राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेसको पीडालाई सम्बोधन गर्न आफ्नो पार्टीले चाहेको बताएका छन्।
सोमबार महोत्तरीको जलेश्वरमा आयोजित पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अघि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन्।
मधेसमा विद्यमान गरिबी, अशिक्षा, बेरोजगारीसहितको विभेद अन्त्य गर्नुपर्ने सन्देश दिनका लागि आफूहरूले पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जलेश्वरमा गर्ने निर्णय लिएको सभापति लामिछानेको भनाई थियो।
पार्टी गठन पछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक रास्वपाले मधेस प्रदेशमा गरेको हो। सोमबारदेखि महोत्तरीको जलेश्वरस्थित अग्रवाल पार्टी प्यालेसमा सुरु भएको बैठक ३ दिनसम्म चल्नेछ।
पार्टी गठन भएको एक वर्षमा रास्वपाले गरेको कामको समीक्षा र अगामी एक वर्षको कार्य योजनाका बारे बैठकमा छलफल भएको रास्वपाका संघीय सांसद मनिष झाले जानकारी दिए।
सांसद झाका अनुसार बैठकमा रास्वपाका सबै संघीय सांसद, पार्टीका केन्द्रीय सदस्य, सातै प्रदेशका सभापति र पार्टीको महत्त्वपूर्ण विभाग प्रमुखहरूको सहभागिता थिए।
गत निर्वाचनमा मधेश प्रदेशमा रास्वपाले उम्मेदवार उठाए पनि कुनैपनि सिट जित्न सकेको थिएन।रास्वपा आगामी निर्वाचनमा मधेस प्रदेशमा आफ्नो उपस्थिति बलियो बनाउन सक्रिय छ।