फेरि सेना चलाउँदै प्रधानमन्त्री दाहाल
०७ असोज २०८०
•
५ मिनेट पाठ
फेरि सेना चलाउँदै प्रधानमन्त्री दाहाल
तत्कालीन सेनापति गौरवशमशेर राणा सहायक रथी यमबहादुर अधिकारीलाई दर्ज्यानी चिह्न लगाइदिँदै।
प्रधानमन्त्री पुष्पकमल दाहालले अवकाश पाउने अवस्थामा पुगेका सहायक रथी यमबहादुर अधिकारीको म्याद दुईपटक थप गरी नेपाली सेनामा ‘गलत’ अभ्यासको सुरुवात गरेका छन्। प्रधानमन्त्री दाहालले दोस्रोपटक अधिकारीको म्याद थप गर्न लगाएर गलत अभ्यासको सुरुवात गरेका हुन्। ‘नेपाली सेनामा कुनै एक अधिकृतलाई लगातार दुईपटक विशेष पदमा म्याद थमौती गरिएको यो पहिलो पटक हो। यो अभ्यास गलत पनि छ’, नेपाली सेनाका एक उच्च अधिकृतले भने, ‘प्रधानसेनापति प्रभुराम शर्माको रुचिविपरीत सहायक रथी यमबहादुर अधिकारीको म्याद थमौतीका लागि पत्र पठाइएको हो।’




सहायक रथी अधिकारीको म्याद प्रधानमन्त्रीको ठाडो निर्देशनमा तीन वर्षका लागि थप गरिएको हो। रक्षामन्त्रीलाई समेत जानकारी नगराईकन अधिकारीको म्याद गुपचुपमै थपिएको हो। यसअघि २०७६ सालमा विशेष पद सिर्जना गरी उनलाई अवकाश हुनबाट रोकिएको थियो। त्यसबेला पहिलोपटक ४ वर्षे कार्यकालका लागि सहायक रथीमा बढुवा गरिएको र अहिले त्यही पदमा ३ वर्ष थप गरिएको हो।

नेपाली सेनाले असोज ४ गते मात्रै उनको म्याद थपिएको औपचारिक जानकारी दिएको छ। रक्षा मन्त्रालये सरकारले भदौ ३१ गतेबाट लागु हुनेगरी म्याद थप गरेको पत्र जंगी अड्डालाई पठाएको थियो।
‘नेपाली सेनाको जंगी अड्डामा मन्त्रिपरिषद्को निर्णयअनुसार अधिकारीको पदावधि ३ वर्षका लागि थप गरिएको बेहोराको रक्षा मन्त्रालयको पत्र भदौ ३१ मै प्राप्त भएको थियो’, सैनिक स्रोतले भन्यो। अधिकारी सोही पत्रका आधारमा असोज १ बाट नियमित काममा हाजिर भएका छन्। ‘नेपाली सेनामा सहायक रथी विशेष पदमा कार्यरत यमबहादुर अधिकारीको पहिलो चारवर्षे पदावधि समाप्त हुने मिति २०८० भदौ ३१ गतेबाटै लागु हुने गरी सहायक रथी दर्जाको विशेष पदलाई निरन्तरता दिन दोस्रो तीन वर्षको पदावधि थप भएको छ।

पदावधि थपसम्बन्धी नियमित प्रक्रियाअनुरूप नै सैनिक ऐन तथा नियमावलीका आधारमा यो निर्णय भएको हो,’ सैनिक जनसम्पर्क निर्देशनालयले केही दिनअघि जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रधानसेनापति र रक्षा मन्त्रालयको आपसी सहमतिमा नेपाली सेनाका कर्णेलभन्दा माथिका अधिकृतहरूको सरुवा, बढुवा र म्याद थपसम्बन्धी निर्णय मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ। तर यसका लागि सबैभन्दा पहिले सेनाको एक बोर्डले सिफरिस गर्नुपर्ने प्रावधान छ।
प्रधानमन्त्री दाहालेले धेरैपटक प्रधानसेनापति शर्मालाई भेटेर अधिकारीको म्याद थप गर्न दबाब दिएको स्रोतको दाबी छ। प्रधानमन्त्रीको दबाब थेग्न नसकेपछि नेपाली सेनाका रथीको अध्यक्षतामा गठित बोर्डले अधिकारीको नाम सिफारिस गरेको हो। ‘प्रधानसेनापति नै दबाबमा पर्नुभएको हो कि, नत्र उहाँले यस्तो विषयमा अडान किन लिन सक्नु भएन’, सेनाका एक उच्च अधिकारीले भने।

प्रधानसेनापतिले प्रधानमन्त्री दाहाललाई भेटेर दोस्रोपटक पनि म्याद थप्दा राम्रो सन्देश नजाने बताएका थिए। तर प्रधानमन्त्री दाहालले प्रधानसेनापतिको सुझावको बेवास्ता गर्दै अधिकारीको नाम सिफारिस गर्न दबाब दिएको स्रोतको दाबी छ।

कर्णेलभन्दा माथिका अधिकृतहरूको सरुवा, बढुवा र म्याद थप गर्न सुरुमा रथी सम्मिलित बोर्डले प्रधानसेनापतिलाई सिफारिस गर्ने र त्यसपछि प्रधानसेनापतिले बोर्डको सिफारिससहित आफ्नोसमेत राय संलग्न गरी रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने व्यवस्था भए पनि यसपटक सिधै प्रधानमन्त्रीसमक्ष पठाइएको स्रोतले बतायो।

