नेकपा एमालेका नेता महेश बस्नेतले घुमाउरो भाषामा लोकन्थलीमा बास बसेका महिलालाई युवा संघका कार्यकर्ताले बाहिर पठाउन खोजेको स्वीकार गरेका छन्।
युवा संघका इन्चार्ज समेत रहेका बस्नेतले फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै ती महिलालाई मानवीय हिसाबले प्रहरीको समन्वयमा बास बस्ने व्यवस्था गरिएको उल्लेख गरेका छन्।
बस्नेतले ‘दुर्गा प्रसाईंजस्ता आपराधिक व्यक्तिले सर्वसाधारण र महिलाहरूलाई कुनै दल र व्यक्ति विरुद्ध परिचालन गरी अमर्यादित ढंगले उचालेको’ आरोप लगाएका छन्।
यस्तै प्रसाईंले काठमाडौंमा खुल्ला दिसापिसाब गराउने जस्ता हर्कत गराउँदा स्थानीयले त्यस्तो नगर्न र आफ्नो क्षेत्रमा नबस्न गरिएको आग्रह गरेको दाबी गर्दै त्यसलाई अन्यथा प्रचार गर्नु बेठिक रहेको बताएका छन्।
यद्यपि युवा संघले भने त्यसको खण्डन गर्दै एक विज्ञप्ति सार्वजनिक गरेर मंसिर ७ गते हुने युवा–विद्यार्थीको विशेष कार्यक्रमलाई बिथोल्न घुसपैठ भएको दाबी गर्दै आन्तरिक छानबिन गरिरहेको जनाएको छ।
यस्तोमा युवा संघले आफ्नो अभियानलाई बद्नामित गर्न घुसपैठबाट उक्त कार्य भएको बताए पनि बस्नेतले भने अप्रत्यक्ष रुपमा युवा संघको संलग्नता रहेको स्वीकारेका छन्।

‘याद होस् ति व्यक्तिहरूलाई प्रहरीको समन्वयमा युवा संघका साथिहरूले नै बास बस्ने व्यवस्था गरेका हुन्,’ बस्नेतलले लेखेका छन्, ‘युवा संघ सधैं मर्यादित र मानवीय हिसाबले अगाडि लम्कन्छ। कसैले अन्यथा प्रचार गर्न खोजेर केही हुनेवाला छैन।’मेडिकल व्यवसायी प्रसाईंले आह्वान गरेको प्रदर्शनमा सहभागी हुन आएर भक्तपुरको लोकन्थलीस्थित इन्द्रसान पार्टी प्यालेसमा बास बसेका महिलालाई हिजो राति एक समूहले ब्युँझाएर बाहिर पठाउन खोजेको थियो। उक्त समूहमा युवा संघका केही व्यक्ति संलग्न रहेको पुष्टि भइसकेको छ।