बारा-२ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा
०८ वैशाख २०८०
•
२ मिनेट पाठ
बारा-२ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा
यही वैशाख १० गते बारा क्षेत्र नं  २ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।




निर्वाचन हुने बारा क्षेत्र नं २ को सम्पूर्ण मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।

मतदान केन्द्रमा खटिसकेका कर्मचारीले मतदानलाई सहज हुने गरी आवश्यक संरचना तयार पार्ने काम सुरु गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए। उनका अनुसार गर्भवती, अशक्त, जेष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उनीहरुलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने ब्यवस्था मिलाइएको छ।

उनका अनुसार शनिबार बिहानदेखि मतपत्र पठाउन सुरु गरिने र भोलि बेलुकासम्म सबै मतदान केन्द्रमा पु¥याइसकिने छ। निर्वाचन आचारसंहिता पालना गराउन सुरु देखि नै कडाइ गरिए पनि छिटफुटरुपमा आचारसंहिता उल्लङ्घनका उजुरी आएको र त्यसमा आवश्यक छानविन भइरहेको मुख्य निर्वाचन अधिकृत उपाध्यायको भनाइ छ।

यस्तै बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्रमा मतगणनास्थल तय गरिएको र मतगणनास्थलमा आवश्यक तयारी भइरहेको जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार बारा क्षेत्र नं २ मा एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ। कसैले मतपेटिका चलाउन र धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई सिधै गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइएको प्रजिअ सापकोटाले बताए।

निर्वाचनका समयमा जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पासबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशसान कार्यालयबाट पास लिएको भए पनि त्यसको दुरुपयोग भएको पाइएमा कानुन बमोजिम त्यस्तालाई कारवाहीसमेत गरिने प्रजिअ सापकोटाको भनाइ छ।

सो निर्वाचन क्षेत्रका ८२ मतदान स्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ। त्यसमध्ये ६५ मतदानस्थल अतिसंवेदनशिल र १७ सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निर्वाचनलाई दृष्टिगत गरी आजदेखि तीन दिन भारतीय सीमा नाकामा आवतजावत बन्द गरिएको छ।

वैशाख १० गते राति १२ बजे भारतीय सिमाना बन्द रहने प्रजिअ सापकोटाले बताए। महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाँउपालिकाका ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए। सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी मैदानमा छन्।
अर्को समाचार
इलाम-२: २५ वर्षे प्रगतिको पुलिन्दा बोकेर भोट माग्दै एमाले
०३ वैशाख २०८१
•
४ मिनेट पाठ
इलाम-२: २५ वर्षे प्रगतिको पुलिन्दा बोकेर भोट माग्दै एमाले
वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) करिब २५ वर्ष इलाम क्षेत्र-२ को प्रतिनिधित्व गर्दा पार्टीले गरेका विकासे काम स्मरण गराउँदै मतदातासम्म पुग्दैछ।




पार्टीको तर्फबाट साढे दुई दशक प्रतिनिधित्व गरेका सुवासचन्द्र नेम्बाङले गरेका संविधान निर्माणको नेतृत्वदेखि इलामको भौतिक विकासका दर्जनौं कामको पुलिन्दा बोकेर एमाले चुनावी अभियानमा लागेको छ। गत भदौ २६ मा नेम्बाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। अहिले इलाम-२ बाट उनकै छोरा सुहाङ लड्दैछन्। 

नेम्बाङले देशको मूल कानुन मानिने संविधान निर्माणको नेतृत्व गर्नुलाई ऐतिहासिक उपलिब्धका रूपमा लिएको छ। नेम्बाङले यो क्षेत्रबाट २०५६ सालयताका सबै चुनाव जितेका थिए। कतिपयले नेम्बाङले स्थानीय आवश्यकताअनुसार काम गर्न नसकेको आलोचना गरेपछि एमाले विगतका काम र अबको प्रतिबद्धतासहित मतदाता रिझाउँदैछ।

‘इलामबाट निर्वाचित सांसदले दुई पटकसम्म सर्वसम्मत रूपमा संविधानसभाको नेतृत्व गर्ने अवसर पाउनु एमालेमात्र होइन, सिंगो इलामका लागि गौरवको विषय हो,’ एमाले उपसचिव उमेश गुरुङ भन्छन्, ‘त्यतिमात्र होइन, किरात धर्मगुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गराउनदेखि भूमिहीन चुलाचुलीबासीलाई धनीपुर्जा हातमा पुर्‍याउन पनि नेम्बाङकै पहल सफल भएको बिर्सिनुहुँदैन।’

नेम्बाङले इलाम क्षेत्र २ मा दीर्घकालीन महत्वका विकास योजनासमेत सुरुआत गरेको एमालेले उल्लेख गरेको छ। नेम्बाङले यहाँबाट विजयी भएपछि सडक, बिजुली, खानेपानी, पुल, भवन, कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रमा गरेका दर्जनौं कामलाई एमालेले दस्तावेजका रूपमा पनि उनले जनाए।

‘अब इलाम क्षेत्र २ विकासले पूर्ण भयो भन्ने होइन, अझै धेरै काम बाँकी छन्,’ उनले भने, ‘जति काम सुरुआत भएका छन्, जति योजना कार्यान्वयनको पहल भइरहेको छ, तिनले यो क्षेत्रमा समृद्धिको आधार भने तयार गर्नेछन्।’

आउँदो उपनिर्वाचनमा आफूहरू विगतमा गरेका काम र अब पार्टी, उम्मेदवारको तर्फबाट गरिएका प्रतिबद्धता बोकेर मतदातासम्म पुगिरहेको उनले जनाए। ‘यसबीचमा दर्जनौं महत्वपूर्ण काम भएको जगजाहेरै छ,’ उपसचिव गुरुङले भने अधुरा काम पूरा गर्न र नयाँ योजना कार्यान्वयन गर्न एमाले प्रतिबद्ध छ, हाम्रा उम्मेदवार प्रतिबद्ध हुनुहुन्छ।’

निर्माणाधीन राँके–रवि–भेडेटार सडक, राकसे–बेलासे सडक, दमक–चिसापानी सडक, मदन भण्डारी राजमार्ग, लक्ष्मीबाँध–बिहीबारे–गुरुआश्रम सडक, फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण र नामकरण, यही विमानस्थलबाट फुलुङ्गी–बिहीबारे–मार्चेबुङलगायत दर्जनौं सडक नेम्बाङकै पहलमा आएका योजना भएको एमालेले जनाएको छ।

दर्जनौं पुल, चुलाचुलीमा १५ शड्ढयाका अस्पताल, गाउँपालिका नगरपालिकाका भवन, इलामको सिटी हल, इलाम अस्पतालमा अक्सिजन प्लान्ट जडान, भेन्टिलेटर सेवा, सेतीदेवी–पुवाखोला झोलुङ्गे पुल (बन्जीसहितको योजना) पनि नेम्बाङको अग्रसरतामा आएको एमाले केन्दीय सदस्य राम रानाले बताए।

विद्युत् विस्तारका लागि काबेली कोरिडोर, इलाम जिल्लाभर पूर्ण विद्युतीकरण, विभिन्न विद्यालयलाई नमुना विद्यालयका योजना ल्याउने, बरबोटेको चुम्लुङ हिम, विभिन्न गाउँका स्कुलमा प्राविधिक शिक्षा विस्तारमा पनि नेम्बाङको पहल रहेको रानाले बताए।

‘यो निर्वाचन क्षेत्रमा भएका सयौं काम छन्, जसमा एमाले र दिवंगत नेता नेम्बाङको छाप लागेको छ,’ राना भन्छन्, ‘तीनै काम पूरा गर्ने र थप स्थानीय आवश्यकताका काम गर्ने योजना पार्टीले ल्याएको छ।’ यो उपनिर्वाचनका लागि एमालेले चिया, दूध, पशुमा देखिएको लम्पी स्किन रोगबाट किसानले पाउनुपर्ने सहुुलियत, कृषि मल–बीउलगायतलाई चुनावी एजेन्डा बनाएको छ। एमाले, नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलले यो पटक एमालेका सुहाङ नेम्बाङलाई साझा उम्मेदवार बनाएका छन्।

स्थानीय तहको अधिकार सुनिश्चित गर्ने, इलाममा मेडिकल कलेज स्थापना, सबैखाले शोषणविरुद्ध लड्ने, युवाको विदेश पलायन रोक्दै देशमै रोजगारी सिर्जनालाई पनि सुहाङले चुनावी एजेन्डा बनाएका छन्। खेलकुद, साहित्य, कला, सिनेमा, नाटकमा आबद्ध युवालाई व्यावसायिक बनाउने, सबै जाति, भाषा, धर्म, समुदायको आत्मसम्मान र पहिचानलाई सम्मान गर्दै त्यसलाई कायम राख्ने प्रतिबद्धता पनि एमालेले गरेको छ।

२०७९ सालको निर्वाचनमा इलाम क्षेत्र २ मा एमालेका सुवासचन्द्र नेम्बाङ विजयी बनेका थिए। उनी ३० हजार २० मत ल्याएका विजयी हुँदा तत्कालीय सत्ता गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए।

वैशाख १५ मा हुने उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। कांग्रेसले पुनः खड्कालाई नै उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू, पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम चुनावी प्रतिस्पर्धामा छन्।

जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन्।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि उम्मेदवार छन्।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
यो पनि पढौँ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस