कोशी प्रदेशको प्रथम प्रदेशभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुखको कार्यालयले बुधबार विज्ञप्ति जारी गरी कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राती १२ बजेदेखि प्रदेशसभाको प्रथम अधिवेशन अन्त्य गरेको जनाएको हो।
प्रदेश प्रमुखको निमित्त सचिव माधव घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत २९ गते बसेको बैठकको सिफारिस अनुसार प्रदेशसभाको प्रथम अधिवेशन अन्त्य गरिएको उल्लेख छ।
तर, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नेक्रममा प्रदेश सरकारका प्रबक्ता भक्तिप्रसाद सिटौलाले प्रदेशसभाको प्रथम अधिवेशन अन्त्य गर्न सिफारिस गरेको सार्वजनिक गरेका थिएनन्। उनले चाँडै अधिवेशन अन्य गरेर चाँडै दोस्रो अधिवेशनको प्रदेशसभा बैठक वोलाउने जानकारी दिएका थिए।