सर्वोच्चलाई रविको जवाफ- महान्यायाधिवक्ताको निर्णयमाथि अदालतले हस्तक्षेप गर्न मिल्दैन
१९ वैशाख २०८०
•
३ मिनेट पाठ
सर्वोच्चलाई रविको जवाफ- महान्यायाधिवक्ताको निर्णयमाथि अदालतले हस्तक्षेप गर्न मिल्दैन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयको निर्णयमाथि सर्वोच्च अदालतले हस्तक्षेप गर्न नसक्ने लिखित जवाफ पेस गरेका छन्। आफूविरुद्ध झुटा कागजात पेस गरेर राहदानी लिएको र राहदानी दुरूपयोग गरेको विषयमा महान्यायाधिवक्ता कार्यालयको ‘मुद्दा नचलाउने’ निर्णयमाथि परेको रिटका सम्बन्धमा सोमबार लिखित जवाफ पेस गर्दै एउटा संवैधानिक निकायले अर्को संवैधानिक निकायको अधिकारक्षेत्रमाथि हस्तक्षेप गर्न नमिल्ने जवाफ सर्वोच्चमा पेस गरेका हुन्।  




अमेरिकी नागरिक र राहदानीबाहक हुँदाहुँदै लामिछानेले नेपाली राहदानी लिएको विषयमा परेको जाहेरीमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो। सोही निर्णयविरुद्ध सिन्धुलीका युवराज पौडेल (सफल)ले सर्वोच्चमा रिट दिएका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयालको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको थियो।  

वक्ता मोहम्मद अफताव आलममार्फत सोमबार लिखित जवाफ पेस गरेका हुन्।

‘नेपालको संविधानको धारा १५८ (२)ले महान्यायाधिवक्तालाई नेपाल सरकारका तर्फबाट मुद्दा चलाउने नचलाउने भन्ने अन्तिम निर्णय गर्ने अधिकार प्रदान गरेको छ। यो अधिकार महान्यायाधिवक्तालाई संविधानबमोजिम प्राप्त संवैधानिक अधिकार हो र यो अन्तिम हुन्छ,’ लामिछानेले पेस गरेको लिखित जवाफमा भनिएको छ, ‘महान्यायाधिवक्ताले सदाशयपूर्वक आफ्नो विवेक प्रयोग गरी गरेका निर्णय उपर प्रश्न गर्ने कसैको अधिकार हुँदैन। त्यस सम्बन्धमा निजलाई संविधानले नै व्यावसायिक उन्मुक्ति प्रदान गरेको हुन्छ भनी नेपाल कानुन पत्रिका (ने.का.प.) २०५८ निर्णय नं. ७००१ मा श्री सर्वोच्च अदालतले सिद्धान्त प्रतिपादन गरेको अवस्था छ।’  

लिखित जवाफमा महान्यायाधिवक्तालाई र मातहतका एकाइलाई संविधानबमोजिम प्राप्त अभियोजन र प्रतिरक्षासम्बन्धी काम, कर्तव्य र अधिकार प्रत्यायोजित हुने र सोबापत सिर्जित दायित्वमा संरक्षण एवम् कार्यगत स्वतन्त्रता प्राप्त नहुने भनी अर्थ लगाउन कानुन र न्यायसम्मत हुने देखिँदैन भनी ने.का.प. २०५९ निर्णय नं. ७०८२ अनुसार नजिरसिद्धान्त प्रतिपादन भएकाले संविधानलाई निरस्त्र हुने गरी अदालतले आदेश जारी गर्न नसक्ने दाबी गरिएको छ।  

यस्तै लिखित जवाफमा संविधानका हरेक प्रावधान स्वतन्त्र रहेको दाबी गर्दै ती प्रावधानले एकले अर्कोलाई नियन्त्रण नगर्ने दाबी गरेका छन्। ‘सम्मानित सर्वोच्च अदालतले धारा ३३ मार्फत प्रदत्त आफ्नो असाधारण अधिकारको प्रयोग गर्दा सोही संविधानको धारा १५८ ले प्रदान गरेको अर्को संवैधानिक निकायको अधिकारलाई निस्तेज तुल्याउन मिल्दैन,’ जवाफमा भनिएको छ, ‘यी दुवै धारा एकअर्काका प्रतिद्वन्द्वी धारा नभई एकअर्काका समकक्षी धारा भएकाले विवाद हुन सक्दैन।’  

महान्यायाधिवक्ता कार्यालयको अधिकारमाथि न्यायिक हस्तक्षेप भई मुद्दा चलाउने भनी आदेश भयो भने नेपालको न्यायपालिका ऐतिहासिक परम्पराभन्दा प्रतिकूल हुने दाबी गरिएको छ।  

‘संविधानको धारा १५८ (७)को व्यवस्थालाई हेर्दा महान्यायाधिवक्ताबाट मातहतका जिल्ला सरकारी वकिललाई अधिकार प्रत्यायोजन गरिएअनुसार प्रयोग हुँदै आएको अभियोजनको यो अधिकार कमन ल सिस्टमबाट विकास हुँदै आएको अभियोजनात्मक पद्धतिको सार्थक रूप हो,’ लिखित जवाफमा भनिएको छ, ‘यो अधिकारमा कुनै विचलन भएको महसुस हुन आई न्यायिक हस्तक्षेपबाट मुद्दा चलाउने भनी आदेश भयो भने अभियोजनात्मक पद्धति क्रमशः अन्वेषणात्मक पद्धतिमा रूपान्तरण हुन जान्छ, जुन कुरा हाम्रो फौजदारी न्याय प्रणालीको मात्र होइन, नेपालको न्यायपालिकाको वर्षौंदेखिको गौरवमय इतिहासको समेत प्रतिकूल हुन जाने प्रस्ट छ।’  

लामिछानेले जवाफमा अनुसन्धान र अभियोजनको निर्णय कार्यपालिकाअन्तर्गत रहेको उल्लेख गर्दै अभियोजन गर्ने या नगर्ने भन्ने निर्णय गर्ने जिम्मा संविधानतः महान्यायाधिवक्ता कार्यालय र मातहतका सरकारी वकिलमा रहेको एवम् मातहतका सरकारी वकिलबाट त्रुटि वा कमजोरी भए सुधार गर्ने जिम्मेवारी अदालतमा नभई महान्यायाधिवक्ता कार्यालयमा मात्रै रहेको दाबी गरिएको छ। यिनै कारण उल्लेख गर्दै लामिछानेले आफूविरुद्धको रिट खारेजभागी रहेको दाबी गरेका छन्।  

रवि लामिछानेले खारेज भइसकेको नागरिकता पेस गरेर सन् २०१५ मा राहदानी लिएका थिए, जुन कुरा उनले स्वीकार गरिसकेका छन्।
अर्को समाचार
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
१ मिनेट अघि
•
१ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्देशन दिएका छन्।




शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षण अवधिभर मोबाइल प्रयोग नगर्न र अनुशासन पालना गर्न निर्देशन दिएका हुन्।

लामिछानेले प्रशिक्षणको सबैभन्दा महत्त्वपूर्ण पक्ष अनुशासन भएको बताए। पार्टीमा अनुशासन नभए राजनीतिक जीवनलाई व्यवस्थित रूपमा अघि बढाउन नसकिने उनको भनाइ छ।

उनले प्रशिक्षण अवधिभर सहभागीले मोबाइल फोन बन्द गर्नुपर्ने र आयोजकले अनुमति दिएको समयबाहेक पार्टीका अन्य बैठकमा पनि मोबाइल प्रयोग गर्न नपाइने बताए।

‘यो पुरै सेसनभरि हामी अहिले तपाईंले उठाइरहनुभएको टेलिफोन प्रयोग गर्दैनौँ। अहिले मात्र होइन, रास्वपाको कुनै पनि कार्यक्रममा आयोजक कमिटीले अनुमति दिएकोबाहेक बैठकमा हामी टेलिफोन प्रयोग गर्दैनौँ,’ उनले भने।

उनले सहभागीलाई फोन बन्द गरेर प्रशिक्षणमा ध्यान दिन आग्रह गरे। फोन चलाउने, अनावश्यक कुराकानी गर्ने र बारम्बार आवतजावत गर्ने गतिविधि रोक्नुपर्ने उनको निर्देशन थियो।

लामिछानेले अनुशासन पालना नगर्ने सहभागीको पार्टीले रेकर्ड राख्ने र त्यसको मूल्यांकन हुने चेतावनीसमेत दिए।

‘जसले यो सामान्य अनुशासन पालना गर्दैन, पार्टीले त्यस्ता साथीहरूको रेकर्ड राख्छ र त्यसको कुनै न कुनै ढंगले मूल्यांकन अवश्य पनि हुनेछ,’ उनले भने।

उनले प्रशिक्षणमा सिकेका विषयलाई राम्रोसँग बुझेर आफ्नो क्षेत्र र टोलमा गएर अरूलाई सिकाउन पनि सहभागीलाई निर्देशन दिए।

प्रशिक्षण कार्यक्रममा सहभागीले मोबाइलको सट्टा फाइलमा आवश्यक विषय टिपोट गर्नुपर्ने र प्रश्न तथा जिज्ञासा राख्दा हात उठाएर पालैपालो बोल्ने अभ्यास गर्नुपर्ने उनले बताए।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस