मधेस प्रदेश सरकारको प्रवक्ताबाट अर्थमन्त्री संजय कुमार यादवलाई हटाइएको छ।
सोमबार बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार उनलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो।
अर्थमन्त्री यादवलाई हटाएर उनको ठाउँमा गृह, संचार तथा कानुन मन्त्री मोहम्मद समिम अन्सारीलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ। प्रदेश सरकारको कामकारबाही जनता समक्ष पुर्याउन नसकेको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको हो।
सरकारको कामकारबाहीको विषयमा संचारकर्मीले उनीसँग प्रतिक्रिया लिन खोज्दा संचारकर्मीको फोन नउठाउने मुख्यमन्त्री समक्ष गुनासो बढेपछि उनलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो।