दाहालले बोलाए ओली बोलेनन्
२५ भदौ २०८०
•
३ मिनेट पाठ
दाहालले बोलाए ओली बोलेनन्
प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकीहरूसँग सन्तुलित सम्बन्ध राख्न सुझाव दिइएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सिधै उत्तरी छिमेकी मुलुक चीन जाने प्रधानमन्त्री दाहालको तयारी छ।




असोज ५ गतेदेखि चीन भ्रमणमा जाने तयारीमा रहेका दाहालले सोही सन्दर्भमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता तथा पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका थिए।
सोही क्रममा सहभागी दलका नेताहरूले चीन र भारत दुवै देश नेपालका असल छिमेकी भएको बताउँदै सन्तुलित सम्बन्ध राख्न सुझाएका हुन्। चीन भ्रमणमा रहँदा संघीय संसद्बाट सर्वसम्मतिले पारित गरेको नेपालको चुच्चे नक्साबारे पनि कुरा उठाउन प्रधानमन्त्री दाहाललाई सहभागी नेताहरूले सुझाव दिए ।

बैठकमा सहभागी नेताहरूले मुलुकको आर्थिक विकाससहितका विषयमा प्रधानमन्त्री दाहाललाई व्यक्तिगत र पार्टीगत सुझाव दिएका थिए। तर संसद्कै दोस्रो ठुलो एवं प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले भने प्रधानमन्त्री दाहालको चीन भ्रमण र संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताबारे कुनै धारणा राखेनन्।

अन्य दलका नेताभन्दा ओली १० मिनेट ढिला गरी छलफलस्थलमा पुगेका थिए। ओली पुगेपछि बैठक सुरु भए पनि उनले केही बोलेनन्। केही समय बैठकमा सहभागी ओली केही नबोलीकनै बाहिरिएको बताइएको छ। बैठकमा सहभागी एक नेताले भने, ‘१० मिनेटजति ढिला आइपुग्नुभएको थियो, एकछिन बस्नुभयो अनि केही नबोली हिँड्नुभयो।’

बैठकमा सहभागी एमाले नेतासमेत रहेका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने चीन नेपालसँग सशंकित रहेको धारणा राखेका थिए। प्रधानमन्त्रीले आगामी भ्रमणका क्रममा चीनलाई आश्वस्त बनाउनुपर्ने तर्क गरेका थिए।
बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पनि दुई देशका विषयमा केही बोलेनन्। उनले प्रधानमन्त्री दाहाललाई भ्रमणको शुभकामना मात्र दिए।

चीन–नेपालको सम्बन्धन सदियौंदेखि रहेको जनाउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले छिमेकी मुलुकहरूले गरेको विकासबाट लाभ उठाउन सक्नुपर्ने धारणा राखेका थिए। नेपाल कुनै पनि देशको पक्ष वा विपक्षमा उभिन नहुने र नउभिने धारणा राख्दै देउवाले सन्तुलित सम्बन्ध निर्माणमा प्रधानमन्त्रीले ध्यान दिनुपर्ने सहभागीहरूले बताए।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले पनि चीनसँगको नेपालको सम्बन्धन कमजोर बनेको धारणा राखेका थिए। पुरानो सम्बन्धलाई निरन्तरता दिनेगरी प्रधानमन्त्रीले भ्रमणका क्रममा चीनको आशंका हटाउन लाग्नुपर्ने तर्क गरे।
वर्ल्ड बैंकको ‘लोन’ लिएर भए पनि मुलुकको विकास गर्नुपर्नेमा जोड दिँदै तामाङले क्रस बोर्डर विद्युत् लाइनसहितका विषय उठाएका थिए। गरिबी निवारणको सवालमा चीनले हासिल गरेको सफलताबाट लाभ लिनुपर्ने धारणा राख्दै सहभागी जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपालको आर्थिक विकास हुनेगरी विषय उठान गर्न सुझाए।

२०६५ मा पहिलोपटक प्रधानमन्त्री भएपछि औपचारिक विदेश भ्रमण चीनबाटै सुरु गरेका प्रधानमन्त्री दाहाल यसपालि भने प्रधानमन्त्री बनेको आठ महिनापछि मात्र चीनको यात्रामा निस्कने तयारीमा छन्। त्यसक्रममा चीन र नेपालका बिचमा विभिन्न चरणमा द्विपक्षीय समझदारी तथा सम्झौताहरू भएका छन् तर कार्यान्वयनमा गइसकेका छैनन्। २०७६ सालमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका बेला २० बुँदे सम्झौता भएको थियो।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
३५ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस