जाजरकोटका भूकम्प पीडितहरूले घाइतेहरूको उपचार, खाद्यान्न र आवासको व्यवस्था गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन्।
मंगलबार भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका राष्ट्रपति पौडेलसँग पीडितहरूले अझै पनि राहत नपाएको भन्दै तत्काल राहतको व्यवस्था र भत्किएका घरहरूको पुन: निर्माणमा सहयोग गरिदिन आग्रह गरेका हुन्।
राष्ट्रपति पौडेलले जिल्ला अस्पताल जाजरकोटमा रहेका घाइतेहरुसँग भेट गर्नुका साथै भेरी नगरपालिकामा भएको क्षतिको अनुगमन गरेका थिए।
स्थानीय नरबहादुर कार्कीले भूकम्प गएको पाँच दिन हुँदा पनि आफूले सरकारबाट एकसरो पाल पनि नपाएको गुनासो गरेका थिए। उनी क्यान्सरका बिरामी हुन्।
घर भत्किएर नजिकैको शौचालयको छतमा रात बिताउने गरेका उनले राहत चाँडोभन्दा चाँडो पीडितसम्म पुर्याउन पहल गरिदिन आग्रह गरे।
अस्पतालमा बिरामी र स्थानीयसँगको छलफलमा राष्ट्रपति पौडेलले भूकम्प पीडितका माग अनुसार आफूहरूले सरकारसँग कुरा गर्ने बताएका थिए।
उनले अल्पकालीन र दीर्घकालीन योजना बनाएर भूकम्प पीडितहरूको पीडामा मलहम लगाउनुपर्ने आवश्यकता औँल्याए।
‘सरकार छ, तपाईँहरूले चिन्ता गर्नु पर्दैन्,’ उनले भने, ‘अल्पकालीन राहतको व्यवस्था गर्दै पीडितहरूका भत्किएका घरहरू चाँडोभन्दा चाँडो बनाउनेतर्फ सरकारसँग कुरा गर्छु।’