राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि अन्य दलसँग सहमति र संवाद गर्न उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मा दिएको छ।
बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अन्य दलसँग आवश्यक सहयोग जुटाउन र संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
बैठकले राजसंस्था, हिन्दु राष्ट्रको पुन:स्थापना, संघीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्ताव पनि पारिन गरेको छ।
उक्त प्रस्तावलाई पुसको १,२ र ३ गते काठमाडौंमा हुने केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिने प्रवक्ता श्रेष्ठले बताए।