‘गौर हत्याकाण्ड’ ले सम्बन्ध चिसिएपछि प्रधानमन्त्रीको बैठकमा जादैनन् यादव
०३ भदौ २०८०
•
४ मिनेट पाठ
‘गौर हत्याकाण्ड’ ले सम्बन्ध चिसिएपछि प्रधानमन्त्रीको बैठकमा जादैनन् यादव
सरकारले ‘गौर हत्याकाण्ड’ ब्युँझाउने मनसायले उक्त घटनाका पीडितहरूसँग सहमति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबिचको सम्बन्धमा चिसिएको छ।  




गौर हत्याकाण्ड ब्युँझाउने विषयमा गृह मन्त्रालयले पीडित भन्दै आन्दोलनमा उत्रिएकाहरूसँग सहमति गरेपछि सरकारसँग जसपा अध्यक्ष यादव झस्किएका हुन। र, सरकारको नेतृत्वमा रहेका दाहालले बोलाएका बैठकहरू बहिष्कार गरिरहेका छन्।  

त्यसमा पनि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीको भागमा परेको संघीय मामिला मन्त्रालयबाट माओवादी केन्द्रका नेता अमनलाल मोदीलाई राजीनामा गर्न लगाई उनको ठाउँमा जनमत पार्टीलाई जिम्मेवारी दिएर सरकारमा सहभागी गराएपछि यादव झनै चिढिएका छन्। सरकारमा जनमत पार्टीको प्रवेशलाई यादवले पटक्कै मन पराएका छैनन्।

२०७२ भदौ ७ गतेको टीकापुर घटना र २०६३ चैत ७ गतेको गौर घटनाको प्रकृति मिल्दोजुल्दो छ। टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरी करिब ६ वर्ष जेलमा बसे। तत्कालीन मधेसी जनअधिकार फोरमका नेताहरूले गौर काण्ड पूर्णतः राजनीतिक घटना भएको र यस घटना सिर्जना हुनुमा तत्कालीन माओवादी केन्द्रका स्थानीय नेता जिम्मेवार भएको बताउँदै आएका छन्।

साउन ३१ गते प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले काठमाडौँमै भएर पनि सहभागिता जनाएनन्। जसपाका तर्फबाट प्रवक्ता मनीष सुमन र अर्का नेता राजेन्द्र श्रेष्ठलाई बैठकमा सहभागी गराइएको थियो।

त्यसैको दुई दिनअघि साउन २९ गते प्रधानमन्त्री दाहालले नै बोलाएको सर्वदलीय बैठकमा पनि यादव सहभागी भएनन्। सो बैठकमा उनले प्रवक्ता सुमनलाई पठाए।

तर त्यति बेला भने उनी जसपाको बारा जिल्ला कार्यसमितिको आन्तरिक बैठकमा सहभागी हुन त्यतै गएका थिए। जबकि त्यो बैठकमा केन्द्रीय अध्यक्षको उपस्थिति आवश्यक थिएन। सर्वदलीय बैठक छल्न यादव बारा पुगेको जसपाकै केही नेताले अनुमान छ।

प्रवक्ता सुमनले भने यादवको बचाउ गर्दै भने, ‘साउन २९ गते अध्यक्षज्यू बारा जानुभएकाले सर्वदलीय बैठकमा सहभागी हुन सक्नुभएन। साउन ३१ गते भने काठमाडौँमै भए पनि उहाँ निकै व्यस्त हुनुहुन्थ्यो।’

यो एउटा उदाहरण मात्रै हो, पछिल्लो समय दाहाल–यादव सम्बन्ध ‘दरार’को स्थितिमा पुगेको जसपाकै नेताहरूले स्विकारेका छन्। ‘प्रधानमन्त्री र पार्टी अध्यक्षज्यूबिच सम्बन्ध त राम्रै थियो तर अहिले त्यो सम्बन्धमा ग्रहण लगाउने प्रयास भइरहेको छ,’ प्रवक्ता सुमनले भने, ‘पछिल्लो समय सरकारको व्यवहार हेर्दा शङ्का गर्ने ठाउँ धेरै छन्।’

सरकारले ‘पीडित’सँग गौर हत्याकाण्ड ब्युँताउने सहमति गरेपछि यादव झस्किएका छन्। प्रधानमन्त्री दाहालले जसपाको विकल्पमा जनमतलाई अगाडि सारेकाले पनि यादव असन्तुष्ट छन् ।

जसपाका एक नेताले गौर काण्ड ब्युँताउने सहमति गर्नु प्रधानमन्त्री दाहालको कुटिल चाल भएको तर्क गरे। ‘यसो गरेर प्रधानमन्त्री दाहालले जसपाभित्र खेल्न खोजेको देखिन्छ, ताकि जसपासँग पार्टी एकीकरण गर्न सकियोस्, त्यसो गर्न नसकिए पनि माओवादी केन्द्रको लाइनबाट जसपा बाहिर नजाओस्,’ उनले भने।

उनले भने, ‘कतै सरकारले विवेक गुमाउँछ कि भन्ने डर हामीलाई छ। त्यसो भयो भने ठुलो दुर्भाग्य हुनेछ। त्यसकारण अध्यक्षज्यू यतिबेला निकै सचेत हुनुहुन्छ।’

गौर काण्डको विषयमा प्रस्टीकरण गर्न जसपाले साउनमा गरेको पत्रकार सम्मेलनमा यादव उपस्थिति भएका थिएनन्। जबकि गौर हत्याकाण्डमा पार्टीभन्दा व्यक्तिगत रूपमा उपेन्द्र यादवविरुद्ध अदालतमा उजुरी परेको छ।

गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतबिचको सम्बन्धमा दरार आएको छ। सप्तरी २ बाट राउतले यादवलाई हराएका थिए। गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा पनि यादवलाई हराउन राउतले हर सम्भव प्रयत्न गरेका थिए। यादवलाई सत्तारूढ सबै दलहरूले सहयोग गरे पनि राउत भने विरुद्धमा उभिए, जबकि राउतको पार्टी जनमत सत्तारूढकै घटकका रूपमा थियो। एउटै मोर्चामा बसेर पनि राउतले यादवलाई सहयोग गरेनन्। त्यसकारण अहिले यादव र राउतबिच पनि ‘पानी बाराबार’को अवस्था छ।  

प्रधानमन्त्री दाहालले अहिले जसपाको विकल्पमा जनमत पार्टीलाई अगाडि सारेका छन्। जसपाका एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूले बिग्रेको सम्बन्ध सुधारको प्रयास गर्नुहुनेछ भन्ने विश्वास गरेका थियौँ तर उल्टै हाम्रो विकल्पमा जनमतलाई अगाडि सार्नुभयो, जुन हामीले कल्पनै गरेका थिएनौँ।’

यादवनिकट स्रोतका अनुसार सोही विषयलाई लिएर केही समयअघि गरिएको भेटमा प्रधानमन्त्री दाहालले यादवको चासो र चिन्ताप्रति खासै वास्ता गरेनन्, बरु हल्का रूपमा प्रस्तुत भए। स्रोत भन्छ, ‘त्यसपछि अध्यक्षज्यू झनै निराश हुनुभएको हो।’ जसपाका नेताहरूको बुझाइ छ, गौर काण्ड ब्युँताउन खोज्नु भनेको जसपालाई तर्साउने, बार्गेनिङ गर्ने र गठबन्धन टिकाइरहने माओवादी केन्द्रको नयाँ चाल हो। त्यसकारण अहिले यादव सरकारसँग सशङ्कित बनेका हुन्। त्यसो त सरकारले गौर हत्याकाण्ड ब्युँताउने सहमति गरेपछि यादवले  

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका साथै अन्य विभिन्न दलका शीर्ष नेतालाई पनि भेटिसकेका छन्। तर यादवको चासोप्रति प्रधानमन्त्री दाहाल नै विमुख हुँदा परिस्थिति जटिल बनेको बुझाइ जसपामा छ।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस