ढाका कुमारको सचिवालयले भन्यो- आवाज सम्पादन गरियो, भ्वाइस राख्ने मिडियाप्रति कडा कारवाही हुन्छ
२७ चैत्र २०७९
•
२ मिनेट पाठ
ढाका कुमारको सचिवालयले भन्यो- आवाज सम्पादन गरियो, भ्वाइस राख्ने मिडियाप्रति कडा कारवाही हुन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाका कुमार श्रेष्ठले आफ्नो र व्यवसायी दुर्गा प्रसाईंबीचको भनिएकाे संवादमा आवाज सम्पादन गरेको आरोप लगाएका छन्।  




प्रसााईसँग दुई करोड रुपैयाँ मागिएको अडियो श्रेष्ठको नभएको दाबी गर्दै उनको सचिवालयले प्रेस विज्ञप्ति निकालेको छ। विज्ञप्तिमा श्रेष्ठको आवाज सम्पादन गरी राजनैतिक भविष्य लक्षित गरी  षडयन्त्र गरिएकोसमेत भनिएको छ।  

व्यापारी दुर्गा प्रसाईँसँग फोन सम्वाद गरी २ करोडको बार्गेनिङ गरेको अडियो बाहिर आएपछि सांसद श्रेष्ठको निजी सचिवालयले आइतबार एक विज्ञप्ति जारी गरी फोन सम्वादमा बोलेका अभिव्यक्तिहरु श्रेष्ठका नभएको दाबी गरेको हो।  

विज्ञप्तिमा भनिएको छः 'एक अनलाइन मिडियाले मा.डा.ढाकाकुमार श्रेष्ठ र अर्का एक व्यक्ति बीच फोन सम्वाद भएको र सो सम्वादमा बोलेको अभिव्यक्तिहरु मा. डा. ढाकाबहादुर श्रेष्ठ नभएको र सो आवाज सम्पादन गरी नियोजित रुपमा  राजनैतिक भविष्य लक्षित गरी गरिएको हो। '

विज्ञप्तिमा अगाडी भनिएको छ,  ‘सो अडियोमा भनिएकोजस्तो मा.डा.ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउने कुरो पार्टीमा नउठेको हुँदा यो योजनाबद्ध ढंगले मा डा।ढाकाकुमार श्रेष्ठको इज्जत, मान मर्यादालाई गिराउन केही समूहहरु हात धोएर लागेको प्रस्ट छ ।’

श्रेष्ठको सचिवालयले सो भ्वाइस राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कडाभन्दा कडा कार्वाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ ।

‘सो भ्वाइस राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कडाभन्दा कडा कार्वाहीको प्रक्रिया अगाडि बढ्ने जानकारी गराउँदै सम्पूर्ण आफन्त, साथीभाई, शुभचिन्तकहरुमा मा।ढाकाकुमार श्रेष्ठ निस्वार्थ इमान्दार कर्मठ, एक व्यक्तित्व रहनुभएकोले यो नियोजित कपोकल्पित भ्रमको पछि नपरिदिनुहुन अनुरोध गर्दछौं। र शीघ्र सत्य तथ्य छानबिन गरी सत्य कुरा बाहिर ल्याउने छौं’ विज्ञप्तिमा भनिएको छ।  

आइतबार सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो बाहिर आएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ।  छानबिन पूरा नभएसम्मका लागि श्रेष्ठलाई सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै काम नगर्न नगराउन रास्वपाले निर्देशन दिएको छ ।
अर्को समाचार
दुर्गा प्रसाईंको मंसिर ७ गर्ने भनेको आन्दोलन के हो ?
०१ मंसिर २०८०
•
३ मिनेट पाठ
दुर्गा प्रसाईंको मंसिर ७ गर्ने भनेको आन्दोलन के हो ?
विवादित व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौँबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका छन्। प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’का नाममा मंसिर ७ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भनिएको छ।




जसका लागि अहिले फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम, युट्युब, टिकटकलगायत सबैतिर दर्जनौँ एकाउन्टमार्फत प्रसाईंका समर्थकहरूले मंसिर ७ गते काठमाडौं पुगेर प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेका छन्।

प्रसाईंनिकट व्यक्तिहरूले मंसिर ७ गतेको प्रदर्शनमा देश भरीबाट १० देखि १५ लाख व्यक्ति काठमाडौं उत्रिने दाबी गरेका छन्।  ‘डेढ लाख हिजोआज नै काठमाडौं भित्रिसके, ७ गतेसम्म १५ लाख मान्छे काठमाडौँमा उत्रिसक्छन्,’ प्रसाईंका नातेदार समेत रहेका झापाका  दिपेश प्रसाईंले भने, ‘हाम्रो अभियानसँग भारतमा रहेका नेपाली समेत आएर सहभागी हुँदै छन्।’

दिपेशले अभियानसँग ४ लाखभन्दा बढीले सदस्यता लिइसकेको पनि दाबी गरे । यस विषयमा हामीले व्यवसायी प्रसाईंसँग पनि सम्पर्क गर्ने कोशिस गर्दा उनी केही दिन ‘भ्वाइस रेस्ट’मा रहेको निकटस्थहरूले बताएका छन्।

प्रसाईंले पछिल्लो समय गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै आएका छन्। यस्तै बैंक तथा वित्तीय संस्थाहरूले गरिब जनताबाट चर्को कर असुलिरहेको भन्दै ऋण मिनाहाको अर्को एजेन्डासहित विभिन्न प्रदर्शन गरिरहेका छन्। जसलाई उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नाम दिएका छन्।

झापामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई लगेर यसअघि पनि अभियानको सुरुवात गरेका उनले हिन्दु राष्ट्र र सङ्घीयताको विपक्षमा उभिएका छन्। राजतन्त्रको पुनः स्थापनाका विषयमा भने उनले बेलाबेला बोली फेर्दै आएका छन्। यसबाहेक उनले प्रमुख राजनीतिक दलका शीर्ष नेता, नेताका परिवार र केही ठूला  व्यापारिक घरानाविरुद्ध विवादित बयानहरू दिँदै आएका छन्। जसमा उनले भ्रष्टाचार बढ्नु र मुलुकको आर्थिक मन्दीको कारक भन्दै ती व्यापारिक घराना र नेता रहेको दाबी गर्दै आएका छन्।

मंसिर ७ गतेको प्रदर्शनका लागि प्रसाईंको सचिवालयद्वारा जारी प्रचार सामग्रीहरूमा यही कुराहरू उल्लेख गरेर प्रचार–प्रसार गरिएको छ। जसमा ‘गणतन्त्रको विकल्प सहितको भुइमान्छे, सर्वहारा वर्ग तथा नेपाली नागरिकको मुक्तिको लागि अन्तिम लडाई’ भनिएको छ। ती सामग्रीहरूमा ‘अब यो देशको राजा, प्रधानमन्त्री र मन्त्री को बन्छन् भनेर थाहा नभएको’ भन्दै १६ जना तस्कर माडकारीहरू, १० जना लुटेरा व्यापारीहरू र ३० जना भ्रष्ट नेताहरू कि त भाग्छन्, कि त सकिन्छन, कि त जेल जान्छन्’ भनेर प्रचार गरिएको छ।

प्रसाईंले उठाएका अन्य एजेन्डामा बैंक तथा वित्तीय संस्थाले लिलाम गरेका घरजग्गा फिर्ता, सुकुम्बासी बनाउन नपाइने कानुन निर्माण, राजनैतिक संरक्षणमा भएको अरबौँ कर मिनाह बदर, बन्द उद्योग सञ्चालन, एक हजार र पाँच सयको नोट बन्दी, वैदिक सनातन धर्म सापेक्ष मुलुक, सङ्घीयताको विकल्पहरू समेटिएका छन्।

विवादित पृष्ठभूमिका प्रसाईं विगतमा नेकपा माओवादी केन्द्रमा रहँदा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र त्यसपछि नेकपा एमालेमा रहँदा एमाले अध्यक्ष केपी ओलीसँग निकट थिए। दुबै पार्टी एकीकरण हुँदा प्रसाईंले दाहाल र ओलीलाई आफ्नै घरमा बोलाएर चरेसको थालमा मार्सी भात खुवाएको तस्बिर भाइरल बनेको थियो।

पछिल्लो समय दुबै पार्टी र नेतासँग असन्तुष्ट हुँदै प्रसाईं सडकमा आएका छन्। उनीमाथि विभिन्न बैङ्कबाट अर्बौँ ऋण लिएर नतिरेको पनि आरोप लाग्ने गरेको छ।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस