नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले दलहरुले गणतन्त्रको सबल पक्षलाई आत्मसात् गर्दै सुशासन कायम गर्न नसक्दा परिस्थिति जटिल बनेको बताएका छन्।
मोरङको सुन्दरहरैंचामा जिल्ला कार्य समिति मोरङको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता कोइरालाले दलहरूले गणतन्त्रका सबल पक्षहरूलाई आत्मसाथ गर्दै सुशासन कायम राख्न नसक्दा परिस्थित जटिल देखिएको बताएका हुन्।
नेपाली जनताले गणतन्त्र ल्याएको स्मरण गराउँदै उनले भने, ‘गणतन्त्र के का लागि हामी ल्यायौ ? जनतालाई सुशासन दिन्छौ भन्यौ, भ्रष्टाचार मुक्त समाज बनाउँछौ भन्यौ, दण्डहिनताको अन्त्य गर्छौ भन्यौ, जबाफदेही र उत्तरदायी जनतामा हुन्छौ भन्यौ। तर यी कुराहरु हामीले गर्न सकेनौ।’ दलहरूले प्रतिबद्धता पूरा नगर्दा जनतामा निराशा उत्पन्न भइरहेको कोइरालाले बताए।
काठमाडौंमा कात्तिक ७ गते राखिएको विरोधका कार्यक्रम शान्तिपूर्ण हुनुपर्ने बताउँदै नेता कोइरालाले लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्न पाइने स्पष्ट पारे।
नेपाललाई युवाको देश भन्ने अवस्थासमेत अब, नरहेको भन्दै कोइरालाले नेपालमा यति बेला युवाहरू नै बस्न नसक्ने अवस्था आएको बताए। उनले नेपालमा युवाहरू बस्नसक्ने, उद्यम व्यापार व्यवसाय गर्न सक्ने अवस्था सृजना गर्न आवश्यक रहेको धारणा राखे।
डा. कोइरालाले स्थानीय तह देखि केन्द्रसम्मकै निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्न आवश्यक नरहेको भन्दै तीनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरूलाई कोइरालाले आग्रह पनि गरे।

नेता कोइरालाले भने, ‘शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरिएको छ। पक्कै पनि शान्तिपूर्ण आन्दोलन गर्नुहुन्छ भन्ने विश्वास छ।’ नैतिक शक्ति गुमाइसकेपछि, आत्मविश्वास गुमाइसकेपछि पक्कै पनि निराशातर्फ जाने डा. कोइरालाले बताए।आउँदो निर्वाचनमा नेपाली काँग्रेसले एक्लै प्रतिस्पर्धा गर्ने क्षमता विकास गर्न कार्यकर्तालाई नेता कोइरालाले निर्देशन पनि दिए। बैंक तथा वित्तीय संस्थाहरूले मनोमानी व्याज लिँदा वित्तीय क्षेत्रमामात्रै नभई देशको समग्र आर्थिक अवस्थामा नै नकारात्मक असर पारिरहेको कोइरालाको धारणा छ।