कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारीले उच्च अदालत विराटनगरका न्यायाधीशले खुस खाएर स्टेअडर जारी गरेको आरोप लगाएका छन्।
उनले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले दिएको मुद्दामा पैसा खाएर स्टेअडर गरेको आरोप लगाएका हुन्।
आइतबार विराटनगरको शिक्षा दीप कलेजको एक कार्यक्रममा मन्त्री राज भण्डारीले सरकारको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको विषयलाई लिएर न्यायाधीशमाथि गम्भीर आरोप लगाएका हुन्।
झापाको दमकमा गत वैशाख १४ देखि १६ गतेसम्म आयोजना भएको प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेशको नाम नलेखेका कारण देखाएर प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई २ पटक स्पष्टीकरण सोधिएको थियो।
चित्त बुझ्दो जवाफ नदिएको भन्दै वाग्लेलाई गत ज्येष्ठ ३ गते बसेको कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो।
वाग्लेले मन्त्रिपरिषद्को निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरे। ज्येष्ठ ५ गते न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
ज्येष्ठ २२ गते दुवै पक्षसँगको छलफलपछि न्यायाधीश कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएसँगै वाग्ले पुनः बोर्ड फर्किएका हुन्। अदालतले गरेको उक्त निर्णयलाई लिएर प्रदेशका सामाजिक मन्त्री भने सार्वजनिक स्थलमा न्यायाधीशविरुद्ध बोलेका थिए।
दमकमा बोर्डका सदस्यसचिवले प्रदेशकै नाम कोशी मेटेर प्रतियोगिता आयोजना गरेपछि स्पष्टीकरण सोधिएको र उनले चित्तबुझ्दो जवाफ सरकारले नदिएपछि पदबाट हटाएको मन्त्री राज भण्डारीले बताए।

पदबाट हटाएपछि वाग्ले सरकारको निर्णयविरुद्ध उच्च अदालत गएको बताउँदै, मन्त्री राज भण्डारीले भने, ‘हिजो त्यही अदालतमा दिएको त्यही पदका सदस्यसचिवको पदको मुद्दा अहिलेसम्म हेर्न नमिल्ने र नसक्ने अदालतका न्यायाधीश आज त्यही पदका सदस्यसचिवले दिएको मुद्दामा ‘स्टेअडर’ गर्न भ्याउँछ। स्टेअडर गर्न तयार छ।’ त्यो किन भने मेरो ठाडो भाषामा भन्न छु, बदनियत गरेकै हो न्यायाधीशले। त्यो न्यायाधीश फटाहा हो। त्यो न्यायाधीश जनताको नाममा कलंक रहेको बताउँदै, मन्त्री राज भण्डारीले भने, ‘जसको कोशी प्रदेश नलेख्ने एउटा सदस्यसचिवलाई सरकारले कारबाही गर्दा पैसा लिएर स्टेअडर गर्ने न्यायाधीश फटाहा रहेको उद्घोष गर्छु। म जेल जान पनि तयार छु आपत्तिको कुरो भएन।’प्रदेश खेलकुद बोर्डको अघिल्ला सदस्यसचिव कृष्ण बस्नेतको मुद्दा अहिलेसम्म हेर्न नहुने, फैसला गर्न नमिल्ने न्यायाधीश र न्यायाधीशका न्याय मूर्तिहरू।त्यही प्रकृतिको मुद्दामा अघिल्लो नभ्याउने न्यायाधीशले हालका सदस्यसचिव हंशराज वाग्लेको त्यही मुद्दामा हेर्ने र स्टेअडर गर्ने भनेको यो देश पैसाले बिग्रिएको हो, भ्रष्टाचारले बिग्रिएको बताउँदै, मन्त्री राज भण्डारीले भने, ‘त्यसो भएको हुनाले नेताले पनि भ्रष्टाचार गर्न पाइँन्न, कर्मचारीले पनि भ्रष्टाचार गर्न पाइँन्न, न्यायाधीशले पनि भ्रष्टाचार गर्न पाइँन्न।’