तीनवटा जहाज खरिद प्रस्ताव मन्त्रिपरिषद्मा
१९ असोज २०८०
•
५ मिनेट पाठ
तीनवटा जहाज खरिद प्रस्ताव मन्त्रिपरिषद्मा
फाइल तस्बिर
सरकारले नेपाल वायुसेवा निगमका लागि तीनवटा जहाज किन्ने तयारी थालेको छ। लगातार घाटामा गएको निगमलाई उकास्न तीनवटा जहाज आवश्यक परेको भन्दै सरकारले त्यस्तो तयारी अघि बढाएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले निगमका लागि तीनवटा जहाज खरिद प्रक्रिया अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग प्रस्ताव मागेका थिए। मन्त्रालयले सो प्रस्ताव एक साताअघि मन्त्रिपरिषद्मा पठाएको छ।




निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रधानमन्त्री दाहाल अमेरिका तथा चीन भ्रमणमा जानुअघि सिंहदरबार पुगेर तीनवटा विमान खरिद गर्नुपर्ने प्रस्ताव गरेका थिए। सोही प्रस्तावका आधारमा पर्यटनमन्त्री सुदन किरातीलाई प्रधानमन्त्रीले जहाज खरिदको प्रस्ताव ल्याउन निर्देशन दिएका थिए। सोहीबमोजिम मन्त्रालयले जहाज खरिदको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो। एयरबस ३२० र वाइडबडी ए ३३० जहाज खरिदमा लिएको ऋणको किस्ता र ब्याज समयमा भुक्तानी गर्न नसकिरहेका बेला सरकारले थप तीनवटा जहाज खरिद गरेर अन्तर्राष्ट्रिय उडानमा लगाउने तयारी गरेको हो। मन्त्रालयले दुई साताअघि जहाज खरिद गर्ने विषयमा औपचारिक रूपमा छलफल गरेको स्रोतको दाबी छ। प्रधानमन्त्री कार्यालयले समेत जहाज खरिद गर्ने विषयमा राय मागेको थियो।

मन्त्रालयले नेपालको प्रचलित कानुनअनुसार निगमबाट प्रक्रिया अघि बढाउन मिल्ने राय दिएको थियो। ‘विमान खरिदको विषयमा हामीलाई राय मागिएको थियो। मन्त्रालयमा छलफल गरेर प्रचलित कानुनअनुसार नेपाल वायुसेवा निगमबाटै खरिद गर्न मिल्ने र प्रक्रिया पनि उतैबाट अघि बढाउन सकिने राय दिएका थियौं,’ मन्त्रालयका एक उच्च अधिकारीले भने। उनका अनुसार निगमका कार्यकारी अध्यक्ष अधिकारीले जहाज किन्ने विषयमा प्रधानमन्त्रीलाई ‘कन्भिन्स’ गरेका थिए। करिब तीन साताअघि निगमका कार्यकारी अध्यक्ष अधिकारीले प्रधानमन्त्री दाहाल र पर्यटनमन्त्री किरातीलाई राखेर निगमको वर्तमान अवस्था र दायित्वबारे ब्रिफिङ गर्दै तीनवटा जहाज खरिद गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। प्रधानमन्त्रीले त्यसै दिन जहाज खरिद गर्न सरकार तयार रहेको बताउँदै खरिद प्रस्ताव पठाउन मन्त्रीलाई निर्देशन दिएको स्रोतको भनाइ छ। सरकारले राष्ट्रबैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा बनेको नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति २०८० को प्रतिवेदनले दिएको रिपोर्टमा सोल्टी होटलको सेयर बेचेर जहाज किन्न सुझाएको थियो।

सो प्रतिवेदनले निगमको सोल्टी होटल लिमिटेडमा सुरुमा ६ लाख थान सेयर स्वामित्व रहेकोमा बोनस सेयरसहित सो संख्या १ करोड ३ लाख ३३ हजार ६९९ पुगेको जनाउँदै जहाज खरिद गर्ने रकम जोहो गर्न सकिने जनाएको छ।

‘उक्त सेयरको मिति २०८०/०५/१९ को बजार मूल्य प्रतिकित्ता रु. ४४३ भएको देखिन्छ। उक्त बजार मूल्यको हिसाबले उक्त सेयरको कुल बजार मूल्य रु. ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५७ पुगेको छ। उक्त सेयर बिक्री गरे त्यसबाट यस निगमले नयाँ जहाज किन्न सक्ने देखिन्छ। साथै आसामी तथा उठाउनुपर्ने रकम वृद्धि हुँदा नगद प्रवाहमा नकारात्मक असर परेको छ।  

असुलीमा ध्यान दिइए नगद प्रवाहमा वृद्धि हुनुका साथै जहाज खरिदमा समेत सघाउ पुग्नेछ। निगमले लागत अनुमान गर्न नसक्दा टिकट दर कम हुन गई नाफामा आउन नसक्ने अवस्था हुन पुगेको छ। निगमले आफ्नो बिक्री दर निर्धारण गर्दा लागत, प्रतिस्पर्धीको सेवा आदि विचार गरी थप केही प्रतिशत प्रिमियम जोडेर उचित दर कायम गर्नुपर्छ,’ सो प्रतिवेदनमा उल्लेख छ।  

यता सञ्चयकोष र नागरिक लगानी कोषले भने अर्थ मन्त्रालयमा पटकपटक निगमले लिएको ऋण उठाइदिन आग्रह गर्दै आएका छन्। लाखौं कर्मचारीको संकलित रकम डुब्ने हो कि भन्ने चिन्ता गर्दै ती संस्थाहरूले व्यक्त गर्दै आएका छन्। निगमको गत वर्ष २०७८/७९ को सञ्चालन नाफा १ अर्ब मात्रै छ, जुन ऋण र किस्ता नतिरीकन कमाइएको पैसा हो। ऋण र किस्ता तथा अन्य खर्च जोड्दा निगमको घाटा अझै ४ अर्ब ७९ करोड रूपैया रहेको अवस्थामा सरकारले जहाज खरिद गर्ने प्रस्ताव अघि सारेको हो। प्रतिवेदनले जनाएअनुसार निगमको दीर्घकालीन घाटा कहालीलाग्दो छ। ‘संस्थाको दीर्घकालीन ऋण झन्डै रु. ४७ अर्ब छ। यो रकम ऋण लिनेदिने दुवै संस्थाबीच दायित्व भुक्तानी गर्ने रकममा अन्तर देखियो। सो दायित्व यकिन गरी हिसाब मिलान गरिनुपर्छ पछिल्लो विवरणअनुसार सो ऋणको केवल २.६ प्रतिशत मात्र भुक्तानी गरिएको छ। निगमको नगद अनुपात, चालु अनुपात र शीघ्र अनुपात गत पाँच वर्षदेखि १ भन्दा कम छ। निगमले ९.५ प्रतिशतभन्दा बढी ब्याज भुक्तानी गरिरहेको छ। व्यापारबाट आर्जित रकमको ठुलो हिस्सा ऋणब्याज भुक्तानीमा खर्च भइरहेका कारण पनि चालु अनुपात र शीघ्र अनुपात न्यून अवस्थामा पुगेको हो। निगमले वार्षिक रु. ५ अर्ब नगद नाफा गर्ने हो भने पनि दीर्घकालीन ऋण भुक्तानी गर्न १० वर्ष लाग्ने देखिन्छ,’ हालै बुझाइएको प्रतिवेदनमा उल्लेख छ।  

हाल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ तीनवटा जहाजले उडान भरिरहेको छ। निगमले अहिले जापानको नारिता, साउदी अरबको रियाद, भारतको दिल्ली, मुम्बई र बैंग्लोरका साथै मलेसिया, कतार, दुबई, बैंकक र हङकङमा उडान गर्दै आएको छ। निगमका तर्फबाट काठमाडौंदेखि विराटनगर, भद्रपुर, नेपालगन्ज, भैरहवा, पोखराजस्ता ट्रंक रुटमा चल्नेगरी निगमले तत्काल दुईवटा एटिआर ७२ जहाज थप गर्नुपर्ने गरी प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो। दुई राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १३ वटा विमान छन्। तीमध्ये ६ वटा मात्रै चलिरहेका छन् भने सातवटा थन्किएका छन्। थन्किएका सातमध्ये एउटा ट्विनअटर पुरानामध्येमा पर्छ भने बाँकी न्यारोबडी विमान हुन्। एकातर्फ आन्तरिक उडानतर्फ पनि विमान खरिद गर्नुपर्ने अवस्था आएको छ भने सरकारले अन्तर्राष्ट्रिय उडानकै लागि विमान खरिद गर्ने तयारीमा लागेको स्रोतको भनाइ छ।  

चिनियाँ कम्पनी हार्बिन एयरक्राफ्ट ग्रुपले निर्माण गरेका न्यारोबडीका यी विमान चलाउँदा लगातार घाटा हुन थालेपछि थन्क्याइएको हो। तीन वर्षदेखि आन्तरिक उडानतर्फका विमान ‘ग्राउन्डेड’ छन्। थन्किएका ६ मध्ये दुईवटा चीन सरकारले अनुदानमा दिएको थियो। बाँकी चारवटा चिनियाँ एक्जिम बैंकको ऋणमा खरिद गरिएका हुन्। विमान नचलेपछि निगम ऋणमा डुबेको थियो।  

केही दिनअघि सरकारलाई बुझाएको प्रतिवेदनले आन्तरिक उडानतर्फ सबै निजामती कर्मचारीले निगमको विमान प्रयोगका लागि अनिवार्य गर्नुपर्ने सुझाव दिएको थियो। महालेखाको लेखापरीक्षणअनुसार निगमको जिन्सी सामानहरूको प्रभावकारी ढंगले संरक्षण नगरेको तथा अभिलेखीकरण नगरेको भनिएको छ। साथै आवश्यकभन्दा बढी सामान मौज्दात रहेको उल्लेख गरेको छ। वाइडबडी सञ्चालन पनि नोक्सानमा रहेको प्रतिवेदनले औंल्याएको छ।
अर्को समाचार
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
५ मिनेट अघि
•
१ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।




डिजिटल पार्लियामेन्ट प्रणाली लागू भएपछि नागरिकले आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधि संसद् बैठकमा कति पटक उपस्थित भए भन्ने विवरण मोबाइलबाटै हेर्न सक्ने उनको भनाइ छ।

पाल्पाको दमकडामा शनिबार आयोजित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले आगामी दिनमा सांसदहरू सदनमा कति बजे प्रवेश गरे र कति बजे बाहिरिए भन्ने विवरणसमेत सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।

यसबाट जनप्रतिनिधिलाई थप जवाफदेही बनाउनुका साथै संसदीय गतिविधिमा नागरिकको पहुँच र निगरानी बढ्ने विश्वास उनले व्यक्त गरे।

कानुन निर्माण गर्ने, कार्यान्वयन गर्ने र न्याय सम्पादन गर्ने निकाय इमानदार र जिम्मेवार भए मुलुकलाई समृद्ध बनाउन लामो समय नलाग्ने सभामुख अर्यालको भनाइ छ।

कानुन निर्माण र कार्यान्वयन गर्ने निकाय इमानदार भए नेपालजस्तो मुलुकलाई समृद्ध बनाउन १० वर्ष पर्याप्त हुने उनले उल्लेख गरे।

सभामुख अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिए। सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न सरकारले केही कानुन संशोधनको प्रक्रिया अघि बढाएको उनले जानकारी दिए।

सरकारका कामकारबाहीका विषयमा विभिन्न कोणबाट प्रश्न उठ्नु स्वाभाविक भए पनि निर्णय गर्दा कानुनी प्रक्रिया पालना हुने गरेको अर्यालले बताए।

कानुन निर्माण गर्दा नेपालको भौगोलिक अवस्था, नागरिकको आवश्यकता, चेतनाको स्तर र प्रविधिको विकासलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो।

पुराना कानुनलाई समय र आवश्यकताअनुसार संशोधन गर्ने तथा संविधानले व्यवस्था गरेअनुसार निर्माण हुन बाँकी कानुन बनाउने जिम्मेवारी आफूहरूको रहेको सुनाए।
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
यो पनि पढौँ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस