‘माननीय सदस्यलाई तीन मिनेटको समय दिन्छु’
२७ भदौ २०८०
•
५ मिनेट पाठ
‘माननीय सदस्यलाई तीन मिनेटको समय दिन्छु’
संविधानसभाको बैठक होस् वा व्यवस्थापिका संसद्। दुवै सभालाई निकै प्रभावकारी ढंगले सञ्चालन गरेका कारण मुलुकमा सबै तहका व्यक्तिले चिन्ने व्यक्ति थिए, सुवास नेम्वाङ। उनी अब भौतिक रूपमा नरहे पनि उनलाई चिन्ने जो कोहीले पनि भन्छन्, ‘हामीले उहाँलाई चिन्नु पर्दा माननीय सदस्यलाई तीन मिनेटको समय दिन्छु’ भन्ने थेगो सम्झना भइहाल्छ।  




पहिलो संविधानसभामा ६ सय एकजना सांसद रहेको बैठक सञ्चालन गर्न निकै कठिन हुन्थ्यो। भर्खर द्वन्द्वबाट आएको माओवादीको पुनः युद्धमा जाने धङ्धङ्गी थियो भने मधेस आन्दोलनबाट आएको मधेसी जनअधिकार फोरमको पनि क्रियाकलाप पनि उस्तै थियो। विभिन्न विचारबाट आएका दलहरूलाई मिलाएर बैठक सञ्चालन गर्नु चानचुने कुरा थिएन। पहिलो संविधानसभाको दुई वर्षे कार्यकाल थपिँदै जाँदा सबैको ध्यान संविधानसभातर्फ थियो। संविधान नबन्ने संसद्मा सांसद बोल्न समय मागिरहने हुँदा सभाध्यक्ष नेम्वाङले सबैलाई बोल्नका लागि पर्याप्त समय दिन सक्दैनथे, त्यसैले उनले प्रायः तीन मिनेटको समय राखेर बोल्न दिन्थे। त्यसैलाई टेलिभिजनबाट आउने ‘मेरी बास्सै’ भन्ने हास्य शृंखलामा नेम्वाङको भूमिकामा पात्र खडा गरेर माननीय सदस्यलाई तीन मिनेटको समय दिन्छु भन्ने थेगो राखिएको थियो। त्यही थेगोका कारणले पनि नेम्वाङलाई त्यतिबेला बच्चादेखि वृद्धसम्म सबैले चिन्ने गरेका थिए।  

सभाको बैठक सञ्चालनमा उठेका विवाद पनि ठट्यौली तरिकाले जवाफ दिने गरेका उनी पुनः स्थापित प्रतिनिधिसभादेखि दोस्रो संविधानसभासम्म चारपटक सभामुख र दुईपटक संविधानसभाको अध्यक्ष बन्दासमेत कसैलाई दिग्दार लागेको थिएन। सरल रूपमा बोल्ने उनको स्वभावले गर्दा पनि सत्तापक्ष र प्रतिपक्षले उनका धेरैजसो शैली मन पराउँथे।
सभाको बैठक सञ्चालनमा उठेका विवाद पनि ठट्यौली तरिकाले जवाफ दिने गरेका उनी पुनः स्थापित प्रतिनिधिसभादेखि दोस्रो संविधानसभासम्म चारपटक सभामुख र दुईपटक संविधानसभाको अध्यक्ष बन्दासमेत कसैलाई दिग्दार लागेको थिएन। सरल रूपमा बोल्ने उनको स्वभावले गर्दा पनि सत्तापक्ष र प्रतिपक्षले उनका धेरैजसो शैली मन पराउँथे।  

मुख्यगरी पहिलो संविधानसभामा दलीय नियन्त्रणभन्दा माथि उठेर नेम्वाङले संविधान निर्माणमा निकै महत्वपूर्ण भूमिका खेलेका थिए। कानुनको ज्ञान भएकाले पनि उनले सदनमा भएका कामहरूलाई विधि र प्रक्रियाबाटै लैजाने कुरामा धेरै ध्यान दिएका थिए। उनले बैठकमा बोल्ने सांसदहरूले असंसदीय शब्द प्रयोग गरेमा उनले कसैबाट नियमापत्ति नभए पनि असंसदीय भन्दै रेकर्डबाट हटाएका छन्। सांसदले नियमापत्ति गर्न बिर्सिएमा पनि गलत कुराको संसदमा रेकर्ड नहोस् भन्नेमा उनी सचेत थिए।  

पाँच वर्ष आठ महिना लगाएर संविधान बनेकोमा यसलाई गौरव गर्नुपर्ने उनले बताउने गर्थे। संविधानसभा इतिहासमा दुईपटक भएको केही पनि छैन भन्दै यो ‘फरक’ भएको उनले बताउँथे। पहिलो संविधानसभा र दोस्रो संविधानसभामा दुईपटक जनतामा सुझाव लिन लगाउने काम पनि सभाध्यक्ष नेम्वाङकै पहलमा भएको थियो। तर जीरा मरिच पोको पारेको ठाउँमा सुझाव भेटिन्छन् भन्ने कुरा बाहिर आएको भन्दै उनले दलहरूलाई सचेत बनाउन यो कुरा बताइरहन्थे। यो कुरा संविधानमा नै राख्यौं भनेर दलहरूलाई भन्न लगाउँथे।  

२०६९ जेठ २ गतेको सहमति बमोजिम संविधान बन्ने कुरा बाहिर आएको थियो। बधाई सबैले खाएका थिए। तर अचाकन सहमति भाँडिएको कुरा उनले बताउँथे। २०६९ जेठ १६ गते संविधासभाको बैठक बोलाइएको थियो। तर, मध्येरातसम्म पनि बैठक नै नबसिकन पहिलो संविधानसभाको अवसान भयो। सुवास नेम्वाङलाई जानीजानी बैठक नै नबसालेको अरोप लगाइयो। सो दिन सभासदहरूले बैठक बस्न माग गर्दै संविधानसभा भवन परिसर नयाँ बानेश्वरमा नाराबाजी गरेका थिए।  

जीरा मरिच पोको पारेको ठाउँमा सुझाव भेटिन्छन् भन्ने कुरा बाहिर आएको भन्दै उनले दलहरूलाई सचेत बनाउन यो कुरा बताइरहन्थे। यो कुरा संविधानमा नै राख्यौं भनेर दलहरूलाई भन्न लगाउँथे।  
अन्तरिम संविधान–२०६३ ले व्यवस्था गरेको दुई वर्षको संविधान निर्माणको समयमा संविधान घोषणा हुन सकेन। २०६६ जेठ १० गतेदेखि १४ गते सम्मका चार दिन अन्योलपूर्ण रह्यो। जेठ १४ गते मध्यरातमा नेताहरू संविधानसभाको म्याद थप्न सहमत भए।

दुई वर्षभित्र संविधान तयार गरी जारी गर्ने म्यान्डेटका साथ निर्वाचित भएको संविधानसभालाई म्याद थपेर चार वर्षसम्म लम्बाइए पनि नेपालका राजनीतिक दलबीच संघीयताको बारेमा सहमति जुट्न नसकेपछि २०६९ जेठ १५ गतेबाट सर्वोच्च अदालतको फैसाला बमोजिम स्वतः विघटन भयो। संविधान घोषणा गर्ने दिन २०७२ असोज ३ गते ५ बजे राष्ट्रपति रामवरण यादवलाई संविधान घोषणाका लागि निम्ता गरिएको थियो। तर, राष्ट्रपति यादव ४५ मिनेट ढिला गरेका थिए। सो बीचमा धेरै प्रश्न उठेका थिए। ‘राष्ट्रपति नआउने सम्भावना बढी छ,’ नेम्वाङ भन्थे, ‘मलाई संविधान त बन्छ ? राष्ट्रपति ज्यू आउनुहुन्छ ? भन्ने प्रश्नको ओइरो लगाइयो।’ राष्ट्रपति संविधान जारी गर्न केही समय लिनुपर्ने भन्दै राष्ट्रपतिले संविधान जारी गर्न नआउने संकेत गरिरहेका थिए। राष्ट्रपतिको संकेतपछि सभाध्यक्ष नेम्वाङको पहलमा राष्ट्रपति नआए पनि सभाध्यक्षबाटै संविधान जारी गर्ने गरी प्रस्ताव पारित गरिएको थियो।  

तर, राष्ट्रपति ४५ मिनेटपछि त्यहाँ आएर संविधान जारी गरेका थिए। नेम्वाङ भन्थे, ‘त्यो दिन राष्ट्रपतिले नै ४५ मिनेटपछि आउने खबर गर्नुभएको थियो, तर यो कुरा मलाई मात्र थाहा थियो, त्यसैले अरू आत्तिएका थिए। असोज ३ गतेलाई अझै बढाऔं समय अझै लम्बाऊँ भनिरहेका थिए। तर, त्यो दिन संविधान जारी नभएको भए, संविधान जारी हुने थिएन होला।’ ‘संविधानसभाबाट संविधान बनाउने र संविधान बन्न नदिनेबीच तानातानको अवस्था थियो। त्यो अगाडि बढ्दै गयो, दुई वर्षको म्याद थियो, तर थप्दैथप्दै चार वर्ष बनायौं। तर, चार वर्षमा पनि बनेन,’ नेम्वाङ भन्ने गर्थे। उनी भन्थे, ‘२०७२ असोज ३ गते संविधान घोषणा नहुँदासम्म निरन्तर शंका थियो।’

संसद र संसदीय समितिमा पत्रकार पदेन सदस्य हुन् भन्ने नेम्वाङले २०५६ मा सार्वजनिक लेखा समितिको बैठकमा पत्रकारलाई प्रवेश दिने पहिलो समिति बनाउने व्यक्तिसमेत हुन्। उनले त्यो चरित्र सभामुख हुँदा र संविधानसभाको अध्यक्ष हुँदासमेत देखिएको थियो। पत्रकारलाई एक घण्टाको समय तोकेर दैनिक भेटघाट गर्ने उनले गर्थे। संविधान निर्माणमा एक ढिक्का भएर लाग्नुपर्ने उनले सार्वजनिक रूपमा धेरैपटक बताउँदै आएका थिए। पहिलो संविधानसभामा ‘एक ढिक्का’ भन्ने थेगो उनले प्रयोग गरे। पत्रकारसँगको कुराकानीमा उनले अनौपचारिक कुराकानी बढी गर्थे, जसबाट घटनालाई थप अनुसन्धान गर्न सजिलो पथ्र्याे। प्रधानमन्त्रीसँगको भेट, राष्ट्रपतिसँगको भेट, शीर्ष नेतासँगको भेटमा भएका कुरा पत्रकारसमक्ष बताउने गरेका नेम्वाङ सबै मिडियामा उत्तिकै प्रिय थिए। जतिबेला पनि टेलिफोन उठाएर पत्रकारलाई खबर बताउने नेम्वाङ एमालेको संसदीय दलको उपनेता हुँदा पनि भन्ने गर्थे, ‘मेरो कार्यकक्षमा माननीय र पत्रकारलाई नसोधी प्रवेश गर्न अनुमति छ।’  
अर्को समाचार
सरकारको प्राथमिकतामा सङ्क्रमणकालीन न्याय
१३ जेष्ठ २०८०
•
८ मिनेट पाठ
सरकारको प्राथमिकतामा सङ्क्रमणकालीन न्याय
सरकारले सङ्क्रमणकालीन न्यायनिरुपण गर्ने विषयलाई प्राथमिकता दिएको छ। त्यसका लागि सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गरिसकेको छ।




उक्त विधेयक कानुन तथा मानवअधिकार समितिमा दफावार छलफलमा छ। समितिले त्यसको विशेष अध्ययन गर्न उपसमितिसमेत गठन गरिसकेको छ। सङ्क्रमणकालीन न्यायसम्बन्धी  विधेयकमा एक सय ८६ वटा संशोधन परेको छ। समितिको प्रारम्भिक छलफलका क्रममा नेपाली कांग्रेसका सभापति एवं समितिका सदस्य शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्यायको विषय छिट्टै निष्कर्षमा पुर्‍याउनुपर्ने बताए।

‘सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो चाँडो निष्कर्षमा पुयाउनुपर्छ’, उनले भने, ‘समितिबाट पनि प्राथमिकताका साथ अघि बढाउनुपर्छ।’

पूर्वसभामुख तथा समितिका सदस्य सुवास नेम्वाङले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न धेरै ढिलाइ गर्न नहुने बताए। उनले भने, ‘विस्तृत शान्ति सम्झौता भएको लामो समय भयो, अन्तर्राष्ट्रिय जगतले पनि हेरिरहेको छ, यो राष्ट्रको इज्जतको विषय हो, जतिसक्दो छिटो निष्कर्षमा पुर्याउनुपर्छ।’

सरकारले सङ्क्रमणकालीन न्यायनिरुपण गर्ने विषयलाई प्राथमिकता दिएको छ। त्यसका लागि सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गरिसकेको छ।
उक्त विधेयकमा निःशस्त्र व्यक्तिको हत्या, यौनजन्य हिंसा लगायतलाई मानवअधिकार उल्लंघनको सूचीमा राख्न प्रस्ताव गरिएको छ। यसअघि यस्ता कसुरलाई गम्भीर मानव अधिकार उल्लङ्घनको सूचीमा राखिएको थियो। मूल ऐनको दफा २ (ञ) संशोधन प्रस्ताव गर्दै हत्या, यौनजन्य हिंसा, शारीरिक तथा मानसिक यातना, अपहरण तथा शरीर बन्धक, गैरकानुनी थुना, कुटपिट गर्ने, अंगभंग बनाउने वा अपाङ्ग बनाउने, सार्वजनिक सम्पत्ति लुटपाट, तोडफोड लगायतलाई मानवअधिकार उल्लङ्घनको सूचीमा राखिएको छ।

प्रस्तावित विधेयकले क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, जबर्जस्ती करणी, जबर्जस्ती व्यक्ति बेपत्ता पार्ने कार्य, अमानवीय वा क्रूरतापूर्वक दिएको यातनालाई मानव अधिकारको गम्भीर उल्लङ्घनको सूचीमा राखेको छ। यस्ता घटनामा माफी दिन नमिल्ने उल्लेख समेत विधेयकमा छ।

विधेयकमा निःशस्त्र व्यक्तिको हत्या, यौनजन्य हिंसा लगायतलाई मानवअधिकार उल्लङ्घनको सूचीमा राख्न प्रस्ताव गरिएको छ। द्वन्द्वकालीन मुद्दा हेर्न विशेष अदालतको प्रस्ताव गरिएको छ।

विशेष अदालतमा उच्च अदालतका तीन जना न्यायाधीश रहने संरचनागत प्रस्ताव गरिएको छ। विशेष अदालतको फैसलाको पुनरावेदन सर्वोच्चको विशेष इजलासमा लाग्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

महान्यायाधिवक्ता डा दीनमणि पोखरेलका अनुसार सरकारले सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो छिटो टुंग्याउन चाहेको छ। ‘संशोधन विधेयक संसद्मा दर्ता भएर समितिमा आएर पनि उपसमितिमा छलफलका क्रममा छ’, उनले भने, ‘यही सदनबाट पास हुने गरी काम भइरहेको छ।’

विधेयकमा निःशस्त्र व्यक्तिको हत्या, यौनजन्य हिंसा लगायतलाई मानवअधिकार उल्लङ्घनको सूचीमा राख्न प्रस्ताव गरिएको छ। द्वन्द्वकालीन मुद्दा हेर्न विशेष अदालतको प्रस्ताव गरिएको छ।
उक्त विधेयकमा मुद्दा चलाउन आयोगले अब सोझै महान्यायाधिवक्ता कार्यालयलाई लेखी पठाउने व्यवस्था विधेयकमा प्रस्तावित गरिएको छ। मुद्दा चलाउने हदम्यादको अवधि एक वर्ष तोकिएको छ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३३ तथा विस्तृत शान्ति सम्झौताको दफा ५.२.५. समेतको उद्देश्य र भावनालाई आत्मसात् गर्दै सशस्त्र द्वन्द्वका क्रममा मानवअधिकारको गम्भीर उल्लङ्घन, मानवताविरूद्धको अपराध र त्यस्तो घटनामा संलग्न व्यक्तिबारे सत्य अन्वेषण गर्ने उल्लेख थियो।

वास्तविक तथ्य जनसमक्ष ल्याई समाजमा मेलमिलापको वातावरण निर्माण गर्ने, पीडितलाई परिपूरणको व्यवस्था गर्ने र गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीका लागि सिफारिस गर्ने उद्देश्यसहित दुई आयोगको ऐन, २०७१ जारी भएको थियो।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोग उजुरी संकलन गर्ने काम भए पनि गत साउन १ गतेदेखि आयोग पदाधिकारीविहीन अवस्थामा छ। द्वन्द्वपीडित न्यायको प्रतीक्षामा अहिले पनि बसिरहेका छन् तर न्यायको अनुभूति गर्नसक्ने गरी काम अझै हुन सकेको छैन। पदाधिकारीविहीन हुँदा द्वन्द्वका घटनामा परेका उजुरीको अन्वेषण गर्ने काम पनि रोकिएको छ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोग उजुरी संकलन गर्ने काम भए पनि गत साउन १ गतेदेखि आयोग पदाधिकारीविहीन अवस्थामा छ।
द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीलाई सङ्क्रमणकालीन न्याय धेरै ढिला भइसकेको हुनाले सरकारले छिटो काम अघि बढाउनुपर्छ भन्ने लागेको छ। ‘सङ्क्रमणकालीन न्यायका लागि गठन गरिएको दुवै आयोगमा सक्षम र स्वतन्त्र व्यक्ति सिफारिस गर्नुपर्छ’, उनले भने, ‘पीडित धेरै नै पीडामा भएकाले सरकारले यसलाई विशेष प्राथमिकता दिएर अघि बढाउनुपर्छ।’

सरकारले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम दुई वर्षभित्र पूरा गर्ने सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा पनि उल्लेख गरेको छ। द्वन्द्वपीडितलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूरणको व्यवस्था गर्ने बताइएको छ।

‘शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम दुई वर्षभित्र पूरा गर्नेछ’, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘द्वन्द्वपीडितलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूरणको व्यवस्था गरिनेछ।’

सरकारले आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिलाई उपचार, रोजगारी, स्वरोजगारका अवसर र पुनःस्थापनसम्बन्धी कार्य गर्ने उल्लेख छ।

दुई वर्षभित्र पूरा गर्नका लागि गठन गरिएको दुई आयोगको समय थप गर्दागर्दा लामो समय बितिसक्दा पनि आयोग पदाधिकारीविहीन बनेको छ। दुवै आयोगले सङ्कलन गरेका उजुरी बेवारिसे अवस्थामा रहेका छन्।

सरकारले आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिलाई उपचार, रोजगारी, स्वरोजगारका अवसर र पुनःस्थापनसम्बन्धी कार्य गर्ने उल्लेख छ।
नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १६ वर्ष पूरा भएको छ। तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन्।

विसं २०५२ फागुन १ देखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो।

शान्ति सम्झौतापछि देशमा राजनीतिक परिवर्तन भयो। हतियार व्यवस्थापन तथा तत्कालीन माओवादीका लडाकु व्यवस्थापन जस्ता महत्वपूर्ण काम पूरा भयो तर यतिका वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय र पीडकले सजाय पाएका छैनन्।

