सरकार कर्मचारीलाई भन्छ, ‘सार्वजनिक जग्गा छ, बनाऊ घर, उठाऊ भाडा र गर राजनीति’
०८ भदौ २०८०
•
५ मिनेट पाठ
सरकार कर्मचारीलाई भन्छ, ‘सार्वजनिक जग्गा छ, बनाऊ घर, उठाऊ भाडा र  गर राजनीति’
सरकारले प्रमुख चार दलनिकट कर्मचारी संघ–संगठनलाई सिंहदरबारनजिकै अति महत्त्वपूर्ण र व्यस्त स्थानमा एकएक रोपनी जग्गा उपलब्ध गराएको छ।




त्यस जग्गामा नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठन तथा मधेस केन्द्रित दलनिकट नेपाल मधेसी निजामती कर्मचारी मञ्चले साढे ४ तलासम्मको भवन बनाएका छन्।

ती संगठनले कार्यालयको भवन भाडामा लगाएर महिनामै लाख रूपैयाँभन्दा बढी उठाउने गरेका छन्। तिनै संगठन सरकारलाई एक रूपैयाँ पनि राजस्व बुझाउँदैनन्।

झलनाथ खनाल प्रधानमन्त्री भएका बेला तत्कालीन मन्त्रिपरिषद्ले २०६८ असार १ गते एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन तथा तराई मधेसकेन्द्रित दलनिकट नेपाल मधेसी निजामती कर्मचारी मञ्चलाई एकएक रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो भने २०७१ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला तत्कालीन मन्त्रिपरिषद्ले नेकपा माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनलाई सिंहदरबारनजिकै ७ आना १ पैसा जग्गा उपलब्ध गराएको थियो।

मन्त्रिपरिषद्ले जग्गा उपलब्ध गराउने निर्णय गर्दा मिति तोकिएको थिएन। माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि राउलका अनुसार कर्मचारी संघ–संगठनको अस्तित्व रहेसम्म भोगाधिकार कायम रहने गरी सरकारले जग्गा उपलब्ध गराएको हो। ‘कर्मचारी संघ–संगठन अस्तित्वमा नभएपछि मात्र जग्गा स्वतः सरकारको हुनेछ,’ उनले भने।

सरकारले प्रमुख चार दलनिकट कर्मचारी संघ–संगठनलाई सिंहदरबारनजिकै अति महत्त्वपूर्ण र व्यस्त स्थानमा एकएक रोपनी जग्गा उपलब्ध गराएको छ।

एमाले र माओवादी केन्द्रनिकट कर्मचारी संगठलाई सिंहदरबारअगाडि र नेपाली कांग्रेस तथा मधेस केन्द्रित दलनिकट कर्मचारी मञ्चलाई बबरमहलमा भोगाधिकारका लागि जग्गा उपलब्ध गराइएको हो। एमाले र माओवादी केन्द्रनिकट कर्मचारी संगठनले कार्यालय भवन भाडामा दिएका छन्।

मधेसी कर्मचारी मञ्चले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई भवन भाडामा लगाएको छ। अहिले मञ्चको चार तला लोसपाले प्रयोग गरिरहेको छ भने बाँकी आधा तलामा मञ्चले आफ्नो कार्यालय राखेको छ। केही दिनअघि मात्र मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले लोसपालाई पार्टी कार्यालय तत्काल खाली गर्न उर्दी जारी गरेका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) २०७४ मै उक्त भवनमा सरेको थियो। राजपा खारेजी भयो र लोसपा बन्यो।

लोसपा पनि त्यही भवनमा बस्यो। तत्कालीन राजपालाई भाडामा लगाउन सहमति गर्दा त्यतिबेला मधेसी कर्मचारी मञ्चका अध्यक्ष विनोद सिंह थिए। स्रोत भन्छ, ‘त्यसबेला सिंहलाई समानुपातिकतर्फ प्रदेश सभामा मनोनीत गर्ने र त्यसबापत मधेसी कर्मचारी मञ्चले राजपालाई निःशुल्क भाडामा दिने सहमति मौखिक रूपमा गरिएको थियो। पछि राजपाले सिंहलाई प्रदेशसभा सदस्य बनाएन। त्यसपछि सिंहलगायत मधेसी कर्मचारी मञ्चका पदाधिकारीले पार्टी कार्यालय तोडफोड गरेका थिए। उनीहरूले पार्टी कार्यालयको साइनबोर्डसमेत फालेका थिए।

एमाले र माओवादी केन्द्रनिकट कर्मचारी संगठलाई सिंहदरबारअगाडि र नेपाली कांग्रेस तथा मधेस केन्द्रित दलनिकट कर्मचारी मञ्चलाई बबरमहलमा भोगाधिकारका लागि जग्गा उपलब्ध गराइएको हो। एमाले र माओवादी केन्द्रनिकट कर्मचारी संगठनले कार्यालय भवन भाडामा दिएका छन्।

माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष राउलले कार्यालयको पहिलो तलामा महिनाको ४५ हजार रूपैयाँको दरले भाडामा लगाएको स्वीकार गरे। खुला प्रतिस्पर्धाबाट भाडामा लगाएको उनले बताए।

यसैगरी एमालेनिकट कर्मचारी संगठनले महिनामा १ लाखभन्दा बढी रूपैयाँमा भवनको दुई तला भाडामा लगाएको छ। मन्त्रिपरिषद्ले कर्मचारी संघ–संगठनलाई भोगाधिकारमा जग्गा उपलब्ध गराउने निर्णय गर्ने बेला एमालेनिकट कर्मचारी संगठनका अध्यक्ष रहेका भोला पोखरेलले सरकारले उपलब्ध गराएको जग्गामा भाडामा लगाउन नमिल्ने बताए।

‘त्यतिबेला कर्मचारी संघ–संगठनलाई जग्गा उपलब्ध गराउन निर्णय गर्दा मैले ठूलो भूमिका निभाएको थिएँ। सरकारले उपलब्ध गराएको जग्ग्गामा संघ–संगठनको कार्यालय राख्ने तथा कार्यालय प्रयोजनका लागि मात्र प्रयोग गर्ने विषय थियो,’ पोखरेलले भने, ‘तर अहिले कर्मचारी संगठनहरूले कार्यालयको भवन भाडामा दिएका छन्, त्यसो गर्न मिल्दै मिल्दैन।’

प्रशासन विज्ञहरू भने कर्मचारी संघ–संगठनलाई सरकारले यसरी जग्गा उपलब्ध गराउनै नहुने बताउँछन्।

२०७४ सालमा सरकारले भोगाधिकारमा दिइएका सबै जग्गा लिजमा रूपान्तरण गर्न सार्वजनिक रूपमा आह्वान गर्‍यो। त्यतिबेला यी संगठनहरूले भोगाधिकारलाई लिजमा परिणत गरे पनि एक रूपैयाँ रकम बुझाउँदैनन्। राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष राउलले भने सरकारसँग जग्गा नवीकरण गर्दा नवीकरण शुल्क बुझाउने गरेको बताए।

कर्मचारी नेता सधैं आकर्षक कार्यालयमा कर्मचारी संघ–संगठनका पदाधिकारी काठमाडौबाहिर कहिल्यै जानुपर्दैन। उनीहरूलाई फाइदै फाइदा छ। कर्मचारी नेताहरूको सरुवा काठमाडौंबाहिर हुँदैन। उनीहरूलाई सधैं काठमाडौं बस्ने सुविधा छ। काठमाडौंमा बसे पनि उनीहरू रोजेको र आकर्षक कार्यालयमा बस्ने गर्छन्। यहाँसम्म कि सरकारले गर्ने सरुवामा समेत उनीहरूले कोटा लिने गर्छन्। आफ्नो व्यक्तिगत कामले काठमाडौंबाहिर गए भने पनि उनीहरूले काज सुविधा पाउँछन्। कर्मचारी संगठनको कामले काठमाडौं बाहिर गए पनि उनीहरूले सरकारी काजसरह सुविधा पाउँछन्।

२०७४ सालमा सरकारले भोगाधिकारमा दिइएका सबै जग्गा लिजमा रूपान्तरण गर्न सार्वजनिक रूपमा आह्वान गर्‍यो। त्यतिबेला यी संगठनहरूले भोगाधिकारलाई लिजमा परिणत गरे पनि एक रूपैयाँ रकम बुझाउँदैनन्।

राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष राउलले निजामती सेवा ऐन २०४९ मै राष्ट्रिय स्तरका टे«ड युनियनका पदाधिकारीलाई आफ्नो अनुकूल कार्यालयमा सरुवा मिलाउने व्यवस्था भएकाले आफूहरू काठमाडौंमा बस्ने गरेको बताए। ऐनको दफा ५३ मा भनिएको छ, ‘राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनका पदाधिकारीबाट आफ्नो कार्यक्षेत्रअनुकूल स्थानमा सरुवाको माग भए अख्तियारवालाले सो अनुकूल हुनेगरी सरुवा गर्ने व्यवस्था मिलाउनुपर्नेछ।’ यता कर्मचारी नेताहरूलाई यस्तो सुविधा दिन आवश्यक नभएको प्रशासन विज्ञहरू तर्क गर्छन्।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस