पूर्वलडाकु अधिकारीलाई सेनापति बनाउन चलखेल
२७ असोज २०८०
•
४ मिनेट पाठ
पूर्वलडाकु अधिकारीलाई सेनापति बनाउन चलखेल
नेपाली सेनाको संरचना नै खल्बल्याउने गरी बढुवाको तयारी थालिएको छ। प्रधानसेनापति प्रभुराम शर्माले आफूपछि को प्रधानसेनापति हुने भन्ने विषयलाई अन्योलमा राखी संरचना खल्बल्याएर बढुवा तयारी थालेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा सेनाभित्र रोलक्रम मिचेर र बढुवा वृत्तिविकासको संरचना खल्बल्याएर अघोषित रूपमा सैनिक ‘कु’ गराउन खोजिएको छ।




‘संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई ‘कु’ गर्न खेजे पनि सफलता मिलेन। यसपटक उनी जसरी पनि प्रधानसेनापति शर्मालाई प्रयोग गरेर नीतिगत रूपमै बढुवा संरचना खल्बल्याउने, माओवादी लडाकुबाट समायोजन भई सहायक रथी बनेका यमबहादुर अधिकारीलाई उपरथीमा बढुवा गर्ने र प्रधानसेनापति बनाउने खेलमा लागेका छन्। यसमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको पनि सहमति छ’, सैनिक उच्च स्रोतले भन्यो।

प्रधानसेनापति शर्माले बेलायतको औपचारिक भ्रमणमा जानुअघि हालै म्याद थप गरिएका सहायक रथी अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री दाहालको विशेष आग्रहमा माओवादी लडाकुबाट सेनामा समायोजन भएकालाई तालिम र वृत्तिविकासमा सहयोग पुग्नेगरी उनलाई त्यहाँ खटाइएको र अब रिक्त हुने उपरथी पदमा बढुवा गर्ने योजना बनाइएको छ।

अब रिक्त हुने उपरथीमा बढुवा भए अधिकारी प्रधानसेनापति बन्ने प्रबल सम्भावना रहन्छ। ‘अब उपरथीमा बढुवा भएमा अधिकारीलाई प्रधानसेनापति हुनबाट रोक्न सक्ने अवस्था छैन। त्यसका लागि प्रधानमन्त्री दाहालले आवश्यक प्रबन्ध मिलाउन प्रधानसेनापति शर्मालाई जिम्मा दिएका छन्’, स्रोतको दाबी छ।

प्रधानसेनापति शर्मा भारत र अमेरिका भ्रमणपछि अहिले बेलायत पुगेका छन्। नेपाल फर्केपछि चीन जाने तयारी हुनेछ। भ्रमणको तयारीलाई देखाएर अब बन्ने प्रधानसेनापतिको रोलक्रम केही समय नतोक्ने, उपरथी पद रिक्त गराउने र त्यो पदामा सहायक रथी अधिकारीलाई बढुवा गर्ने चलखेल सेनामा सुरु भएको स्रोतको दाबी छ। तर नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले भने अधिकारीलाई अतिरिक्त समूहमा राखेको दाबी गरेका छन्।

सैनिक स्रोतका अनुसार प्रधानसेनापति शर्मा २०८१ भदौमा अवकाश हुँदैछन्। रोलक्रममा उनीपछि रहेका सरोजप्रताप राणा एक वर्ष म्याद थप्न नपाई यही सातादेखि बिदामा बस्दैछन्।
राणापछिका सीताराम खड्का पनि शर्माअगावै अवकाशमा जाने भएकाले प्रधानसेनापतिका लागि ताराध्वज पाण्डे र अशोक सिग्देलबीच प्रतिस्पर्धा हुनेछ। राणा बिदामा बसेको या अवकाशमा गएको १३ दिनभित्र रोलक्रमबारे निर्णय भएन भने मेजर जर्नेलमै ताराध्वज पाण्डे पनि अवकाशमा जानेछन्। त्यस्तो अवस्थामा सहायक रथी अधिकारी उपरथीमा बढुवा हुनेछन्। उपरथीमा बढुवा भए उनलाई भावी प्रधानसेनापति हुनबाट कसैले रोक्न सक्ने छैन।

‘सहायक रथी अधिकारीलाई तालिम विभागजस्तो महत्वपूर्ण विभागको जिम्मेवारी दिनुले सेनाभित्रै असझदारी उत्पन्न भएको छ। उनलाई माओवादीबाट समायोजनमा आएका लडाकुको वृत्ति विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले मात्र तालिम विभागमा पठाइएको होइन, बढुवामा सहज गराउन त्यो जिम्मेवारी दिइएको हो। उपरथीमा बढुवाका लागि तीन देखि ६ वर्ष सहायक रथीमा काम गरेको हुनुपर्छ। अधिकारीको चार वर्ष पुग्यो, उनी बढुवाका लागि ‘टप फाइभ’ भित्र पर्छन्,’ सेनाका एक उच्च अधिकारीले भने, ‘उनलाई तालिम विभागको जिम्मेवारी दिनुमा राजनीतिक नेतृत्वको मुख्य हात छ।’

सेनाका प्रवक्ताले भण्डारीले मापदण्डभित्र पर्ने उपरथीमा बढुवा हुने बताए। ‘नेपाली सेनाको विधि, नीति, नियम, नियमावली र मापदण्डअनुसार बढुवा हुने अहिलेसम्मको परम्परा छ’, प्रवक्ता भण्डारीले भने।

नेपाली सेनाको विशेष पदमा सहायक रथीमा कार्यरत अधिकारीको भदौ ३१ मा सुटुक्क तीन वर्ष पदावधि थप गरिएको थियो। उनको पदावधि सोही मितिमा सकिँदै थियो। तर मन्त्रिपरिषद् बैठकले तीन वर्ष पदावधि थप गर्दै उनलाई सेवामा निरन्तरता दिएको हो।

माओवादीका पूर्वलडाकु अधिकारी नेपाली सेनामा समायोजन भएका हुन्। उनलाई प्रधानसेनापति बनाउने योजनाअनुसार नै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले फेरि तीन वर्ष म्याद थप्न लगाएका हुन्। अधिकारीको दोस्रोपटक म्याद थपको विषयलाई लिएर सेनाभित्र र बाहिरबाट विरोध भएको छ। सेनाका पूर्वजर्नेलहरूले त विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन्।

‘प्रधानमन्त्री दाहालको योजनाअनुसार प्रधानसेनापति शर्मा आफूपछि सेनाको नेतृत्व कसले गर्ने भन्ने निक्र्योल तत्काल नगरी उपरथी पद रिक्त गराएर अधिकारीको बढुवाका लागि सहजीकरण गर्दैछन्। उपरथीमा बढुवा भए उनलाई सेनापति बन्ने बाटो खुल्नेछ।’
विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री दाहालको योजनाअनुसार प्रधानसेनापति शर्मा आफूपछि सेनाको नेतृत्व कसले गर्ने भन्ने निक्र्योल तत्काल नगरी उपरथी पद रिक्त गराएर अधिकारीको बढुवाका लागि सहजीकरण गर्दैछन्।

नेपाली सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यातले त अधिकारीको फेरि म्याद थपका विषयमा सामाजिक सञ्जालबाट पनि असन्तुष्टि पोखेका छन्। उनले ‘सेना कब्जा हुनसक्छ’ भन्दै सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन्।

माओवादीका १९ हजार लडाकुमध्ये तीन हजार एक सय ३१ जनाले सेनामा समायोजन रोजेका थिए। त्यसमध्ये एक हजार तीन सय १३ जनालाई मात्र समायोजनको बाटो खुलेको थियो। अधिकारीको नेतृत्वमा माओवादीले आफ्ना लडाकुलाई समायोजनमा पठाएको थियो। लडाकुबाट छिरेका १३ जना सेनानी, ३० जना सहसेनानी र २४ जना उपसेनानी भइसकेका छन्। सेनामा लडाकुबाट गएकामध्ये अधिकृत ७०, पदीक ५९ र जवान एक हजार एक सय ८४ जना छन्। उनीहरू सेनाको विभिन्न युनिट तथा सबयुनिटमा कार्यरत छन्।
अर्को समाचार
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
८ मिनेट अघि
•
१ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि सारिएको बताएका छन्।




काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनको भनाइ छ।

देशभरबाट सामूहिक पहल गर्न सके त्यस्ता शक्तिबीच पनि एउटा मोर्चा निर्माण गर्न सकिने प्रचण्डले बताए।

नेपालका सबै कम्युनिष्ट शक्तिबीच एकताको प्रयास जारी रहेको उल्लेख गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तीव्र बनाउने बताए।

‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रक्रिया चलिरहेको छ। हामीले अहिले पनि यति भए पुग्यो भन्ने छैन। अझै पनि नेपालका साना, ठूला कम्युनिष्ट समूहहरूलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ,’ प्रचण्डले भने।

विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको भनाइ छ। यद्यपि, एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने दाहालले बताए।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस