नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी
२४ वैशाख २०८०
•
३ मिनेट पाठ
नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ। बैठकको प्रारम्भमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुले सो विषयमा धारणा राखे।




नेकपा (एमाले) संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले अहिले सिङ्गो मुलुकको ध्यान नक्कली शरणार्थी बनाएर लैजाने घटनामा केन्द्रित भएको भन्दै यसमा संलग्नलाई छानबिनको दायरामा ल्याउन माग गरे। 'सत्यतथ्य, पादरदर्शी ढङ्गले छानबिन गरियोस्, तर हामी आज सुन्दैछौँ, सोही घटनामा संलग्न भएका केही व्यक्तिलाई छाड्न बयान फेर्ने काम भइरहेको छ', उनले भने।

सांसद पदम गिरीले जुनसुकै समयमा भएका अनियमितताका घटनालाई छानबिनको दायरमा ल्याउनुपर्ने बताए। सांसद सूर्यबहादुर क्षेत्रीले दोषीलाई कारबाही होस्, निर्दोषलाई नफसाइयोस् भने।

सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षीले संसद् कब्जा गर्ने उद्देश्यले विषयान्तर गरिरहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीलाई प्रहरी समक्ष बुझाउन आग्रह गरे। सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति कारबाहीको भागिदार हुन तयार हुनुपर्ने बताए। उनले भ्रष्टाचारीलाई जोगाउने काम बन्द हुनुपर्ने बताए।

सांसद ज्ञानबहादुर शाहीले नक्कली भुटानी शरणार्थी बनाउने घटनामा संलग्नलाई कारबाही गर्न माग गरे। सांसद अमरेशकुमार सिंहले राजनीतिक दलका नेताहरु विभिन्न भ्रष्टाचारसम्बन्धी घटनामा मुछिएका उदाहरण पेश गर्दै नक्कली भुटानी शरणार्थी घटनामा संलग्न नेता र कर्मचारीलाई कारबाही गर्न माग गरे। 'उच्चस्तरीय छानबिन आयोग बनाएर भ्रष्टाचरसम्बन्धी घटनाको छनबिन गर्नुपर्छ', उनले भने। सांसद् प्रेम सुवालले नक्कली भूटानी शरणार्थी प्रकरणसम्बन्धी घटनाको निस्पक्ष अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद प्रदीप यादवले तत्काल नागरिकता विधेयक जारी गर्न माग गरे। सांसद रघुजी पन्तले नागरिकता विधेयक वर्तमान राष्ट्रपतिबाट जारी गर्ने विषय कानुन सम्मत नभएको बताए।

सांसद सुनील शर्मा भुटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसद्मा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराए। सांसद सरिता प्रसाईँले भ्रष्टाचारीलाई कुनै पनि पार्टीले संरक्षण गर्नुहुन्न, निर्दोष उम्कनुहुन्न भनिन्।  

सांसद मञ्जुकुमारी मिश्रले भ्रष्टाचारका सम्बन्धमा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताइन्। सांसद आरजु राणा आफ्नो चरित्र हत्या गर्ने अभिप्रायले विभिन्न टिकाटिप्पणी भइरहेको बताइन्। उनले सबै नेता र सांसदको सम्पत्ति विवरण सार्वजनिक होस् त्यसका निम्ति आफूहरु तयार रहेको बताइन्।

सांसद हरि ढकालले विगत ३३ वर्षमा भएको भ्रष्टाचारसम्बन्धी घटनाको आयोग बनाएर छानबिन हुनुपर्ने बताए। उनले सरकारले भुटानी शरणार्थीसम्बन्धी छानबिन गर्ने तदरुकता देखाएकाप्रति धन्यवाद ज्ञापन गरे। सांसद मेटमणि चौधरीले तत्कालीन गृहसचिव, मन्त्री र उच्च पदस्थ अधिकारी यो प्रकरणमा संलग्न रहेको खुल्दै गएकाले यो कार्यमा संलग्न सरकार प्रमुखलाई समेत कारबाही गर्नुपर्ने माग गरे।

सांसद दीपकबहादुर सिंह सत्तापक्ष र प्रतिपक्षले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढङ्गले उठाउन नसकेको बताए। 
अर्को समाचार
प्रत्यक्ष निर्वाचित सांसदविहीन अर्घाखाँची
०८ फागुन २०८०
•
४ मिनेट पाठ
प्रत्यक्ष निर्वाचित सांसदविहीन अर्घाखाँची
२०७९ मंसिर ४ मा भएको प्रतिनिधीसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका टोपबहादुर रायमाझी लगातार चौथोपटक अर्घाखाँचीबाट निर्वाचित भए। पाँच दलीय गठबन्धनविरुद्ध एक्लै भिडेका रायमाझी विजयी यात्रालाई कायम राख्न सफल भए।




२०६४, २०७०, २०७४ हुँदै २०७९ को निर्वाचनमा समेत उनलाई कसैले छेक्न सकेन। फलतः उनले चौथोपटक सांसद पदको शपथ लिए। तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनी अहिले निलम्बनमा छन्। निर्वाचित भएको पाँच महिनामै हिरासत पुगेका रायमाझी सात महिनापश्चात उनको सांसद पद निलम्बनमा पर्‍यो । मुद्दा किनारा नलाग्दा हालसम्म उनी निलम्बित नै छन्।

गत वैशाख २० गते जिल्लामै रहेको अवस्थामा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भयो। नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि फरार भएका उनलाई वैशाख ३१ गते प्रहरीले काठमाडांैबाटै पक्राउ गर्‍यो। नेकपा (एमाले) का केन्द्रीय सचिवसमेत रहेका रायमाझीलाई पार्टीले वैशाख २६ गते नै निलम्बन गरेको थियो।

उनी निलम्बनमा परेको वा सांसद पद नै खारेज भएको यो पहिलोपटक भने होइन। यसअघि पनि उनको २० महिना अवधि खाली रहेको थियो। एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजित हुँदा उनी एमाले खेमामा बसेका थिए। उनी पहिले संलग्न रहेको पार्टी नेकपा माओवादी केन्द्रले पार्टीको साधारण सदस्य नरहनेगरी कारबाही गरेपछि २०७७ चैत्र २६ गते संसद् सचिवालयले सांसद पदबाट हटाएको थियो। त्यसपछिको २० महिना अर्घाखाँची प्रतिनिधिसभा प्रत्यक्ष सांसदविहीन भएको थियो। त्यसबेला दुई वर्षसम्मको सांसद विकास कोषको रकम जिल्लाले सदुपयोग गर्न पाएको थिएन। प्रत्यक्ष निर्वाचित सांसदबाट धेरै अपेक्षा राखेका यहाँका नागरिक अहिले निरास बनेका छन्।

२०७९ मंसिरमा भएको निर्वाचनपछि अब विकास होला, मत दिएर जिताएका जनप्रतिनिधिले काम गर्लान भनेर आशा गरेका जनता प्रतिनिधिविहीन हुन पुगेका हुन्। प्रत्यक्ष निर्वाचित सांसद नहुँदा जिल्ला बजेट पाउनेदेखि अन्य कुरामा हेपिएको जिल्लावासीले गुनासो गरेका छन्।

प्रत्यक्ष निर्वाचित सांसद नहुँदा अभिभावकत्व नभएको नेकपा एमालेका कार्यालय सचिव लीला विकले बताए। ‘सिंहदरबारमा डिल गर्ने प्रतिनिधि अहिले शून्यजस्तै भएको छ,’ उनले भने, ‘प्रत्यक्ष निर्वाचित सांसद नहुँदा गतिका साथ विकास हुन सकेको छैन।’

प्रत्यक्ष निर्वाचित सांसद नहुँदा जिल्ला असहाय जस्तो बनेको भूमिकास्थान–९ का व्यवसायी दिनेश पोखरेलले बताए। उनी हुँदा केही विकासका कार्यक्रम अघि बढे पनि अहिले शून्य जस्तै बनेको उनको भनाइ छ। ‘पहिले विकासका केही कुराहरु भएजस्तो लाग्थ्यो,’ उनले भने, ‘अहिले सञ्चार माध्यमले नभनेर हो या नभएर हो खासै सुनिएको छैन।’

उनी समर्थक दल तथा कार्यकर्ताले उनको अनुपस्थिति अन्य कसैले पूरा गर्न नसकेको बताउँछन् । उनी हुँदा मन्त्रालय धाएर, विभिन्न समूहसँग डिल गरेर जिल्ला विकासका लागि बजेट ल्याउने गरेकामा अहिले त्यो क्षमता कसैसँग नभएको उनीहरुको भनाइ छ।

कतिपयले भने रायमाझीलाई पटकपटक जिताउनु जिल्लाका लागि फाइदाजनक नभएको बताउँछन्। पछिल्लो तीन वर्षमा प्रत्यक्ष निर्वाचित सांसद ३० महिना निलम्बनमा पर्छ वा पद खारेजीको अवस्थामा रहन्छ भने त्यस्ता जनप्रतिनिधिबाट आशा राख्नु व्यर्थ रहने उनीहरुको तर्क छ।

छत्रदेव–४ निवासी सञ्जय पाण्डेका अनुसार रायमाझीले दोहोर्‍याइतेहर्‍याइ जनमतको अपमान गरेको बताउँछन्। ‘रायमाझीका कारण जिल्लालाई धेरै नै नोक्सानी भएको छ,’ उनले भने, ‘दुईपटक सांसद विकास कोषको रकम फ्रिज भयो। अहिले आफ्नै कारणले थुनामा हुनुहुन्छ, हामीले प्रतिनिधि कहिले पाउने?’

जिल्लाबाट प्रतिनिधिसभामा अहिले नेकपा (एमाले)का बिजुला रायमाझी र नेकपा (माओवादी केन्द्र)का सुशीला श्रीपाली ठकुरीले प्रतिनिधित्व गरिरहेका छन्। दुवै सांसद समानुपातिक प्रणालीबाट संसद्मा जिल्लाको प्रतिनिधित्व गर्छन्।

सबैको भूमिका एउटै हुनेभए प्रत्यक्ष र समानुपातिक भनेर किटान गर्नु नपर्ने बताउँछन् अधिवक्ता जगन्नाथ भुसाल। उनका अनुसार प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रणालीबाट आएका सांसदबीच व्यावहारिक रुपमा फरक त छँदैछ अझ कानुनी रुपमा पनि केही अधिकार प्रत्यक्ष सांसदलाई मात्र दिइएको छ। ‘कानुनी र व्यावहारिक पाटोमा पनि फरक छँदैछ,’ उनले भने, ‘सामान्य नागरिकको नजरमा पनि फरक पर्छ।’ प्रत्यक्ष निर्वाचित सांसदको गरिमा नै छुट्टै रहेको उनको मान्यता छ।

आम नागरिकको बुझाइमा समानुपातीक सांसद नेतामुखी हुन्छन्। समानुपातिक सांसदको कुनै एक निर्वाचन क्षेत्र तोकिएको हुँदैन। तर प्रत्यक्ष निर्वाचित सांसद आंशिक रुपमा भए पनि जनतामुखी हुन्छन्। जनताबीच फेरि पनि जानुपर्छ भन्ने हेक्का भएकाले प्रत्यक्ष निर्वाचित सांसद जनताबीच नै रहेका हुन्छन्। जनताको प्रत्यक्ष सम्पर्कमा रहने भएकाले निर्वाचित सांसदको मान्यता छुट्टै छ।

आगामी वर्षको बजेट छलफल सुरु हुने तगारमा छ। जिल्लाको आवश्यकता, यहाँका महत्त्वपूर्ण योजना, अधुरा कार्य पूरा गर्न प्रत्यक्ष निर्वाचित सांसदको भूमिका अत्यावश्यक हुन्छ। अधिकांश समय शक्तिमै रहेर बिताएका रायमाझीको सक्रियताले केही कुराहरु अघि बढेका थिए। जुन अहिले बेवारिसे जस्तै बनेका छन् । नौमुरे जलविद्युत् आयोजना, अर्घा भगवती विमानस्थल, सालझण्डी–सन्धिखर्क–ढोरपाटन जस्ता महत्त्वका योजनाले उनका पालामा गति लिएका थिए।

अघिल्लो कार्यकालमा रायमाझीको सांसद पद खारेज हुँदा २० महिना रिक्त रहेको निर्वाचन क्षेत्र यसपटक पूरै अवधि रिक्त रहने हो कि भन्ने शंका उब्जिएको छ। उनीसँगै हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँड र रायमाझीका छोरा सन्दीप रायमाझी थुनामुक्त हुँदासमेत उनी थुनामै रहनुले जिल्लावासी सशंकित त छँदैछन् साथै न मुद्दा किनारा लाग्ने न उपनिर्वाचन हुने वातावरण तयार  भइरहेको देखेर यसपटकको पूरै कार्यकाल संघीय प्रतिनिधिविहीन हुने हो कि भन्ने चिन्ता बढेको छ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस