नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा सल्यानका गुलाबजंग शाह निर्वाचित भएका भएका छन्। सोमबार सकिएको मतगणनामा उनले ३ सय ६९ मत ल्याउँदै विजय हासिल गरे।
उनका निकटतम प्रतिद्वन्द्वी कालिकोटका मीनबहादुर शाहीले २०७ मत पाएका छन्। प्रकाश रोकायले चार मत मात्र पाए।
मतदानमा जम्मा मत ६ सय ४ खसेकोमा ५ सय ८० मत सदर भएको थियो भने २४ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।
त्यस्तै, उपाध्यक्षमा टेकराज पछाईले ३ सय ४२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी लाल बहादुर महताराले १ सय ७६ मत ल्याउँदा दानसिंह परिवार ५९ मतमा सीमित भए।
त्यस्तै, सचिवमा ध्रुव बहादुर शाही ४ सय ६ मतले विजयी हुँदा उनका प्रतिस्पर्धी रूद्र बहादुर शाहीले १ सय ६९ मत ल्याए।
त्यसैगरी, उपसचिवमा रवीन्द्रराज शर्माले ३ मतले विजेता बनेका छन्। उनका प्रतिस्पर्धी रमेश बहादुर शाहीले २ सय ६६ मत ल्याए। त्यस्तै, पद्मा खड्काले १ सय ५१ र मेनका पछाईले ९६ मत ल्याइन्।
नेकपा एमाले कर्णाली प्रदेश प्रथम अधिवेशन सम्पन्न भएको छ। मतगणना सकिएसँगै नयाँ नेतृत्व चयन गरेर अधिवेशन सम्पन्न भएको हो।