कांग्रेस नेता कार्यकर्ताहरूलाई पूर्व मन्त्री खाँणको निर्देशन उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्नुस्
०१ वैशाख २०८०
•
२ मिनेट पाठ
कांग्रेस नेता कार्यकर्ताहरूलाई पूर्व मन्त्री खाँणको निर्देशन उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्नुस्
फाइल तस्विर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बालकृष्ण खाँणले बारा २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्न बाराका कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।




बाराको महागढीमाई नगरपालिका–२ बरियापुरमा शुक्रवार स्थापना गरिएको संयुक्त चुनावी सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका खाँणले बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनको प्रतिनिधित्व गरिरहेको कारण उनी नेपाली कांग्रेस समेतको उम्मेदवार भएको बताए। उनले कांग्रेस बाराका नेता र कार्यकर्ताहरूलाई खुलेर यादवलाई जिताउन चुनावी अभियानलाई अझ तीव्र र आक्रमक बनाउन निर्देशन दिए।

खाँणले भने, उपेन्द्रजी जसपा पार्टीको मात्र उम्मेदवार हुनुहुन्न्।उहाँलाई पाँच दलीय गठबन्धनले उठाएको हो, उहाँ जति जसपाको उम्मेदवार हुनुहुन्छ उतिकै कांग्रेसको पनि उम्मेदबार हुनहुन्छ। उहाँलाई जिताउने सम्पूर्ण काँग्रेसी नेता कार्यकर्ताहरूको कर्तव्य हो। कांग्रेसका सम्पूर्ण साथीहरूसँग म उपेन्द्रजीलाई जिताउन खुलेर लाग्न आग्रह गर्दछु।

कार्यक्रममा बोल्दै बारा २ का उम्मेदवार एवं जसपा अध्यक्ष उपेन्द्र यादवले बारा जिल्ला र समग्र मधेशको विकास र समृद्धि आफ्नो मूल चुनावी एजेन्डा भएको बताए। उनले निर्वाचनमा उम्मेदवारको पृष्ठभूमि र उसले गरेको कामको मूल्याङ्कन गरेर मतदान गर्न आग्रह गरे। भ्रम फिजाएर मधेसका जनताबीच द्वन्द्व सृजना गर्नेबाट सावधान रहन आग्रह गर्दै उनले भने,जातीयता, बाहिरिया भित्रिया जस्तो द्वन्द्व सृजना गर्ने विषयको उठान गर्नेहरूसँग सावधान रहन आवश्यक छ।

बाहिरी शक्तिबाट परिचालितहरूले मधेशी जनताको भलोको बारेमा सोच्न सक्दैनन्। मधेसको लागि हालसम्म कसले के गरेको छ, मधेशी जनताले पाएको अधिकारको लागि कसले कति योगदान पुर्याएको छ। यसको मूल्याङ्कन गरेर मात्र मतदान गर्नुहोलाु– अध्यक्ष यादवले भने।

लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले पनि उपेन्द्र यादव जस्तो नेता संसद् बाहिर रहनु संघीयताको लागि घातक भएको बताए। पछिल्लो समय संघीयतालाई कमजोर पार्ने शक्तिहरु सक्रिय भइरहँदा यसको संरक्षणका लागि आवाज उठाउन पनि उपेन्द्र यादव जस्तो नेताको संसदमा उपस्थिति अपरिहार्य रहेको उनले बताए।

बारा २ मा निर्वाचन परिचालनका लागि संयुक्त चुनावी सम्पर्क कार्यालयको जसपाका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण र लोसपाको तर्फबाट चुनावी कमान्ड सम्हालेका पूर्व मन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

कार्यक्रममा जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबु प्रसाद यादव, नेपाली कांग्रेस बाराका अध्यक्ष राजेशराय यादव, जसपा बाराका अध्यक्ष रामबाबु यादव, रामकिशोर यादव, प्रमोद गुप्ता, युवा नेता मुकेश कुशवाहा, नेपाली कांग्रेसका नेता उपेन्द्र यादव एवं पाँच दलिय गठबन्धन दल रुका स्थानिय नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
अर्को समाचार
जनताले महशुस गर्ने गरी विकास र समृद्धिको सपना साकार पार्छौं: खाँण
२३ कार्तिक २०७९
•
३ मिनेट पाठ
जनताले महशुस गर्ने गरी विकास र समृद्धिको सपना साकार पार्छौं: खाँण
गृहमन्त्री तथा रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा पाँच दलीय गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले अवको पाँच वर्षमा जनताले महशुस गर्ने, आँखाले देख्ने र जीवनस्तर परिर्वतन हुने गरी  विकास गर्ने बताएका छन्।




चुनावी अभियानको क्रममा क्षेत्र नं. ३ का विभिन्न स्थानमा भएका सभालाई सम्बोधन गर्दै नेता खाँणले लोकतान्त्रिक गठबन्धनले अवको निर्वाचन जितेर जनताले महशुस गर्ने गरी देशको विकास र समृद्धिको सपना साकार पार्ने बताएका हुन्।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले जनताको अवस्था बदल्नकै लागि गठबन्धन गरीएको  भन्दै उनले पाँच दलीय  गठबन्धनको शक्तिले मात्रै समुन्नत  नेपाल निर्माण गर्न सक्ने दाबी गरे। राजनीतिक दलहरुकै सहमतिमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएको भन्दै उनले गरिबी र बेरोजगारी समस्याको अन्त्य गर्न गठबन्धन नै निर्णायक शक्ति बन्ने बताए।

नेता खाँणले हालसम्मको स्थितिमा पाँच दलीय गठबन्धन देशका १ सय ३० स्थानमा अगाडि रहेको दाबी गरे। मेहनत गर्दै जाँदा गठबन्धनको अग्रता अझै बढ्ने पनि बताए। आफनो पार्टीको रिर्पोट अनुसार एमाले २१ र बाँकी १४ स्थानमा अन्य दलको अग्रता रहेको दाबी खाँणको छ। राप्रपा ५–६ क्षेत्रमा त्यो पनि तेस्रो–चौथो स्थानमा देखिएपनि र बाँकी ठाउँमा निकै पछाडी रहेको बताए।

उनले माधव नेपाल प्रधानमन्त्री र आफू सिंचाइमन्त्री भएको बेला रुपन्देहीमा धेरै विकासका आयोजना अगाडि बढेको बताए। ‘यहाँका ठूलादेखि साना आयोजनाहरु नेपाली काँग्रेसले ल्याएको हो तर अन्य पार्टीका केही नेता साथीहरुले अहिले यो पनि मैले गरेको त्यो पनि मेले गरेको भनेर भ्रम छरिरहनु भएको छ' खाँणले भने। ठूला र राष्ट्रिय महत्वका आयोजनाहरु सञ्चालन र निर्माणका क्रममा कतै मुख समेत नदेखाइ बसेका केही दलका नेताहरुले अहिले ती विकास आफूले एक्लै गरेको भनेर जनतालाई भ्रममा पारी रहेको बताए।

भैरहवा–परासी सडक खण्डको विस्तार, बेलहिया–बुटवल व्यापारीक मार्ग विस्तार, जनताको तटबन्धन जस्ता महत्वपूर्ण आयोजानहरु नेपाल प्रधानमन्त्री र आफू सिंचाइमन्त्री भएको बेला सुरु गरिएको गृहमन्त्री खाँणले बताए। उनले राष्ट्रिय महत्वका ठूला आयोजनाहरु सबै काँग्रेसका पालाम सुरु गरी केही निर्माण सम्पन्न गरेको र  केही आयोजना अवको पाँच वर्षमा जसरी पनि पूरा गर्ने प्रतिबद्धता जनाए।

भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, रुपन्देहीमा अधिकांश नदी खोलामा पुल निर्माण, करिडोर सडकहरु, औधागिक क्षेत्र, खानेपानी, अस्पताल तथा स्वास्थ्य केन्द्रहरुको स्तरोन्नती जस्ता विकास निर्माणका योजनाहरु नेपाली काँग्रेसले ल्याएको उनले बताए। खाँणले गठबन्धनको जित पछि समग्र रुपन्देहीको विकासका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग, व्यवसायको विकास र विस्तार हुने गरी बहुपयोगी आयोजनाहरु ल्याउने प्रतिबद्धता पनि गरे।

राप्रपाका वडाध्यक्ष काँग्रेसमा प्रवेश

राप्रपाका बुटवल १४ का वडाध्यक्ष रामदयाल चौधरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। राप्रपाले नीति सिद्धान्त र जनतालाई भन्दा केही व्यक्तिलाई केन्द्रमा राखेर पार्टी सञ्चालन गरकाले राप्रपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको चौधरीले बताए। संविधान र लोकतन्त्रको रक्षा गर्दै देश र जनताको पक्षमा काम गर्ने पार्टी भएकाले काँग्रेस आफनो रोजाइमा परेको उनले बताए।

गृहमन्त्री खाँणले चौधरीलाई टिका माला लगाएर पार्टी  प्रवेस गराएका हुन्। खाँणले काँग्रेसप्रतिको जनताको विश्वास र भरोसालाई कहिल्यै तोडिन नदिने भन्दै अबको पाँच वर्षमा जनताको जीवनस्तरमा परिवर्तन हुने गरी विकासले गती लिने बताए। सिद्धार्थ नगरका पूर्वनगर सचिव तारानाथ पाण्डेय र वडा नं. ९ का उपसभापति रामबहादुर थापा पनि काँग्रेसमा प्रवेस गरेको काँग्रेसका क्षेत्रीय सभापति शुसिल गुरुङले जानकारी दिए।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस