चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारी र ताप्लेजुङका जिल्ला समन्वय समिति प्रमुख सहितका सुरक्षा अधिकारीको भर्चुअल बैठकले टिपताला नाका सञ्चालन सहितका बिषयमा द्धिपक्षिय कुटनीतिक पहल गर्ने सहमति गरेको छ।
मंगलवार भएको भर्चुअल बैठक मुख्यत ४ वटा बिषयमा केन्द्रित रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिईन्। उनका अनुसार लामो समय देखि बन्द रहेको नेपाल–तिब्बत सीमा नाका टिपताला नाका सञ्चालनमा ल्याउन आ–आफ्नातर्फबाट कुटनीतिक पहल गर्ने सहमति भएको छ । यस्तै टिपताला देखि ओलाङचुङगोला सम्मको करिव २५ किलोमिटर ट्रयाक ओपन भएको सडकको स्तरोन्नती गरिदिन नेपाली पक्षले डिङ्जी काउन्टी सरकारका अधिकारी समक्ष प्रस्ताव गरेको छ। यस्तै सीमावर्ती फक्ताङलुङ गाउँपालिकाले आफ्नो क्षेत्रमा कम्तिमा दुईवटा मोटरेवल पक्की पुल निर्माण गरिदिन प्रस्ताव गरेको छ। आफुहरुको प्रस्तावलाई डिङ्जी काउन्टी सरकारका अधिकारीले सकारात्मक रुपमा लिएको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन(मुक्ति) लावुङ लिम्बूले जानकारी दिए। डिङ्जी काउन्टी स्थानीय सरकार र फक्ताङलुङ गाउँपालिकाका बीच थप सुद्रिढ स्थापित स्थापित गर्ने बिषयमा समेत दुबै पक्षका अधिकारी सहमत देखिएको फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष बिकास साम्रा(रविन)ले जानकारी दिए। भर्चुअल बैठकमा जनप्रतिनिधितर्फ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष लिम्बू,उपाध्यक्ष साम्रा,फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन वालुङ र कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पा सहभागी थिए। यस्तै सुरक्षा अधिकारीतर्फ प्रमुख जिल्ला अधिकारी चेम्जोङ,भीमकाली गुल्मका गुल्मपति पवन नगरकोटी,जिल्ला प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बू,सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति(सशस्त्र डिएसपी)बिनोद थापा र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत दुर्गाप्रसाद चापागाँई सहित सहभागी थिए।