कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले संघीयताको आगमनले कर्णालीमा विकासले गति लिएको बताए। नागरिकले अपेक्षित अनुसार विकास नभए पनि विगतलाई फर्केर हेर्दा तुलनात्मक रुपमा विकासले गति लिएको दाबी गरे।
शुक्रबार कर्णाली प्राविधिक शिक्षालयको वार्षिक उत्सवमा सहभागी हुन विहिबार जुम्ला पुगेका मन्त्री सिंहले प्रेस यूनियन जुम्लाले गरेको पत्रकार भेटघाटको अवसरमा यस्तो बताएका हुन्। उनले कर्णाली प्रदेशमा सम्वृद्वि छाउनका लागि पूर्वाधार विकास,रोजगारी सृजना र गरिबी अन्त्य पहिलो प्रथामिकताका परेको बताए। मन्त्री सिंहले भने संघियता कार्यान्वयनपछि हाम्रो प्रदेशमा विकासको जग बसेको बताए।
'शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन,खानेपानी,सिँचाई,पूर्वाधार,सडक जस्ता विकासमा जग बसेको छ,अझै दिगो विकासका लागि प्रदेश सरकार लागि परेको छ,' उनले भने, 'गरिबी, बेरोजगारी र भौगोलिक विकटता कर्णालीबासीका चुनौती हुन्। अहिलेको बजेटले बेरोजगारी अन्त्य,उत्पादनमा वृद्धि,गरिबी अन्त्यलाई जोड दिएको छ।'
अहिले पनि कर्णालीका ७९ वटा स्थानीयतह मध्ये १० स्थानीयतहमा सडक पुगेको उनले दाबी गरे। दुर्गम गाउँगाउँमा सडक पुर्याउने,पर्यटन,कृषि,जल,जमिन,जडिबुटि संग यूवालाई जोडेर वर्षमा दश हजार यूवालाई रोजगारी दिन डेढ अर्ब लागतको कर्णाली सम्वृद्विको आयोजना संचालन गरिने समेत अर्थमन्त्री सिंहले जानकारी दिए।