दुई वर्षभित्र पूरा गर्नका लागि गठन गरिएको दुई आयोगको समय थप गर्दागर्दा लामो समय बितिसक्दा पनि आयोग पदाधिकारीविहीन बनेको छ। दुवै आयोगले सङ्कलन गरेका उजुरी बेवारिसे अवस्थामा रहेका छन्।
न्यायको माग गर्दागर्दै यतिका वर्ष बितिसकेको छ। द्वन्द्वपीडितको त्यति ठूलो माग पनि छैन। बेपत्ता व्यक्तिको सत्यतथ्य सार्वजनिक गरियोस्। घाइतेलाई उपचारको व्यवस्था होस्। त्यसपछि जीविकाका लागि रोजगार र पढ्नेका लागि शिक्षा भए पुग्छ।

विस्तृत शान्ति सम्झौतामा के थियो?

नेपालमा भएको १० वर्षे सशस्त्र द्वन्द्वपछि भएको विस्तृत शान्ति सम्झौताको बुँदा नम्बर ५, २ र ३ मा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको तथा युद्धका समयमा मारिएकाको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई बुझाउने उल्लेख छ।

विस्तृत शान्ति सम्झौतामा आफ्ना कब्जामा रहेका मानिसका बारेमा जानकारी सार्वजनिक गरी १५ दिनभित्र सबैलाई मुक्त गर्न दुवै पक्ष मञ्जुर गर्दछन् भनिएको छ।

शान्ति सम्झौता अनुरूप नै दुवै पक्ष सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्न मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्यले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको २०७१ साल माघ २७ गते गठन गर्‍यो। सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे आठ वर्षपछि यी दुई आयोग बने।

विस्तृत शान्ति सम्झौतामा आफ्ना कब्जामा रहेका मानिसका बारेमा जानकारी सार्वजनिक गरी १५ दिनभित्र सबैलाई मुक्त गर्न दुवै पक्ष मञ्जुर गर्दछन् भनिएको छ।
नेपालको संविधान अनुसार दुई वर्षभित्र सम्पूर्ण काम सक्ने भनेर गठन गरिएका यी दुई आयोगमा पहिलो पदाधिकारीले चार वर्षसम्म पनि काम पूरा गर्न नसकेपछि ती पदाधिकारीलाई बिदाई गरेर नयाँ पदाधिकारी ल्याएर पनि काम हुन नसकेपछि अहिले आयोग पदाधिकारीविहीन अवस्थामा छन्।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा हालसम्म ६३ हजार ७१८ उजुरी दर्ता भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तीन हजार दुई सय ४३ उजुरीमध्ये दुई सय ३७ उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको छ। त्यसमध्ये एक सय ३१ उजुरी दोहोरो परेको देखिएकाले लगतकट्टा गरिएको छ।

साथै दुई सय ८९ उजुरीमा सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारेका भन्नेु नै आधार प्रमाण नदेखिएकाले तामेलीमा राखेको छ। आयोगले दुई हजार चार सय ९६ उजुरीमा विस्तृत छानविन गरिरहेको छ। उजुरीका आधारमा दुई हजार पाँच  सय १३ व्यक्ति बेपत्ता पारिएको भनी आयोगको तथ्याङ्कमा उल्लेख छ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगमा हालसम्म ६३ हजार ७१८ उजुरी दर्ता भएको छ।
सांसद एवं द्वन्द्वपीडित मैना कार्कीलाई पनि सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउनुपर्छ भन्ने लागेको छ। ‘सरकारले चाहेको अवस्थामा यो जटिल पनि होइन’, उनले भने, ‘राज्यका तर्फबाट र दल मिलेर इमान्दार प्रयास गर्ने हो भने यो सफल हुन्छ, पीडितले न्याय पाउछन्।’

विस्तृत शान्ति सम्झौता भएको १६ वर्ष पूरा हुँदा पनि पीडितले अनुभूति हुनेगरी न्याय पाउन सकेका छैनन्। वर्तमान सरकारले प्राथमिकताका साथ यसलाई राखेर निष्कर्षमा पुर्‍याउने तयारी गरिरहेको छ। राजनीतिक दल र सरकारले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुयाउन ठोस कदम चाल्नुपर्ने जरुरी देखिन्छ। रासस
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस