पूर्वगृहमन्त्री र सचिवबीच पोल खोलाखोल
०४ जेष्ठ २०८०
•
७ मिनेट पाठ
पूर्वगृहमन्त्री र सचिवबीच पोल खोलाखोल
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा सहभागी भएको भनी आरोप लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले सबै विषय कर्मचारीले तयार गर्ने भएकाले त्यस्तो प्रक्रियामा मन्त्रीको सहभागिता नरहेको भन्दै पन्छिएका छन्।




सरकारी वकिलका साथमा मंगलबार करिब ११ घन्टा बयानमा बसेका पूर्वगृहमन्त्री खाणले नेपाली नागरिकलाई भुटानी बनाउने प्रतिवेदन नयाँ बनाएको वा पैसा लिएको भनी आफूमाथि लागेका आरोपलाई पुरै अस्वीकार गर्दै गृह मन्त्रालयमा रहेका प्रतिवेदनहरूको संरक्षण गर्ने दायित्व र जिम्मेवारी सरकारी कर्मचारीकै भएको बताएका थिए।

उनले सचिवस्तरबाट निर्णय भई आएका फाइल सदर गरेको र आफू कर्मचारीमाथि पूर्ण रूपमा विश्वस्त बनेको दाबी गरेको स्रोतको दाबी छ।

‘उहाँले हाम्रा प्रश्नको उत्तर दिँदा सचिवतिर देखाउनुभएको छ। खासगरी उहाँले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्नुभएको छ,’ स्रोतले भन्यो। अनुसन्धान अन्तिम अवस्थामा आइपुग्दा सो प्रकरणको मुद्दा बुझाउने चटारोमा रहेको प्रहरीले सोमबार र मंगलबार पूर्वगृहमन्त्री खाणसँग सरकारी वकिलसँगको रोहवरमा बयान लिएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीमाथि नीतिगत भ्रष्टाचार गरेको र अनधिकृत रूपमा आर्थिक लाभ लिएको आरोप लागेको छ। तर यी दुवैमा उनले अस्वीकार गरेको स्रोतले जनाएको छ।

सरकारी वकिलका साथमा मंगलबार करिब ११ घन्टा बयानमा बसेका पूर्वगृहमन्त्री खाणले नेपाली नागरिकलाई भुटानी बनाउने प्रतिवेदन नयाँ बनाएको वा पैसा लिएको भनी आफूमाथि लागेका आरोपलाई पुरै अस्वीकार गर्दै गृह मन्त्रालयमा रहेका प्रतिवेदनहरूको संरक्षण गर्ने दायित्व र जिम्मेवारी सरकारी कर्मचारीकै भएको बताएका थिए।
खाण सरकारमा रहेका बेलाको मन्त्रिपरिषद्ले २०७८ पुस ३० गते पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी समस्याकोे स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो। ‘यो विषयमा खाणले मन्त्रीस्तरीय निर्णयअनुसार सचिवले नै तयार पारेका आधारमा कर्मचारीले सबै काम गरेको बताएका छन्,’ स्रोतले भन्यो।

प्रहरी स्रोतका अनुसार तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले गिरोहका सदस्य ललितपुरका सानु भण्डारी, सन्देश शर्मा र मोरङका केशव दुलालबाट आर्थिक लाभ लिएर गृहमा रहेको मूल प्रतिवेदन उनीहरूलाई दिएका थिए। गिरोहका सदस्यहरूले आफूअनुकूल तोडमरोड गरी नक्कली शरणार्थीको नाम थपेको प्रतिवेदन मन्त्रालयमा राख्न लगाएका थिए। पन्थीले बुझाएको प्रतिवेदनमा दर्तामा आएका भुटानी शरणार्थीलाई ‘स्मार्ट भुटनिज रिफ्युजी आइडेन्टी कार्ड’ उपलब्ध गराएर वैज्ञानिक अभिलेखन गर्न सुझाइए पनि उनीहरूले कार्ड नै बाँडिसकेका थिए। त्यसमा पनि खाणको संलग्नता रहेको आरोप थियो। सो विषयमा पनि प्रहरीले प्रश्न गर्दा उनले आफूलाई जानकारी नभएको दाबी गरेका थिए।

खाणसँगै मन्त्रालयमा काम गरेका सचिव पाण्डेले मन्त्रीकै निर्देशनमा सबै काम गरेको बताएका थिए। प्रहरीले सचिव पाण्डेको मोबाइलमा मेटिएका समाग्री ‘रिकभर’ गरेर ल्याएपछि मात्रै पाण्डेले खाणकै निर्देशनमा आफूले सबै काम गरेको स्वीकार गरेका थिए।

प्रहरी स्रोतका अनुसार तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले गिरोहका सदस्य ललितपुरका सानु भण्डारी, सन्देश शर्मा र मोरङका केशव दुलालबाट आर्थिक लाभ लिएर गृहमा रहेको मूल प्रतिवेदन उनीहरूलाई दिएका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको विविध प्रमाण जुटाएपछि मात्रै प्रहरीले अदालतको पक्राउ पुर्जीबिना नै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ उपदफा (६) तथा अदालत व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी आफैंले जारी गर्न पाउने ‘जरुरी पक्राउ पुर्जी’का आधारमा मैजुबहालस्थित निवासबाटै खाणलाई पक्राउ गरेको थियो।

सचिव पाण्डेले आफू पक्राउ हुनुअघि मोबाइल फम्र्याट गरे पनि प्रहरीले त्यसमा रहेका ‘डाटा रिकभर’ गरेको थियो। डाटा रिकभरका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उनको मोबाइल पठाइएको थियो।

रिकभर भएर आएको मोबाइलमा प्रहरीले खाण र पाण्डेबीच आर्थिक लेनदेनको हिसाब पनि फेला पारेपछि सचिव पाण्डेले बयानमा खाणकै निर्देशनमा सबै काम भएको र यसको जिम्मेवारी आफूले मात्रै नलिने बताएपछि प्रहरीले खाणलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। ‘दुवै जनाबीच आर्थिक हिसाबकिताब भएको प्रमाण फेला पारेपछि उहाँ (पाण्डे) ले पूर्वगृहमन्त्रीकै निर्देशनमा आफूले सबै काम गरेको हो भनेर बयान दिनुभएको छ, उहाँले कर्मचारी यसमा एक्लै संलग्न हुन नसक्ने बताउनुभयो,’ अनुसन्धानमा संलग्न रहेका एक अधिकारीले भने।

पाण्डेको बयानपछि प्रहरीले त्यसलाई पुष्टि गर्न तत्कालीन शान्तिसुरक्षा महाशाखामा रहेका सहसचिव फणीन्द्रमणि पोखरेल र उपसचिव सागरमणि पाठकसँग पनि बयान लिएको थियो। साथै स्थानीय प्रशासन शाखाका अधिकृत यान्तोस प्रधानलाई पनि बयान लिएको थियो। प्रधानमातहत रहेको सो प्रतिवेदन कसरी बाहिर गयो भन्नेबारे प्रहरीले बयान लिएको थियो। प्रधानले सचिवले प्रतिवेदन मागेको र त्यसअनुसार सचिवको सचिवालयमा पठाएको बताएका थिए। तर सचिव पाण्डेले यो प्रश्नमा पनि मन्त्रीकै आदेशमा गरेको बताएर आफू चोखिन खोजेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताए।

सचिव पाण्डेले आफू पक्राउ हुनुअघि मोबाइल फम्र्याट गरे पनि प्रहरीले त्यसमा रहेका ‘डाटा रिकभर’ गरेको थियो। डाटा रिकभरका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उनको मोबाइल पठाइएको थियो।
प्रहरी अनुसन्धानका क्रममा पाण्डेको मोबाइलमा खाणले गिरोहबाट लिएको रकम र त्यसबाट खाणसँग भएको लेनदेनलगायत अन्य विवरण पनि फेला परेका थिए। ती सबै प्रमाणलाई प्रहरीले अनुसन्धान प्रतिवेदनमा समेट्ने तयारी गरेको छ।

सरकारी वकिलको कार्यालयले चाँडै अनुसन्धान सिध्याउन निर्देशन दिए पनि अन्तिम समयमा हाई प्रोफाइल व्यक्तिहरू पक्राउ परेपछि केही दिन अनुसन्धानसमेत लम्बिएको छ। पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति पनि दिएको छ।

बुधबार अदालतले सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित सबै १४ जनाविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सरकारी वकिलको कार्यालयले चाँडै अनुसन्धान सिध्याउन निर्देशन दिए पनि अन्तिम समयमा हाई प्रोफाइल व्यक्तिहरू पक्राउ परेपछि केही दिन अनुसन्धानसमेत लम्बिएको छ।
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो। तर अनुसन्धान नसकिएपछि प्रहरीले थप समय मागेको थियो। प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई संगठित अपराधमा समय लिएर अनुसन्धान गरिरहेको छ।

अहिलेसम्म प्रहरीले १४ जना पक्राउ गरेको छ। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले चैत ११ गते पहिलोपटक तीनजनालाई पक्राउ गरेको थियो। संगठित अपराधका मुद्दामा प्रहरीले हिरासतमा राखेर ६० दिनसम्म अनुसन्धान गर्न पाउँछ। सो अवधिमा प्रहरीले सरकारी वकिल कार्यालय हुँदै अदालतमा मुद्दा पु¥याउनुपर्छ।

पक्राउ पर्नेमा सुरुमा ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशवप्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ थिए। त्यसको तीन दिनपछि मोरङ पथरी घर भएका ४४ वर्षीय सागर राई, दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा चैत २९ गते पक्राउ परेका थिए। वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि भने सो घटनाले निकै चर्चा पाएको थियो। राई पक्राउ परेको भोलिपल्ट वैशाख २० गते नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए।

अहिलेसम्म प्रहरीले १४ जना पक्राउ गरेको छ। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले चैत ११ गते पहिलोपटक तीनजनालाई पक्राउ गरेको थियो।
एमाले सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनको छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भयो। त्यसपछि वैशाख २० गते साँझ बुटवलबाट टोपबहादुरका छोरा सन्दीप पक्राउ परे। छोरा समातिएको खबर पाएका रायमाझी भने फरार रहे।

वैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परे। वैशाख २७ गते बिहान काठमाडौंको मैजुबहालबाट पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परे। खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि सोही दिन पक्राउ परे। ११ दिन फरार रहेका टोपबहादु रायमाझी वैशाख ३१ गते काठमाडौंबाट पक्राउ परे। सोमबार कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले आत्मसमर्पण गरे।

अहिले यस प्रकरणमा १४ जना हिरासतमा छन्। इन्द्रजित राईका छोरा नीरज र रामबहादुर थापा बालदका छोरा प्रतीक भने फरार छन्। साथै हज कमिटीका अध्यक्ष शमशेर मिया पनि फरार सूचीमा छन्। प्रहरीले सकेसम्म उनीहरूलाई पनि पक्राउ गरेर आइतबार मुद्दा लैजाने तयारी गरेको छ।
अर्को समाचार
खाण पक्षले थप समय माग्दा प्रतिरक्षा बहस लम्बियो
३१ जेष्ठ २०८०
•
३ मिनेट पाठ
खाण पक्षले थप समय माग्दा प्रतिरक्षा बहस लम्बियो
पूर्वगृहमन्त्री बालकृष्ण खाणका वकिलहरूले थप समय माग्दा बुधबारसम्मका लागि प्रतिरक्षा बहस लम्बिएको छ। यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत चलिरहेको थुनछेक बहसमा प्रतिरक्षा बहसका लागि जिल्ला अदालत काठमाडौंले मंगलबारसम्मको समय तोकेको थियो।




अघिल्लो बुधबारदेखि सुरु भएको प्रतिरक्षा बहसका लागि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले ६ दिनको समय छुट्ट्याउँदै प्रतिवादी पक्षका वकिलहरूलाई मंगलबारसम्म आफ्नो बहस सकाउन निर्देशन दिएका थिए। तर मंगलबार पूर्वगृहमन्त्री खाण पक्षका वकिलहरूले आफ्नो बहस नसकिएपछि थप एक दिन समय मागेका थिए।

खाणको पक्षबाट प्रतिरक्षा बहस गरिरहेका पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र नेपाल बार एसोसिएसनका अध्यक्षगोपालकृष्ण घिमिरेले थप समय मागेका हुन्। उनीहरूले इजलासमै थप समय मागेपछि न्यायाधीश न्यौपानेले मन मारीमारी बुधबारसम्मको समय दिएका छन्।

‘अदालत निरीह भएजस्तो भयो’

पूर्वगृहमन्त्री खाणको पक्षबाट प्रतिरक्षा बहसका लागि वकिलहरूले थप समय मागेपछि इजलासमै केहीबेर न्यायाधीश र वकिलहरूका बीचमा रोचक सबाल–जवाफ भएको थियो।

मंगलबार बहसकै क्रममा पहिला पूर्वन्यायाधिवक्ता खाती र त्यसपछि बारका अध्यक्ष घिमिरेले समय मागेका थिए। यसैक्रममा घिमिरेले भने, ‘मैले पनि नसक्ने भएँ यसरी त कामै गर्न नसकिने भयो। श्रीमान समय थप चाहिने भयो।’

घिमिरेले उक्त कुरा राखेपछि खातीले समय व्यवस्थापनका साथ बहस अगाडि बढाउनुपर्ने गरी रुलिङ गर्न आग्रह गरे। उनले भने, ‘कुरा दोहोरिएमा श्रीमानले रुलिङ गर्नुपर्‍यो। नयाँ तथ्य आएन रोक्नुपर्‍यो। यसरी हुँदैन, सकिँदैन श्रीमान्। थप समय व्यवस्थापन गर्नुपर्ने भयो।’

त्यसपछि न्यायाधीश न्यौपानेले पुराना कुरा नै दोहोरिरहेको र नयाँ कुरा नआएको भन्दै असन्तुष्टि पोखे। ‘आज पनि रमन श्रेष्ठले भनेको कुरा आएकै छ, दोहोरिएकै छ’, उनले भने। त्यसपछि घिमिरे र खातीले बुधबार ‘ब्रेक’ अघिको समय आफूहरूले पाउनुपर्ने प्रस्ताव अघि सारे।

पूर्वगृहमन्त्री खाणको पक्षबाट प्रतिरक्षा बहसका लागि वकिलहरूले थप समय मागेपछि इजलासमै केहीबेर न्यायाधीश र वकिलहरूका बीचमा रोचक सबाल–जवाफ भएको थियो।
त्यसपछि न्यायाधीश न्यौपानेको मुहारमा असन्तुष्टि देखिएको थियो। ‘अब त मैले हात उठाउनुपर्ने अवस्था आइसक्यो’, उनले भने, ‘तपाईंहरूअगाडि अदालत नै निरीहजस्तो भयो।’ घिमिरे र खातीले त्यसपछि पनि कर गरिरहेपछि न्यायाधीश न्यौपानेले बुधबार आधा दिनसम्मका लागि समय दिने घोषणा गरे।

खाणका तर्फबाट मंगलबार १० जना वकिलहरूले प्रतिरक्षा बहस गरेका छन्। अधिवक्ता पंकज कर्ण, अजयशंकर झा, नुरसिंह कार्की, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, प्रेमबहादुर खड्का, महादेव यादव, हरिहर दाहाल, मणिराम उपाध्याय, एकराज पोखरेल र रश्मी थापाले खाणको पक्षमा बहस गरेका छन्।

प्रकरणमा दोषी पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले दिएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनालाई अभियोजन गरेको छ। तीमध्ये १८ जना पक्राउ परेका छन् भने १२ फरार छन्।

पक्राउ परेकामध्ये मंगलबारसम्म १२ जना प्रतिवादीको प्रतिरक्षा बहस सकिएको छ। अझै खाणबाहेक शरणार्थी नेता टेकनाथ रिजाल, पूर्वसांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, लक्ष्मी महर्जन र हरिभक्त महर्जनको प्रतिरक्षा बहस बाँकी छ।

प्रकरणमा दोषी पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले दिएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनालाई अभियोजन गरेको छ।
बुधबारसम्म प्रतिरक्षा बहस सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट जवाफी बहस गराई थुनछेक आदेश दिने इजलासको तयारी छ। प्रतिरक्षा बहस नै लम्बिएकाले बुधबार नै आदेश आउने/नआउने भन्नेमा आशंका पैदा भएको छ। थुनछेक आदेशमा प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा साधारण तारेखमा छाड्ने विषयको आदेश हुने छ। अभियुक्तहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्ध अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा चलिरहेको छ।  
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस