नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसिसी नेपालको हितमा नरहेको बताएका छन्। उनले एमसिसीले देशलाई युक्रेन बनाउने बताए।
समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै उनले अमेरिकाले अनुदानका नाममा नेपालमाथि हस्तक्षेप गर्न थालेको बताए।
उनले धर्म र गैससका नाममा गाउँ गाउँ पुगेर कम्युनिस्टहरूलाई सिध्याउने खेल भइरहेको बताउँदै सरकार, सदन र सडकबाट लड्ने बेला आएको बताए। उनले दाहाल नेतृत्वको सरकारले सुशासनका क्षेत्रमा महत्त्वपूर्ण कामहरू गरिरहेको बताउँदै यसलाई आफ्नो पार्टीले पूर्ण समर्थन गरिरहेको बताए।
‘टाउकोदेखि पुछारसम्म, सिंहदरबारदेखि वडासम्म भ्रष्टाचार छ,’ उनले भने, ‘यसका विरुद्ध सरकारले महत्त्वपूर्ण भूमिका खेलेको छ, हामी त्यसलाई समर्थन गर्छौँ।’ उनले पछिल्लो समय कम्युनिस्ट कार्यकर्ताहरू भ्रष्टाचारमा लिप्त भएको बताए।

‘५० अर्बको अनुदान नेपालीलाई आवश्यक छैन,’ उनले भने, ‘यसले देशलाई नै ध्वस्त बनाउँछ।’उनले एमसिसीविरूद्व आफूहरू सडकमा आइसकेको बताउँदै यसलाई कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने बताए।
उनले धर्म र गैससका नाममा गाउँ गाउँ पुगेर कम्युनिस्टहरूलाई सिध्याउने खेल भइरहेको बताउँदै सरकार, सदन र सडकबाट लड्ने बेला आएको बताए। उनले दाहाल नेतृत्वको सरकारले सुशासनका क्षेत्रमा महत्त्वपूर्ण कामहरू गरिरहेको बताउँदै यसलाई आफ्नो पार्टीले पूर्ण समर्थन गरिरहेको बताए।
‘टाउकोदेखि पुछारसम्म, सिंहदरबारदेखि वडासम्म भ्रष्टाचार छ,’ उनले भने, ‘यसका विरुद्ध सरकारले महत्त्वपूर्ण भूमिका खेलेको छ, हामी त्यसलाई समर्थन गर्छौँ।’ उनले पछिल्लो समय कम्युनिस्ट कार्यकर्ताहरू भ्रष्टाचारमा लिप्त भएको बताए।
‘नक्कली बाख्राको खोर देखाएर अनुदान लिने कम्युनिस्टहरू हाम्रा वरिपरि छन्,’ उनले प्रधानमन्त्री दाहाललाई भने, ‘तपाई सरकारको मोर्चाबाट लड्नुहोस्, हामी चोकबाट साथ दिन्छौँ।’उनले मानव तस्करी पनि बढिरहेको बताउँदै त्यस्ता तस्करहरूलाई ढाड भाँच्नु आवश्यक रहेको बताए।