यसवर्ष उदयपुरका सबै स्थानीयतहहरुले समयमै आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पेश गरेर छलफल अघि बढाएका छन्।
आर्थिक प्रशासन ऐन तथा स्थानीय सरकार सञ्चालन ऐन् अनुसार आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट असार १० गतेभित्र पेश गरिसक्नुपर्ने प्रावधानलाई पछ्याउँदै आईतबारसम्ममा जिल्लाका ८ वटै स्थानीयतहहरुले आ आफ्नो नीति तथा कार्यक्रम र बजेट पेश गरेका हुन्।
जिल्लाको बेलका नगरपालिकाले भने ३ दिनअघि अर्थात असार ८ गते नै नीति कार्यक्रम र बजेट पेश गरेर छलफल गरिरहेको छ। त्यस्तै लिमचुङबुङ र उदयपुरगढी गाउँपालिकाले नीति तथा कार्यक्रम पनि शनिबार नै पेश गरेका थिए भने बजेट चाहि आईतबार प्रस्तुत गरेर छलफलको क्रम चलिरहेको। बाँकी स्थानीयतहहरु सदरमुकाम त्रियुगा नगरपालिका, चौदण्डीगढी र कटारी नगरपालिका तथा ताप्ली र रौतामाई गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट शनिबार पेश भएको छ।
त्रियुगा नगरपालिकाले आइतबार ‘११ औँ नगरसभा’मार्फत आगामी आर्थिकवर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ। नगरप्रमुख बसन्तकुमार बस्नेतले ‘त्रियुगा नगरपालिकाको गति, समावेशी विकास, सुशासन र समृद्धि’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उपमेयर महेश्वरी राईले १ अर्ब ४७ करोड ३४ लाख ९ हजारको अनुमानित आयव्यय प्रस्तुत गरेकी छिन्। प्रस्तुत नीति तथा कार्यक्रम बनाउँदा नेपालको संविधान ०७२, सरकारको १५ औँ पञ्चवर्षीय योजना र स्थानीय सरकार सञ्चालन ऐन ०७४ ले मापन गरेका सरकारको नीति तथा कार्यक्रम, दीगो विकास लक्ष्य, संघ र प्रदेशको बजेट वक्तव्यलाई आधार मानिएको मेयर बस्नेतले बताए।
नगरबासीको संम्मानयुक्त जीवनयापन, असल शासन, परदर्शिता र जवाफदेहीता, सरल, सहज, छिटो र प्रभावकारी सेवा प्रवाह, नीतिगत र संस्थागत क्षमता विकास, स्रोत साधनको समुचित व्यवस्थापन, सामाजिक रुपान्तरण, समन्वय, सहकार्य र साझेदारी, तथ्य र तथ्यांकमा आधारित नीति कार्यक्रम र बजेट निर्माण गरिएको मेयर बस्नेतले दावी गरे। बस्नेतले आगामी वर्षको नीति तथा कार्यक्रममा व्यवसायिक कृषि तथा पशुपन्छी पालनमा जोड दिन ‘व्यवसायिक कृषि, किसानको समृद्धि’ भन्ने नारा तय गरेर अघि बढ्ने बताएका छन्। कृषि तथा पशुपालनमा युवा आकर्षण बढाउन पुराना फारमको मर्मत सुधार तथा नयाँ फारम बनाउन नगरपालिकाले लगानीमा साझेदारी गर्ने नीति लिएको बताए।
आर्थिक विकासमा सहकारीको भूमि अहम् हुने भन्दै सहकारी संस्थाहरुको क्षमता विकासका लागि वित्तीय साक्षरता, सहकारी शिक्षाको तालिम दिने, सहकारीको पुँजीलाई कृषि, गैरकृषि, लघुउद्यम विकासमा लगानी गर्न प्रोत्साहन गरिने उनको योजना छ। उद्यम मार्फत रोजगारी र आयआर्जन बढाउने नीति लिएर ‘सीप सिकौँ उ्रद्यमी बनौँः घरघरमा रोजगार बनौँ’ भन्ने नाराका साथ उद्यम व्यवसायका प्रोत्साहन गर्ने नीति लिइएको छ। ‘मौलिक कला र संस्कृतिः आन्तरिक पर्यटनमा समृद्धि’ भन्ने नारा लिदै नगरपालिकाले पर्यटन विकासको लक्ष्य अघि सारको छ। त्रियुगा नगरभित्र पर्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक स्थलहरुको खोज अनुसन्धान र प्रबद्र्धनमा जोड दिने नीति तथा कार्यक्रममा समेटिएको छ। स्वास्थ्य, खानेपानी तथा सरसफाई, लैँङ्गिक समानता, सुशासन, पारदर्शिता, भाषा, कला, साहित्य र संस्कृति प्रवद्र्धनमा जोड दिइएको बताए।
सडक, पुल, सिंचाई, भवन तथा सहरी विकास, वन वातावरण तथा विपत व्यवस्थापन, फोहोर व्यवस्थापन, जैविक विबिधतामा आधारित गतिबिधि गर्दै नगरलाई सूचना तथा सञ्चार प्रविधिमैत्री सुशासनको थलो बनाउने पनि मेयर बस्नेतको नीति तथा कार्यक्रममा उल्लेख छ। वडातर्फ ‘एक वडाः एक विशिष्ट उत्पादन’ भन्ने नाराका साथ घरेलु उद्यमको विकास गरी औद्योगिक मेला, प्रदर्शनीमार्पmत उत्पादित बस्तुहरुको बजारीकरण र प्रचारप्रसार गर्ने नीति कार्यक्रममा जनाइएको छ। स्वास्थ्यतर्फ त्रियुगामा मेडिकल कलेज स्थापनाका लागि आवश्यक जमिन र प्रशासनिक व्यवस्थाकीय काम अघि बढाउने कुरालाई नगरसभाले नीति कार्यक्रमबाटै औपचारिकता दिएको छ। अभरमा नगर, जनतासँग मेयर कार्यक्रम, जनतासँग उपमेयर कार्यक्रमलगायत कुराहरुलाई पनि समेटिएको नीति कार्यक्रममा हिंसामा परेका बालबालिका र लैंगिक विभेदमा परी बेसहारा बनेका महिलाहरुका लागि हेल्लो उपमेयर काईक्रम सञ्चालन गरी तत्काल उद्धार र सुरक्षित गर्ने नीति लिइएको छ।
बस्नेतको नीति कार्यक्रम प्रस्तुतिपछि उपमेयर राईले प्रस्तुत गरेको प्रक्षेपित १ अर्ब ४७ करोड ३४ लाख ९ हजारको प्रक्षेपित वार्षिक आयव्ययमा आम्दानीतर्फ संघीय सरकार, प्रदेश र नगरपालिकाको आन्तरिक स्रोतलाई मानिएको छ। जसमा वित्तीय समानीकरण अनुदान २० करोड १८ लाख, सशर्त अनुदान चालुतर्फ ५१ करोड ३१ लाख तथा पुँजीगततर्फ २७ करोड ४६ लाख र समपुरक अनुदान १ कारोड ८० लाख गरी १ अर्ब २ करोड ५ लाख आयको प्रक्षेपण गरेकी छिन्। त्यस्तै प्रदेशतर्फ समानीकरण ३ करोड ९६ लाख २ हजार, सशर्त १ करोड ४७ लाख २० हजार, समपुरक १ करोड २५ लाख ८० हजार गरी ५ करोड ८२ लाख ६२ हजार आमदानीको अनुमान उनको छ।
त्रियुगाले आगामी वर्ष १६ वडा प्रत्येकलाई ७० लाख बजेट दिएको छ। चालुवर्ष १ करोड २५ लाखका दरले वडाहरुलाई दामासाही बजेट दिएको त्रियुगाले स्रोतको कमी देखाउँदै आगामी वर्ष ७० लाखमा झारेको हो। विभिन्न ५ वटा विषयगत समितिलाई क्षेत्रगत महत्वका आधारमा फरक फरक परिमाणमा ५ करोड ४३ लाख विनियोजन गरिएको छ। जस अनुसार आर्थिक विकास समितिलाई १ करोड विनियोजन गर्दा सामाजिक विकासतर्फ शिक्षा, युवा तथा खेलकुद, टोल विकास संस्थालगायतमा २ करोड ३० लाख छुट्याइएको छ। पूर्वाधार विकासतर्फ २ करोड छुट्याइदा वन, वातावरण, बिपत र फोहोर मैलातर्फ ५ लाख र संस्थागत क्षमता विकास समितिलाई ८ लाख छुट्याएको छ।
जनतासँग मेयर कार्यक्रमलाई ७५ लाख र जनतासँग उपमेयर कार्यक्रम ५० लाख र अभरमा नगर कार्यक्रम २५ लाख विनियोजन गरिएको उपमेयर राले प्रस्तुत गरेको प्रस्तावित आयव्यय पुस्तिकामा उल्लेख छ।
नगरसभाले चालु वर्षको दाँजोमा ठूलो आकारको बजेट प्रस्तुत गर्दा आमदानीतर्फ भने विश्वासिलो आधार लिएको पाइदैन। चालुवर्ष १ अर्ब ३४ करोड ३० लाख ६७ हजार ४ सय ४० रुपैँयाको बजेट प्रस्तुत गरेको नगरपालिकाले आगामी वर्षका लागि ३४ लाख ९ हजार अर्थात १३ करोड ३ लाख ४१ हजार ५ सय ६० रुपैँया बढीको आयव्यय प्रस्ताव गरेको छ। जसको मुख्य आमदानीको स्रोत उपमेयर राईले आन्तरिक स्रोत र संघ तथा प्रदेशबाट प्राप्त हुने राजश्व बाँडफाँडलाई मानेकी छिन्। चालुवर्ष १२ करोड ८५ लाख आन्तरिक स्रोतबाट आमदानी हुने अनुमान गरिएको गत वैशाखसम्म ६०.५६ प्रतिशत अर्थात ७ करोड ७८ लाख २१ हजार ५ सय १५ रुपैँया मात्र प्राप्त भएको छ। यस्तो अवस्थामा आगामी वर्ष आन्तरिक स्रोत २० करोड ३० लाख आमदानी हुने अनुमान उपमेयर राईले गरेकी छिन्।
त्यस्तै संघ र प्रदेशबाट आउने राजश्व बाँडफाँडवापत गतवर्ष १९ करोड ५५ लाख ८५ हजार अनुमान गर्दा गत वैशाखसम्म ४६.२७ प्रतिशत अर्थात ९ करोड ४ लाख ९२ हजार ८ सय ३५ रुपैँया मात्र आमदानी भईरहेका बेला आगामी वर्षको बजेटमा १९ करोड १६ लाख ४७ हजार आमदानीको अनुमान गरिएको छ। आन्तरिक स्रोत तथा संघ र प्रदेशबाट आमदानी बढ्ने अपेक्षा गर्नुको मुख्य कारण उपमेयर राईले विज्ञहरुको सुझाव र राजश्वको दायरा फराकिलो बनाइएकोलाई मानेकी छिन्। विगत वर्षहरुमा अर्थतन्त्र खस्केको तथा राजश्वको दायरा संकुचित भएको भए पनि आगामी वर्ष दायरा फराकिलो बन्नुका साथै अर्थतन्त्र सुदृद्ध हुँदै गएकाले राजश्व संकलन पनि बढ्ने अपेक्षाका साथ आमदानी बढ्ने प्रक्षेपण गरिएको तर्क बजेटमा गरिएको छ।