उच्चस्तरीय समिति गठन गर्न सरकारलाई बाध्य पार्ने रणनीतिमा एमाले
१८ साउन २०८०
•
३ मिनेट पाठ
उच्चस्तरीय समिति गठन गर्न सरकारलाई बाध्य पार्ने रणनीतिमा एमाले
एक क्विन्टल सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग राखेर प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले १० गतेदेखि संसद् अवरुद्ध गर्दा पनि सरकारले समिति गठन गर्न मानेन।




बिहीबार (आज) मात्र सरकारकी प्रवक्त रेखा शर्माले मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा  ‘उच्चस्तरीय छानबिन समितिको आवश्यकता छैन’ भनिन्। र, उनले उक्त प्रकरण राजश्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले समिति आवश्यक नभएको जिकिर प्रस्तुत पनि गरिन्।

बिहीबार सरकारको धारणा आफ्नो माग अनुकुल नआएपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) माग पुरा गराउन अझ सशक्त ढंगले अघि बढ्ने भएको छ। एमालेले आफूले राखेको मागबाट पछि नहटने संकेत दिएको छ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी सरकारलाई समिति गठनका लागि कुनैपनि हालतमा बाध्य पार्ने बताउँछन्। ‘हामी उच्चस्तरीय समिति बनाउन सरकारलाई बाध्य पार्छौ’, उनले नागरिकन्यूजसँग भने।

सचेतक गिरीले संसदमा उच्च स्तरीय समिति गठनको बिषयलाई अझ सशक्त र बलियो गरी उठाउने जानकारी दिए। ‘आन्दोलन नै गर्नुपरे पनि हामीहरु तयारी अवस्थामा छौं’, उनले भने। सचेतक गिरीले सुन तस्करीमा प्रकरणमा सरकार आफै जोडिएकाले उच्च समिति गठन गर्न असहमत भएको आरोप पनि लगाए।  ‘उच्चस्तरीय समिति बनाउँदा सरकारका सबै कुरा पर्दाफास हुने भएकाले नमानेको हो’, उनले भने।  

गिरी भन्छन्, ‘सुन तस्करी प्रकरणमा सरकार आफ्नै संलग्न छ। त्यसैले समिति बनाउन मान्दैन्। त्यो हामीलाई थाहाँ छ। तर हामी उच्च स्तरीय छानबिन समिति बनाउन सरकारलाई बाध्य पार्छौं।’

उनका अनुसार सुन तस्करी प्रकरण राजस्व विभागले मात्र हेरेर सबै पक्षलाई अनुसन्धानको दायरामा ल्याउन सक्ने अवस्था नभएको र सीआइबीले मात्र पनि अनुसन्धान गर्न सक्दैन।

‘त्यसैले राजस्व विभाग र सीआइबीको अनुसन्धालाई हेर्ने, नीतिगत रुपमा सुझाव दिंदै आगामी दिनमा तस्करी नियन्त्रण गर्ने सहितको प्रतिवेदन तयार पर्नका लागि उच्च स्तरीय अनुसन्धान समिति बनाउनुपर्छ’, गिरीले भने।

त्यस्तै एमालेका सचेतक महेश बर्तौला पनि यो प्रकरणमा सरकार आफै संलग्न भएकाले समिति बनाउन डराइरहेको तर्क गर्छन्।

यता सरकारकी प्रवक्ता शर्मा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मातहतमा रहेको राजश्व विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नभएको तर्क गर्छिन्।

उनले बिहीबारको पत्रकार सम्मेलनमा वर्तमान सरकार अनियमिता, भ्रष्टाचार, बेथिती, तस्करी नियन्त्रणका दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै राजश्व विभागले गरेको अनुसन्धानमा आशङ्का नगर्न आग्रह पनि गरिन्।

‘अहिले विभागबाट प्रभावकारी छानबिन भइरहेको छ। सरकार यस घटनाको ‘रुट कज’मा पुग्न लागिरहेको छ। सो विषयमा उच्चस्तरीय छानबिनको आवश्यकता सरकारले देखेको छैन’, विगतमा पनि सुन तस्करीको अनुसन्धान गर्न समिति गठन नबनेको दृष्टान्त प्रस्तुत गर्दै मन्त्री शर्माले भनिन्।

उनले विभागले गरिरहेको अनुन्धानलाई निष्कर्षमा पुग्न दिन आग्रह पनि गरिन्। विभागले गरेको छानबिनमा विश्वास गर्न आग्रह गर्दै यदि छानबिनमा गडबढ हुने थियो भने सुन पक्राउ नै नपर्ने उनले बताइन।

प्रतिनिधिसभा १० गतेदेखि अवरुद्ध

प्रतिनिधिसभाको बैठक साउन १० गतेदेखि अवरुद्ध हुँदै आइरहेको छ। १० गतेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले उच्चस्तरीय समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेको हो। 

बैठकको आकस्मिक समय चलिरहेको बेला पार्टीका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारलाई रुलिङको माग गरेका थिए। एमालेका सांसदहरू ‘सुन तस्करीलाई कारबाही गर’ लगायत नारा लगाउँदै ‘रोष्टम’ घेर्न पुगेका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाईएको जानकारी गराउँदै प्रतिनिधिसभाको अर्को बैठक साउन १५ गते दिउँसो १ बजेका लागि बोलाए ।

समिति गठनको माग सरकारबाट सुनवाई नभएपछि साउन १५ गते बोलाएको बैठक पनि बस्न सकेन्। शीर्ष नेताहरूको पटक–पटकको वार्तापछि पनि संसद् सुचारु हुन सकेन। १५ गते पनि एमालेले सोही अडान राखेपछि बैठक स्थगित भएको थियो।

प्रतिनिधिसभाको बैठक साउन १६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको संसद् सचिवालयले जानकारी दिएको थियो। साउन १६ गते मंगलबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि त्यही माग पुरा नभएका कारण बस्न सकेन्। मंगलबार सूचना टाँस गर्दै प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित गरिएको थियो।
अर्को समाचार
जनतामा आशा जगाउने काम मात्र गर्छौं:मन्त्री गिरी
२६ चैत्र २०८०
•
१ मिनेट पाठ
जनतामा आशा जगाउने काम मात्र गर्छौं:मन्त्री गिरी
सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताएका छन्।  




प्रेस चौतारी कास्कीद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले भने,‘केही वर्षयता सरकार र राजनीतिक पार्टीप्रति जनतामा पैदा भएको निराशालाई मेटेर सरकार र दलहरुप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने छौँ।’ सङ्कटमा आएको सरकार भएकाले जनातामा आशा जगाउने काम गरेरै छाड्ने उनको भनाइ थियो।  

देशको अर्थतन्त्र धराशायी, विकास निर्माणको काम सुस्त, सुशासन प्राप्त गर्न नसक्नु, निर्माणधीन काम अलपत्र र व्यवसायी सङ्कटमा परेको वर्तमान अवस्थामा यसलाई कसरी सुधार गरेर अगाडि बढ्ने भन्ने बारेमा सरकार चिन्तित रहेको मन्त्री गिरीले बताए। उनले भने, ‘देशको अर्थतन्त्रलाई चलायमान र जनतामा समृद्धि ल्याउन सरकार सक्रिय भएर लाग्छ।’

सङ्घीय सरकारद्वारा अधिकांश कानुन बनाउन बाँकी रहेको अवस्थामा संसदीय समितिलाई सक्रिय बनाउँदै छिटोभन्दा छिटो सङ्घीयता र नेपाली जनतालाई अनुकूल हुने ऐन कानुन ल्याउने मन्त्री गिरी बताउछन्। ऐन कानुन निर्माण गर्दा नेपाली जनताका सुझाव पनि सङ्कलन गरिने र उपयुक्त सुझावलाई समेट्ने जानकारी पनि उनले दिए।  

वर्तमान समयमा सहकारी संस्थामा देखापरेको बचतकर्ताको पैसा अपचलनका बारेमा संसद्मा नेपाली कांग्रेसका सांसदहरुले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको उल्लेख गर्दै मन्त्री गिरीले सहकारीका दोषीलाई कारबाही गर्न राज्यका निकायलाई छाड्नुपर्ने बताए। ‘संसदीय छानबिन समिति सहकारीको हिसाब किताब मिलाउन हिँड्ने हैन, त्यो अधिकार राज्यका अन्य निकायलाई छाडौँ’,उनले भने, ‘सहकारीका दोषीलाई कारबाही गरी सम्पूर्ण बचतकर्ताको रकम जस्ताको तस्तै उनीहरुलाई फिर्ता दिनुपर्छ।’-रासस
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस