विभिन्न बाहनामा विदेशिने युवापुस्तालाई रोक्न सक्ने योजना ल्याउन आवश्यक रहेको नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले बताएका छन्।
उनले विराटनगरमा एक लघुकथा पुस्तकको विमोचन गर्दै देश युवापुस्ताविहीन अवस्थामा जान लागेको हुँदा उनीहरुलाई रोक्न सरकारले योजना ल्याउनु पर्ने बताएका हुन्।
पत्रकार शंकर खरेलद्वारा लिखित लघुकथा संग्रह ‘ऊँ तृप्यन्ताम’ पुस्तकको विमोचन गर्दै डाक्टर कोइरालाले युवापुस्तालाई विदेशिने क्रमबाट रोक्न सरकारले महत्त्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको बताए।
‘सरकारले युवापुस्तालाई सम्बोधन गर्ने महत्त्वाकाङ्क्षी योजना तत्काल ल्याएर विदेश यात्रा रोक्नु पर्छ। युवापुस्तालाई नरोक्ने हो भने मुलुकमा बुढाहरू मात्र सीमित हुने खतरा बढेर गएको छ। शिक्षित वर्गलाई वैदेशिक यात्रामा जानबाट रोक्नु पर्छ।’
सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा थोरै बजेट राख्नु नहुने उनको भनाइ थियो। शैक्षिक, स्वास्थ्य क्षेत्रमा राज्यले उच्च प्राथमिकतामा राख्दै बजेट छुट्याउनु जरुरी रहेको बताउँदै, डाक्टर कोइरालाले भने, ‘शिक्षाको नाममा अर्बौँ रुपैयाँ विदेश गइरहेको छ। यहाँ प्रान्तीय विश्वविद्यालयको कुरा गर्दै छौं। धेरै कलेजहरु खाली छन्। पढ्ने विद्यार्थीहरू विदेश गइरहेका छन्। किन विद्यार्थीहरू विदेश पढ्न जान्छन् भने हामीले हाम्रो कमजोरी पत्ता लगाएर समाधान गर्न जरुरी भएको छ।’
सरकारले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्ने योजना ल्याउनुपर्नेमा उनले जोड दिए।
‘टाढाको कुरा छाडौं छिमेकी मुलुक भारतको दिल्लीमा केही वर्षयता त्यहाँको सामुदायिक विद्यालयले गरेको विकास हेरौँ’, डाक्टर कोइराला भने ‘हामीले पनि त्यहाँबाट धेरै कुरा सिक्न सक्छौँ। शिक्षा र रोजगारीको नयाँ आयाम ल्याउन सके विदेश जाने युवापुस्ता रोक्ने सकिन्छ।’
देशको प्रधानमन्त्रीले आफैले अराजक अभिव्यक्ति दिँदै हिँड्ने गरेको बताउँदै, डाक्टर कोइरालाले भने, ‘विराटनगरमा आएर प्रधानमन्त्रीले भोट दिनुस् जातीय राज्य दिन्छु भनेर विराटनगरपछि सुर्खेतमा पुगेर डेढ लाख नागरिक सडकमा उतार्ने कुरा गर्नु भयो। उहाँले के बोल्दै र के गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीले बोलेका कुरालाई सबैले गम्भीरतापूर्वक लिनु आवश्यक छ।’
कोशी प्रदेशमा एमालेलाई सहमतिको सरकार बनाउन आग्रह गर्दै ड्यासमै रहेको एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई सोध्दै डाक्टर कोइरालाले भने, ‘मैले भनेको थिएँ। उहाँहरुलाई अहिले सरकार नछाड्नुस् भनेर । म यहाँ मिलाउँछु भन्दै गर्दा उहाँहरुले सरकार छाड्नु भयो। उहाँहरुभित्र पनि केही समस्या होला र सरकार छाड्नु भयो।’
सहमतिमा सरकार बनाएर निकास दिनुपर्छ। सहमतिका लागि अहिले पनि केही नबिग्रिएको बताउँदै, डाक्टर कोइरालाले भने, ‘उहाँलाई अहिले पनि सहमतिको सरकार आग्रह गर्छु। हामी मिलेर जानु बाहेक अर्को विकल्प छैन। आउनुस् सहमतिको सरकार बनाऊँ, प्रदेशलाई बलियो बनाएर निकास दिऊँ।’
मंसिर ७ गतेको सन्दर्भमा काठमाडौंमा चर्चा, परिचर्चा धेरै भइरहेकाले यसलाई सरकारले कसरी लिन्छ र सेटल गर्छ हेर्न बाँकी नै रहेको उनले बताए।
‘लोकतान्त्रिक व्यवस्थामा विरोधहरु हुनु नराम्रो कुरो होइन’, डाक्टर कोइरालाले भने ‘संघीयतालाई बलियो बनाउने हो भने प्रहरी र कर्मचारी व्यवस्थापन अर्थात् समायोजन चाँडोभन्दा चाँडो हुनु जरुरी छ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।
रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’
उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’
तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...