निषेध संस्कृतिविरुद्ध सफल ‘चियापान रणनीति’
१६ कार्तिक २०८०
•
४ मिनेट पाठ
निषेध संस्कृतिविरुद्ध सफल ‘चियापान रणनीति’
दसैंलगत्तै राजनीतिक दलहरूले आयोजना गर्ने शुभ-कामना आदानप्रदान तथा चियापान कार्यक्रम शीर्ष नेताहरूको सम्बन्ध सुधार गर्ने माध्यम बन्ने गरेको छ । दसैंलगत्तै नेपाली कांग्रेसको चियापान होस् या बुधबार एमालेले गरेको चियापान, यी दुवैमा शीर्ष नेता सहभागी भए अनि खुलेर कुराकानी पनि गरे ।  




कांग्रेसको चियापानमा दल र नेतामाथि उठेका प्रश्नको एकमुष्ट जवाफ दिने भनेका नेताले एमालेको कार्यक्रममा चियापान आपसी समझदारी बढाउने माध्यम बनेको बताए । राष्ट्रिय अजेन्डामा दलहरू एक ठाउँ उभिँदा सकारात्मक सन्देश जान्छ । त्यसैले नेतालाई समझदारीमा ल्याउने एउटा माध्यम चियापान बनेको छ । एमाले चियापानमा सहभागी नेताले यही विषयलाई महत्त्व दिए ।  

चियापान समारोहमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरूबीच विश्वासको वातावरण बन्दै गएको बताए । आफूले सुरुआती चरणदेखि नै दलहरूलाई एकै ठाउँमा ल्याउन पहल गरिरहेको उनले बताए । ‘मैले जहिले पनि दलहरूलाई एकै ठाउँमा ल्याउन पहल गरेको छु, आज (बुधबार) बिहानको मिटिङ पनि त्यही पहल हो, सकारात्मक भएको छ, नेपाली कांग्रेसले गरेको चियापानसहितको शुभकामना आदानप्रदान र एमालेले गरेको त्यस्तै कार्यक्रमले पार्टीबीच समझदारी कायम गर्ने राम्रो वातावरण बनेको महसुस गरेको छु,’ दाहालले भने ।  

त्यसलगत्तै एमाले अध्यक्ष ओलीले पनि दलहरूबीच सकारात्मक समझदारी बनेको संकेत गरे । उनले समझदारीका लागि लक्षण राम्रो भएको बताएका थिए । ‘उहाँ (पुष्पकमल दाहाल) सँग मेरो बिहान भेट भएको थियो । तपाईंहरूले देखिहाल्नुभयो, हाम्रो चेहरा देख्नुभयो, हाउभाउ देख्नुभयो, हात हल्लाएको देख्नुभयो, हात मिलाएको देख्नुभयो, राम्रै लक्षण छ नि होइन,’ ओलीले भने । त्यसअघि ओलीले चियापानकै सन्दर्भलाई जोडेर संक्रमणकालीन न्यायलाई पीडितकेन्द्रित भएर टुंग्याइने बताएका थिए ।

‘सहमतिका साथ पीडितकेन्द्रित भएर संक्रमणकालीन न्याय टुंग्याउनुपर्छ, सर्वोच्चको आदेशलाई मानेर टुंग्याउनुपर्छ, अन्तर्राष्ट्रिय समुदाय खासगरी मानव अधिकारवादी संघहरूमा पनि केही कुरा भएको छ, त्यसलाई पनि ध्यान दिनुपर्छ,’ ओलीले भने ।  

एमालेको चियापानअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष ओली र सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेस सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई कसरी टुंग्याउने भन्नेबारे छलफल गरेका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटका क्रममा एमाले ओलीले प्रधानमन्त्री दाहालका कारण शान्ति प्रक्रियाको बाँकी काम पूरा नभएको आरोप लगाएका थिए । गुटेरेस फर्केलगत्तै दाहाल, देउवा र ओलीबीच भेटघाट भएको हो ।

चियापान कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सल्लाहकार कमिटी अध्यक्ष अमृत बोहोरालगायतले आगन्तुकलाई स्वागत गरेका थिए । एमालेले विशिष्ट पाहुनालाई छुट्टै व्यवस्था गरेको थियो । एमालेले कांग्रेस सभापति देउवासहित सबैलाई एउटै राउन्ड टेबलमा राखेको थियो ।  

खनाल सहभागी, नेपाल रौतहटमा

चियापानमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनाल सहभागी भए पनि अध्यक्ष माधव नेपाल भने अनुपस्थित रहे । निर्वाचन क्षेत्रको कार्यत्रम राखेर उनी बुधबार बिहानै रौतहट पुगेकाले कार्यक्रममा सहभागी नभएका हुन् । एमालेले नेकपा एसका अध्यक्ष नेपालसहितका नेतालाई निम्ता गरेको थियो । चियापानमा सहभागी नेता खनालले एमाले अध्यक्ष ओलीसँग निकैबेर कुराकानी गरे । एमालेले आफूबाट चोइटिएर बनेको नेकपा एसलाई दोस्रो पटक पार्टीका रूपमा सम्बोधन गरेर पत्राचार गरेको थियो ।

ओलीलाई फूल, झाक्रीलाई अँगालो  

नेकपा एसकी सचिव रामकुमारी झाँक्री चियापानमा सहभागी हुन च्यासल पुगेपछि उनको पक्षमा हुटिङ भयो । झाँक्रीलाई एमाले अध्यक्ष ओलीले स्वागत गरे । ओलीलाई पुष्पगुच्छा दिएकी उनी अष्टलक्ष्मी शाक्यको अँगालोमा बाँधिइन् ।  

रावलसँग दाहालको असन्तुष्टि  

चियापानमा सहभागी एमाले नेता भीम रावलसँग प्रधानमन्त्री दाहालले असन्तुष्टि प्रकट गरे । रावलले सामाजिक सञ्जालमा लेखेको स्टाटसको विषयलाई लिएर प्रधानमन्त्री दाहालले असन्तुष्टि जनाएका थिए । नमस्कार गर्दै आफू नजिकै पुगेका रावलसँग दाहालले ‘सामाजिक सञ्जालमा के लेख्नुभएको त्यस्तो ? पुरानो स्टेटमेन्ट पनि हेर्नुप¥यो नि’ भन्दै असन्तुष्टि प्रकट गरेका थिए । ‘संयुक्त राष्ट्रसंघले अल्झाउन खोजेको शान्ति प्रक्रिया संयुक्त राष्ट्रसंघको नियोगलाई नेपालबाट बिदा गरेपछि मात्र अघि बढेको जान्दाजान्दै प्रधानमन्त्री दाहालले नेपालको हातमा आएको अधिकार फेरि राष्ट्रसंघलाई बुझाउन खोज्नु गैरजिम्मेवार र निकम्मा चरित्रको द्योतक हो, यस्तो कुकर्म नहोस्,’ रावलले सामाजिक सञ्जालमा लेखेका थिए ।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
५ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस