्मा रहन सक्दैनन् तर बिहीबार प्रधानमन्त्रीको आलोचना गर्ने मन्त्रीहरू एउटै पार्टीका नभएर कांग्रेस, जसपालगायत दलका थिए।

प्रधानमन्त्रीले मुलुकको अर्थतन्त्र लयमा आउन नसकेको र अर्थमन्त्रीले काम गर्न नसकेको भन्दै बिहीबारको त्रैमासिक समीक्षा बैठकमा भनाइ राखेका थिए।
त्यसैगरी वन तथा वातावरण, भौतिक योजना, सहरी विकास, कृषि तथा पशुपक्षी, संस्कृत तथा पर्यटन मन्त्रालयका कामकारबाहीप्रति प्रधानमन्त्रीले असन्तुष्टि जनाएका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको नतिजा व्यवस्थापन महाशाखाले तयार पारेको प्रतिवेदनमा अर्थ, कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र लगानी बोर्डको कार्यालयले ४ प्रतिशत  पनि काम नगरेको उल्लेख गरेपछि  मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको आलोचना भएको हो।

प्रधानमन्त्री कार्यालयले तयार पारेको प्रतिवेदनमा कांग्रेसले सम्हालेका मन्त्रालयले काम नगरेको उल्लेख गरेपछि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले अधिकांश मन्त्रालयमा प्रधानमन्त्रीकै मान्छेहरू आएर काम गर्न अवरोध गरेकाले र बजेट विनियोजनमा पनि प्रभावित पार्न खोजेकाले यसका लागि प्रधानमन्त्री पनि जिम्मेवार हुनुपर्ने भन्दै आलोचना गरेकोे स्रोतको भनाइ छ।

‘हामी प्रधानमन्त्रीमातहत रहेर काम गरिरहेका छौं। यो संयुक्त सरकार हो। हामीले एकल रूपमा कुनै पनि निर्णय गर्न पाउँदैनौं। कुनै विशेष दललाई साथसहयोग गर्नुपर्ने अवस्था रहेकाले प्रधानमन्त्रीले मन्त्रीहरूलाई दोष देखाउने र आफू उम्किने कोसिस गर्नुभएको छ,’ एक मन्त्रीले भने।

प्रधानमन्त्री र मन्त्रीहरूबीच काम गर्ने क्रममा विवाद हुने अवस्था देखिँदा अहिलेका मन्त्रीहरू हेरफेर गर्ने चर्चा पनि चलिरहेको छ। तर सरकारका प्रवक्ता सञ्चारमन्त्री एवं रेखा शर्माले मन्त्रिपरिषद् सदस्यहरूको हेरफेर गर्ने हल्ला मात्रै चलेको बताएकी छन्।
‘जिम्मेवारी हेरफेरका कुरा उठेका छन्। त्यस्तो कुनै छलफल भएको छैन। आवश्यकताअनुसार त्यस्तो हुनै हुँदैन भन्ने होइन तर अहिले त्यस्तो छलफल भएको छैन,’ उनले भनिन्। त्यसक्रममा उनले आवश्यकताअनुसार परिवर्तन हुन सक्ने पनि संकेत गरेकी छन्। ‘बाहिर आएकोजस्तो हाम्रो गठबन्धनभित्र, हाम्रो राजनीतिक दलहरूभित्र छलफलको विषय बनेको छैन,’ उनले भनिन्।

एक मन्त्रीले दिएको जानकारीअनुसार बैठकको सुरुमै प्रधानमन्त्रीले मन्त्रीहरूले असहयोग गरेको भनेजस्तो उपलब्धि नभएको भन्दै मन्त्रीहरूसँग गुनासो सुरु गरेपछि मन्त्रीहरूले त्यसको ठाडो रूपमा प्रतिवाद गरेका थिए।

‘यसमा मन्त्रीहरू मात्र जिम्मेवार हुँदैनन्, हरेक मन्त्रालयले गर्ने काम मन्त्रिपरिषद्बाटै निर्णय भएर जाने गरेको छ। मन्त्रालयबाट आएका फाइलहरू कहिले अर्थमा रोकिन्छन्। कहिले कानुनमा रोकिन्छन्, कहिले प्रधानमन्त्री कार्यालयमा रोकिन्छन्। यो कसका कमजोरीका कारण भएको हो? सबैको एकएक रिपोर्ट कार्ड हेरौं।

यो सरकार सफल भयो भने प्रधानमन्त्रीको प्रयासले हुने, असफल भयो भने प्रधानमन्त्रीको जिम्मेवारी केही नहुने? कुनै एक मन्त्रालय वा मन्त्री मात्र जिम्मेवार हुने हो र?’ मन्त्रिपरिषद् बैठकमा एक मन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

प्रधानमन्त्री दाहालसँग मन्त्रीहरू चिढिँदै जान थालेपछि मन्त्रिपरिषद्का सदस्यहरू परिवर्तन हुने सम्भावना पनि बढिरहेको छ। पूर्वाधार क्षेत्रमा सरकारको उपस्थिति निकै कमजोर रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
स्रोतका अनुसार पूर्वाधारसँग सम्बन्धित मन्त्रालयले २ प्रतिशत काम गर्न नसकेपछि प्रधानमन्त्रीले ती मन्त्रालय सम्हालेका मन्त्रीहरूको हेरफेर चाहेको पनि स्रोतले जनाएको छ। साथै अर्थ मन्त्रालयले असहयोग गरेको भन्दै प्रधानमन्त्री दाहलाले अर्थमन्त्रीको हेरफेर चाहेको स्रोतले जनाएको छ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरूले अर्थ मन्त्रालय बजेट नदिएका कारण कतिपय परियोजनाहरू अघि बढ्न नसकेको र यसमा प्रधानमन्त्री र अर्थमन्त्रीको मिलेमतोसमेत हुन सक्ने आशंका व्यक्त गरेका थिए। प्रधानमन्त्री कार्यालयले तयार गरेको समीक्षा प्रतिवेदनमा अधिकांश मन्त्रालयको कामको प्रगति विवरण निराशाजनक रहेको उल्लेख छ।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
५१ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस