देशमा भूकम्पको विपत्ति, राष्ट्रपति पौडेल २२ गते विदेश भ्रमणमा जाने
१८ कार्तिक २०८०
•
३ मिनेट पाठ
देशमा भूकम्पको विपत्ति, राष्ट्रपति पौडेल २२ गते विदेश भ्रमणमा जाने
मुलुक भुकम्पको विपत्तिमा परेका बेला राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक २२ मा विदेश जाने भएका छन्।




कात्तिक १६ गते बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको विदेश भ्रमण स्वीकृत गरेपछि उनी विदेश भ्रमणमा जाने भएका हुन्।

यही कात्तिक २२ गतेदेखि फ्रान्स, गणतन्त्र जर्मनी र इटालीको भ्रमणमा जाने भएका छन्। मुलुक भुकम्पजस्तो विपत्तिमा परेका बेला राज्यको करोडौ खर्च गरेर उनी विदेश भ्रमणमा जान लागेका हुन्।

राष्ट्रपतिको पूर्व निर्धारत भ्रमण अनुसार उनी मंसिर १ गतेका दिन स्वदेश फर्कनेछन्। शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी हालसम्म १ सय ३८ जनाको ज्यान गइसकेको छ। हालसम्म चार सय ७० जना घाइते र अंगभंग भएका छन्। यसको थप विवरण आउदै छ। 

सरकारले पीडितका लागि तत्काललाई १० करोड निकासा गर्ने र घाइतेहरुको निशुल्क उपचार गर्ने जनाइसकेको छ। विभिन्न राजनीतिक दल। संघ संस्था, प्रदेश सरकार, व्यक्ति विशेषले समेत राहतकालागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतको सरकारी टोलीले घट्नास्थलको अवलोकलन गरिसकेका छन्। जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षतिको भएको अवस्थामा  भूकम्पपीडितको उद्धार तथा राहतका लागि जाजरकोट र रुकुमपश्चिम दुवै जिल्लाका विपद् कोषमा ५/५ करोड निकासा गर्ने निर्णय पनि गरेको गृह मन्त्रालयले जनाएको छ। यस्तो अवस्थामा देश विदेशबाट पनि सहयोगको प्रतिबद्धता आइरहेको छ।

स्वंय राष्ट्रपति रामचन्द्र पौडेलले पनि शनिवार विहान भुकम्पबाट प्रभावित क्षेत्रको बारेमा अवगत रहेको जनाउदै मृतकहरुपति समवेदना प्रकट गर्ने र घाइतेहरुको उद्धार र राहतमा ध्यान दिन सरकारको ध्यानकर्षण गराइसकेका छन्। जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताउदै उनले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेका छन्। तर उनले चार दिनपछि यही कात्तिक २२ देखि म्रसिर १ गतेसम्म हुने विदेश भ्रमणबारे भने केही बोलेको छैनन।

सिंगो राष्ट्र नै शोकमा परेको बेला राष्ट्रपतिको विदेश भ्रमण शोभनीय नभएको विभिन्न राजनीतिक विज्ञहरुले जनाएका छन्।

राजनीतिक विश्लेषक हरि रोकाले अहिलेको अवस्थामा राष्ट्रपतिले विदेश भ्रमण नगरेकै राम्रो बताएका छन्। उनले मुलुक विपत्तिमा परेको बेला राष्ट्रप्रमुख मुलुक बाहिर रहनु र देशकै पैसा खर्च गरेर विदेश जाँदा सकारात्मक सन्देश नजाने बताएका हुन्।

‘मुलुक अप्ठेरो अवस्थामा छ, भूकम्प गएको छ यस्तो बेला राहत, उद्धार र पुर्नवासमा ठूलो रकम खर्च हुन्छ, राष्ट्रपतिको भ्रमणमा पनि मुलुककै पैसा खर्च हुने हो त्यसकारण अलिकति सहज परिस्थिति बनेपछि राष्ट्रप्रमुख विदेश भ्रमणमा जादा राम्रो सन्देश जान्छ, यदि पूर्व निर्धारित कार्यक्रम हो भनेर जानुभयो भने पनि त्यो चाहि उहाँको व्यक्तिगत कुरा भयो’, राजनीतिक विश्लेषक रोकाले भने।

यस्तै त्रिभुवन विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक डा।ऋषिराम शर्माले यतिबेला राष्ट्रप्रमुखकै विदेश भ्रमण हुनुले राम्रो सन्देश नजाने बताएका छन्। ‘यस्तो दुःखद परिस्थितिमा राष्ट्रप्रमुखको विदेश भ्रमणले स्वदेश र विदेशममा राम्रो धारणा बन्दैन त्यसकारण नजाँदा नै राम्रो हुन्छ’, प्राध्यापक डा. शर्माले भने।

मन्त्रिपरिषदले दुई जना मन्त्री, एक राज्यमन्त्रीको बेग्लाबेग्लै विदेश भ्रमण कार्यक्रम पनि स्वीकृत भएको छ। यस्तै, यूएईमा आयोजना हुने ‘दुबई एयर शो २०२३ को १८औँ संस्करण’ भाग लिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन मन्त्रिपरिषदले स्वीकृति दिने निर्णय गरेको छ। 

यसैगरी चीनको सांघाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिइएको छ। यही कात्तिक २० देखि २१ सम्म चीनको छोङछिङमा सञ्चालन हुने ‘द बेल्ट एण्ड रोड कन्फिरेन्स अन साइनस एण्ड टेक्नोलोजी एक्सचेन्ज’ कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
१५ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस