नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा राजतन्त्र फर्काउने भनेर च्याँखे दाउ नथाप्न आग्रह गरेका छन्।
पूर्व राजा ज्ञानेन्द्र शाहको उपस्थितमा झापामा र्याली र अर्का राजावादी दुर्गा प्रसाईँले काठमाडौंमा राजतन्त्रको पक्षमा प्रदर्शन गरिरहेका बेला कांग्रेसका महामन्त्री गगन थापाले राजतन्त्र फर्किन्छ भनेर सपना नदेख्न चुनौती दिएका छन्।
नेपाली कांग्रेस गुल्मीले शनिबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले राजाकै बदनियतले राजतन्त्र गएको समेत स्मरण गरे।
नेपाल बौद्ध, हिन्दुहरूको भूमि भएको बताउँदै जबरजस्ती धर्म परिवर्तन गर्न नपाइने थापाले बताए।

‘राजतन्त्र फर्काउनु पर्छ भनेर कोही आउँछ भने जुवाको जस्तो च्याँखे दाउ हान्ने होइन,’ थापाले भने, ‘पार्टी खोल्ने, चुनाव लड्ने, सक्छौ भने संविधान फेर्ने, अनि राजतन्त्र फर्काउने।’राजतन्त्र फर्काउने सपना नदेख्न थापाले आग्रह गरे। सनातन धर्मको विषयलाई देखाएर कतिपयले राजतन्त्रको विषयमा वकालत गर्नेहरुलाई थापाले भने, ‘सनातन धर्मको रक्षा कांग्रेसले गर्छ। मौका पाउँदा मूर्ति बेच्नेहरुले तपाईँ हाम्रो धर्म बचाउँदैन।’