‘अधिकारीको म्याद थपबारे उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई समेत जानकारी दिइएन’, स्रोतले भन्यो, ‘यो प्रस्ताव सिधै प्रधानमन्त्रीमार्फत मन्त्रिपरिषद्मा लगियो।’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा पनि यो विषयलाई लुकाइयो। ‘निर्णय गर्ने प्रधानमन्त्री माओवादीका अध्यक्ष, सरकारका प्रवक्ता रहेका मन्त्री पनि माओवादीकै केन्द्रीय सदस्य र म्याद थपिएका सेनाका सहायक रथी पनि माओवादीका पूर्वलडाकु भएका कारण म्याद थपको निर्णय सुरुमा गुपचुप राखिएको हुन सक्छ’, रक्षा मन्त्रालयका एक कर्मचारीले भने।

दाहालले पहिलोपटक प्रधानमन्त्री बनेका बेला २०६६ वैशाख २० गते गुपचुपरूपमै तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गरिएको पत्र थमाएका थिए। सोही कारण उनले सरकार छाड्नुपरेको थियो। त्यतिबेला पनि विवाद सहायक रथीहरूको म्याद थप गर्ने विषयमा नै थियो।
तत्कालीन प्रधानसेनापति कटवाल आठ जना सहायक रथीको म्याद थप गर्न चाहन्थे तर प्रधानमन्त्री दाहालले म्याद थप नगर्ने भनेपछि विवाद भएको थियो। दाहाल नेतृत्वको तत्कालीन सरकार अवकाश पाउन लागेका सेनाका अधिकृतको म्याद थप नगर्ने बरु तल्लो तहका अधिकृतलाई बढुवा गर्ने पक्षमा उभिएपछि त्यसबाट सेनाको ‘चेनअफ कमाण्ड’ बिग्रिने भन्दै कटवालले प्रतिवाद गरेका थिए। अहिले फेरि प्रधानमन्त्री दाहालले सहायक रथी अधिकारीको म्याद फेरि तीन वर्षका लागि थपेर सेनाभित्र द्वन्द निम्त्याउन खोजेको स्रोतको दाबी छ।

यसअघि पनि अधिकारीको चार वर्ष म्याद थपिएको थियो। ‘खासगरी नेपाली सेनामा विशेष पद सिर्जना नहुने र भइहाले एकपटकका लागि मात्र हुन्छ। तर अधिकारीको हकमा विशेष पद खडा गरी लगातार दुईपटक म्याद थप्ने काम भएको छ, यसबाट सेनामा गलत अभ्यास गराउन खोजिएको छ,’ सेनाका एक अधिकारीले भने।

प्रधानसेनापति शर्मा आज नयाँ दिल्ली जाँदै

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्ली हुने इन्डो–प्यासिफिक आर्मी चिफको सम्मेलनमा भाग लिन आइतबार त्यसतर्फ जाने भएका छन्।

‘यो नियमित सम्मेलन हो यसमा सहभागी हुने विषय अन्यथा होइन’, सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने। नयाँ दिल्लीमा सोमबारदेखि बुधबारसम्म इन्डो–प्यासिफिक आर्मी चिफको सम्मेलन हुँदै छ।
प्रवक्ता भण्डारीका अनुसार प्रसेनापतिको भ्रमण आकस्मिक र अन्य प्रयोजनका लागि होइन। इन्डो–प्यासिफिक आर्मी चिफको सम्मेलनका अवसरमा हुने इन्डो–प्यासिफिक आर्मी म्यानेजमेन्ट सेमिनारमा सहभागी हुन उपरथी योगराज शर्मा र महासेनानी बसन्तबहादुर गौतम तथा सिनियर इनलिस्टेड लिडर्स फोरममा सहभागी हुन प्रमुख सुबेदार रत्नबहादुर थापा पनि प्रधानसेनापतिसँग नयाँ दिल्ली जाने सैनिक जनसम्पर्क निर्देशनलायले जनाएको छ। प्रधानसेनापति शर्माले यो सम्मेलनमा भाग लिने विषयमा भदौ २३ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको छ। भारत र अमेरिकी सेनाको सह–आयोजनामा सम्मेलन हुन लागेको हो।
अर्को समाचार
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
५५ सेकेन्ड अघि
•
१ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।




गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरो र नदी कटानले निसीखोला, गलकोटलगायत क्षेत्रमा पुर्‍याएको क्षतिको अवस्था बुझ्न शनिबार बागलुङ पुगेका मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रको संरक्षण र पुनःनिर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन पहल गर्ने बताए।

बागलुङमा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा उनले बाढीपहिरोका कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको र जिल्लामा विद्युत् आपूर्ति अनियमित भएको गुनासो आएको उल्लेख गर्दै वितरण प्रणाली व्यवस्थित गर्न समन्वय भइरहेको जानकारी दिए।

विद्युत् प्रयोग बढेसँगै दुर्घटनाको जोखिम पनि बढेकाले विद्युतजन्य दुर्घटना न्यूनीकरण गर्न विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताए।

नाङ्गा तार विस्थापन, विद्युत् तार भूमिगत गर्ने र जनचेतनामूलक कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै उनले विद्युत् सुरक्षाका लागि आम नागरिक पनि सचेत हुनुपर्ने धारणा राखे।

अन्तरक्रियामा स्थानीयवासीले विद्युत् अनियमितता, नाङ्गा तार व्यवस्थापन, सिँचाइ तथा खानेपानी आयोजनामा भएको ढिलाइ र उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा ध्यान दिन आग्रह गरेका थिए।

मन्त्री श्रेष्ठले सोमबार पश्चिम बागलुङका प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५५ सेकेन्ड अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
यो पनि पढौँ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस