सत्तारुढ प्रमुख राजनीतिक दलहरूले आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा पनि सिट भागबन्डा गर्ने भएका छन्।
फागुन २० गते राष्ट्रिय सभा एकतिहाइ अर्थात् २० सांसदको कार्यकाल सकिंदैछ। रिक्त हुन लागेका २० मध्य १९ स्थानका लागि माघ ११ गते निर्वाचनको मिति तय गरिएको छ।
पदावधि सकिन एक महिना अघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था अनुसार निर्वाचन आयोगले पुस २३ गते नै उम्मेदवारी मनोनयन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनका दलहरू आन्तरिक छलफलमा जुटेका हुन्।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशीला थिङ, माओवादीका महासचिव देवप्रसाद गुरुङ, प्रमुख सचेतक हितराज पाण्डे, एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल र जनता समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रिय सभा निर्वाचनको प्रारम्भिक खाका बनाएका छन्।
जसअनुसार निर्वाचन हुने १९ सिटमध्ये कांग्रेसले ९, माओवादीले ६, एकीकृत समाजवादीले ३ र जसपाले १ जना भागबन्डा गर्नेगरी छलफल सुरु भएको छ।
राष्ट्रपतिबाट मनोनीत गर्ने एक सिट कांग्रेसलाई राख्ने गरी दलहरूबीच आन्तरिक छलफल भइरहेको छ। राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको कार्यकाल सकिंदैछ।