कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन्।
कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले कार्कीले राखेको प्रस्तावको पक्षमा ८६ मत खसेकाले उक्त मत कोशी प्रदेशसभाको कुल संख्याको बहुमत भएकाले मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएको प्रदेशसभामा जानकारी दिइन्।
मत विभाजनका क्रममा कुल ९१ मत खसेकोमा कोशी प्रदेशसभामा कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ८६ मत खसेको छ भने विपक्षमा ५ मत प्राप्त भएको छ।
सत्तारुढ गठबन्धनको निर्णय विपरीत विद्रोह गरेर कोशी प्रदेशसभाको मुख्यमन्त्री बनेका कार्कीलाई गठबन्धनसहित एमालेले पनि विश्वासको मत दिएको छ।
कार्कीलाई नेकपा एमालेको ३९, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले मत हालेका छन्। राप्रपाका ५ जना सांसदले भने विपक्षमा मतदान गरेका छन्।