वनमन्त्री महतो आलेकै बाटोमा
०३ असोज २०८०
•
४ मिनेट पाठ
वनमन्त्री महतो आलेकै बाटोमा
सरकारले राष्ट्रिय निकुञ्जभित्र होटल, लज, केबुलकार, जलविद्यत् गृह, रिसोर्ट, पाराग्लाइडिङ लगायतका पर्यटकीय पूर्वाधार बनाउनका लागि अनुमति दिने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु नियमावलीलाई परिमार्जन गर्न लागेको छ।




तत्कालीन वनमन्त्री प्रेम आलेको कार्यशैलीलाई पछ्याउँदै वर्तमान वनमन्त्री वीरेन्द्र महतोले राष्ट्रिय महत्वका निकुञ्जहरूमा निजी क्षेत्रलाई निकुञ्जभित्र होटल, लज तथा रिसोर्ट खोल्नका लागि अनुमति दिनेगरी नियमावली परिर्माजन गर्ने तयारी थालेका हुन्।

तत्कालीन वनमन्त्री आलेकै पालामा २०७७ सालमा निकुञ्ज नियमावली परिमार्जन गर्ने तयारी भएको थियो। त्यसबेला पनि निकुञ्जभित्र रिसोर्ट, केबुलकार, होटल, जलविद्यत् गृह खोल्नका लागि अनुमति दिने उद्देश्यबाट निकुञ्ज नियमावली परिमार्जन गर्ने तयारी भएको थियो। त्यसका लागि अजय कार्कीको संयोजकत्वमा मस्यौदा परिमार्जन समितिसमेत गठन गरिएको थियो।

त्यति बेला आलेको उक्त कदमको विरोध भएपछि नियमावली रोकिए पनि अहिलेका वनमन्त्री महतो भने त्यसलाई खुलाउनेगरी अघि बढेका छन्। यसपटक वन मन्त्रालयले २०७८ मा सर्वोच्चले गरेको फैसलालाई सम्बोधन गर्ने भन्दै निकुञ्ज नियमावली परिमार्जन गर्न लागेको जनाएको छ।

वनमन्त्री महतोले केही दिनअघि एक कार्यक्रममा नेपालमा बाघको संख्या बढी भयो भन्दै बाघलाई वैदेशिक सम्बन्धका लागि उपयोग गर्नुपर्ने, बाघलाई सिकार खेल्न अनुमति दिनुपर्नेजस्ता अभिव्यक्ति दिएका थिए। महतोको त्यस भनाइको चर्को विरोध भएको थियो। महतोको उक्त अभिव्यक्तिको सबैतिर विरोध भएपछि मन्त्रीको नीति लागु भएन।

२०७८ जेठमा केपी शर्मा ओली नेतृत्व सरकारले लाङटाङ संरक्षित क्षेत्रभित्र यती कम्पनीलाई जलविद्युत् खोल्न दिने प्रयोजनबाट ‘भौतिक पूर्वाधार निर्माण तथा सञ्चालन कार्यनीति २०६५’ परिमार्जन गरेको थियो। ओली सरकारको यस निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दायर भयो। सर्वोच्चले ओली सरकारले गरेको भौतिक पूर्वाधार निर्माण सञ्चालन कार्यनीति परिमार्जनलाई खारेज गरिदियो। त्यसपछि ओली सरकारको उक्त निर्णय कार्यान्वयन भएन।

सर्वोच्चले त्यतिबेला भौतिक पूर्वाधार निर्माण सञ्चालन सम्बन्धमा नियमावली अथवा निर्देशिका बनाऊ भन्दै सरकारको नाममा आदेशसमेत जारी गरेको थियो। उक्त आदेशबमोजिम निकुञ्ज नियमावली परिमार्जन गर्न लागिएको वन मन्त्रालयको भनाइ छ।

निकुञ्जभित्र होटल, केबुलकार, जलविद्युत्, पाराग्लाइडिङ लगायतका पर्यटकीय पूर्वाधार खोल्न दिने तयारी

-वनमन्त्री वीरेन्द्र महतो
वनसचिव दीपककुमार खरालले सर्वोच्चको उक्त आदेशबमोजिम ‘भौतिक पूर्वाधार निर्माण तथा सञ्चालन कायनीति २०६५’लाई कार्यविधि बनाएर कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको बताए। ‘सर्वोच्चले कार्यविधि अथवा निर्देशिका बनाऊ भनेको छ। सर्वोच्चको आदेशलाई कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको छ,’ खरालले भने।

सर्वोच्चले कार्यविधि बनाउन भने पनि मन्त्रालयले भने त्यही आदेशलाई निकुञ्जमा निजी क्षेत्रलाई होटलहरू नै खोल्न दिनेगरी नियमावली परिर्माजनको तयारीमा लागेको हो।

मन्त्रालय स्रोतका अनुसार ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९’ र ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३०’ लाई टेकेर वन तथा वातावरण मन्त्रालयले संरक्षित क्षेत्रमा पर्यटकीय सेवा सञ्चालन गर्ने सम्बन्धमा कार्याविधिको मस्यौदा तयार गरिएको छ। यसमा वनमन्त्री महतोको विशेष चासो छ।

२०७३ मा ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९’ संशोधन गरी राष्ट्रिय निकुञ्ज, आरक्षण तथा संरक्षित क्षेत्रको सर्वोपरि हितका निम्ति नेपाल सरकारले स्वयम् वा तोकिएबमोजिम कार्यविधि बनाई कसैसित करार गरी होटल, लज, सार्वजनिक यातायात वा यस्तै किसिमको अन्य सेवा सुविधाको व्यवस्था गर्न सकिने छ भनी उल्लेख गरिएको छ।
उक्त ऐनलाई टेकेर तत्कालीन वनमन्त्री आलेका पालामा ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणसम्बन्धी नियमावली २०३०’लाई संशोधन गर्न तयार गरिएको मस्यौदामा ‘राष्ट्रिय निकुञ्ज, आरक्षण तथा संरक्षित क्षेत्रमा पर्यटकीय सेवा सञ्चालन गर्न चाहेमा त्यस्तो सेवा वा सुविधासम्बन्धी आवश्यक विवरण खोली त्यस्तो सेवा वा सुविधा के कस्तो सर्तमा सञ्चालन गर्न सक्ने हो, सो सम्बन्धी सबै कुरा खुलाई कम्तीमा ३५ दिनभित्र म्याद तोकी पत्रपत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने छ,’ भनी वाक्य राखिएको थियो।

हाल देशभर २० वटा संरक्षित क्षेत्र छन्। तीमध्ये १२ वटा राष्ट्रिय निकुञ्ज, १ वटा वन्यजन्तु आरक्षण क्षेत्र, १ वटा सिकार आरक्षण क्षेत्र तथा ६ वटा संरक्षण क्षेत्र रहेका छन्। निकुञ्ज नियमावली परिमार्जन भएमा २० वटै संरक्षित क्षेत्रमा निजी क्षेत्रले पर्यटकीय सेवा तथा साहसिक पर्यकटीय सेवा सञ्चालन गर्न पाउनेछ। जसमा ट्रेकिङ सेवा, केबुलकारसमेत राख्न सकिने छ। यसैगरी रोपवे तथा क्याम्प साइट, प्याराग्लाइडिङ, र्‍याफटिङ, बन्जी, हन्टिङ, क्लाइम्बिङ सेवासमेत दिन सक्ने छ।

सरकारले २०६८ सालमा जैविक विविधताको संरक्षणमा वाधा नपुगोस् भनी संरक्षित क्षेत्रको भित्री भागसम्म पर्यटकीय सेवा सञ्चालन गर्न रोक लगाएको थियो। सरकारको उक्त निर्णयपछि चितवन राष्ट्रिय निकुञ्जभित्र होटल सञ्चालन गर्न रोक लगाइएको थियो। त्यहाँ खोलिएका होटल बाहिर सारिएको थियो।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस