प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो अनुसन्धान प्रतिवेदन
०८ जेष्ठ २०८०
•
२ मिनेट पाठ
प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो अनुसन्धान प्रतिवेदन
प्रहरीले नक्कली भूटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ।




सोमवार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो।

जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता अच्युतमणि नेउपानेले काठमाडौं जिल्ला प्रहरी कार्यालयबाट प्रतिवेदन प्राप्त भएको बताए। उनले अब प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनको विश्लेषण, प्रमाणका आधारमा अध्ययन गरिने उल्लेख गरे।

उनले सरकारी वकिल कार्यालयमा प्राप्त भएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार गर्ने पनि बताए। जिल्ला सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदन अध्ययन सकेर बुधवारसम्म जिल्ला अदालतमा अभियोग पत्र दायर गरिसक्ने उनको भनाइ थियो। सरकारी वकिल कार्यालयले क–कसलाई के-के मुद्दा लगाउने भन्ने विषयमा अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मात्रै अन्तिम निर्णय गर्ने उनले बताए।

उनले भने, ‘नक्कली भूटानी शरणार्थी प्रकरण प्रहरीले अनुसन्धान सकेर मुद्दा हामीसँग आएको छ। प्रहरी अनुसन्धानमा के देखियो, आधार प्रमाणहरु के हुन्। को–को बिरुद्ध मुद्दा चल्ने वा नचल्ने अवस्था हो। कस्तो अपराध हो। कति कसुर वा विगोको माग दाबी कति हो भन्ने पछिका कुरा हुन्। हामी शुरुवातमा मुद्दाको अनुसन्धानको मिसिङ छ। यो विश्लेषण गर्छौं। आधार प्रमाणहरु हेर्छौं। यो आधारमा हामी निर्णय गर्छौं। हामीले भर्खरै प्रतिवेदन प्राप्त गरेका छौं। अदालतमा मुद्दा लाने समय १० गतेसम्म रहेकाले त्यही समयमा प्रतिवेदन हेरेर लैजान्छौं। पक्राउ परेकाहरुलाई ठगि र संगठित अपराध र राज्य बिरुद्धको अपराधको मुद्दा लाग्ने सम्भावना रहेको छ।’

नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निस्कर्ष प्रहरीले निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

नेउपानेका अनुसार पक्राउ पर्नेहरुलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते) र राज्य बिरुद्धको अपराधमा समेत मुद्दा चलाउनसक्ने बताए।
अर्को समाचार
अनुसन्धान प्रतिवेदन भन्छ, ‘गृह मन्त्रालयमै बिचौलियासँग खाणको बैठक’
०९ जेष्ठ २०८०
•
१ मिनेट पाठ
अनुसन्धान प्रतिवेदन भन्छ, ‘गृह मन्त्रालयमै बिचौलियासँग खाणको बैठक’
प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान प्रतिवेदनमा बालकृष्ण खाण २०७८ पुस २९ मा गृहमन्त्री भएपछि बिचौलियासँग बैठक गरेको उल्लेख छ। 




२०७९ पुस ११ सम्म गृहको नेतृत्वमा रहेका खाणसँग भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्ने गिरोहले मन्त्रालयमै भेटेर बैठक गरेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार पूर्वउपप्रधानमन्त्री रायमाझीपछि पूर्वगृहमन्त्री खाणलाई गिरोहले दोस्रो चरणमा जोडेर बैठक गरेको सो प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवेदनमा पहिलो चरणको प्रक्रियामा रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, छोरा प्रतीक थापा र एमाले सचिव (हाल निलम्बन) टोपबहादुर रायमाझीमार्फत नै काम भइरहेको तर सरकार परिवर्तन भएपछि उनीहरूबाट काम लिन नसकेपछि खाणसँग बैठक गरेर कार्यदलको प्रतिवेदन कार्यान्वयनमा गर्ने निर्णय गराएका थिए। 
शरणार्थीका नाममा ठगीधन्दा चलाउने मुख्य योजनाकारमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, मोरङ घर भएका केशव दुलाल र ललितपुर घर भएका सानु भण्डारी हुन् भन्ने स्पष्ट उल्लेख गरिएको स्रोतले जनाएको छ। 

भण्डारी नेपाल स्याटेलाइट कम्पनीमा काम गरिरहेका बेला रायमाझी पनि सानुको घरनजिकै बस्ने भएकाले मामा नाता लगाउँदै योजना बनाएको पनि सो प्रतिवेदनमा उल्लेख छ। रायमाझीले नै दुलाल र भण्डारीलाई राईसँग चिनजान गराएर काम अघि बढाउन भनेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।  

यो प्रकरणको अनुसन्धान र छानबिन गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन आइतबार साँझ मात्र सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। 
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस