चितवन -२ मा जनमोर्चाको अमेरिकी साम्राज्यवाद विरुद्धको भण्डाफोर अभियान
२३ चैत्र २०७९
•
३ मिनेट पाठ
चितवन -२ मा जनमोर्चाको अमेरिकी साम्राज्यवाद विरुद्धको भण्डाफोर अभियान
राष्ट्रिय जनमोर्चाले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई अमेरिकी साम्राज्यवादको विरुद्धको भण्डाफोर अभियानको रुपमा लिएको बताएको छ।




राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमिति चितवनले आज(बिहिबार) भरतपुरमा राखेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले पुराना ठूला दल र नयाँ पार्टीसमेत विदेशी शक्तिको निर्देशनमा चलेको आरोप लगाएका छन्।

‘यो उपनिर्वाचनलाई हाम्रो पार्टीले अत्यन्तै महत्वका साथ हेरिरहेको छ,’ उनले भने ‘अमेरिकी साम्राज्यवादका विरुद्ध बढीभन्दा बढी भण्डाफोरमा जोड दिएर देशको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि संघर्ष गर्ने नीति हुनेछ।’

राष्ट्रिय जनमोर्चाले चितवन २ को उपनिर्वाचनमा पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई उठाएको छ। यसभन्दा अघि चितवनमा जनमोर्चाले सत्ता गठवन्धनलाई सघाएको थियो। तर, अहिले सत्ता गठबन्धनमा भएपनि जनमोर्चा एक्लै चुनावी मैदानमा रहेको छ। अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाले गुण दोषका आधारमा सत्ता गठबन्धनलाई सहयोग गर्ने नीति लिएको बताएका छन्। ‘सरकारलाई समर्थन दिएका पार्टीले जे जे गर्दछन् राष्ट्रिय जनमोर्चाले गर्दैन। हाम्रो स्वतन्त्र अस्तित्व छ। छुट्टै नीति छ,’ उनले भने ‘पाँच दलिय गठबन्धनमा छदै उनीहरुले एमसिसि पास गरे। हामी सामेल भएनौँ। पछि प्रतिगमनलाई हराउन चुनावी गठबन्धनमा गयौँ।’

उनले पाँच दलिय कार्यगत एकताको बुझ्न सर्वसाधरणलाई आग्रह समेत गरे। प्रतिनिधि सभा सदस्य समेत रहेका केसीले गणतन्त्रका पक्षधर शक्तिहरुबाट जनताका जनजीविका र राष्ट्रियताको समस्या समाधान हुन नसकेका कारण जनतामा विद्ययमान शासन प्रणाली प्रति चर्को असन्तोष रहेको बताए। ‘गणतन्त्र प्रति व्याप्त असन्तोषलाई प्रतिगामी तथा साम्राज्यवादी शक्तिहरुले आफ्ना गलत राजनैतिक उद्देश्यका लागि प्रयोग गर्ने प्रयत्न गरिरहेका छन्,’  उनले भने, ‘राजा फर्काउने वा साम्राज्यवादीका दलालहरुको शक्तिमा विस्तार हुने खतरा देखा परेको छ।’

उनले राष्ट्रिय स्वतन्त्र पाटी समेत अमेरिकाको एजेण्ड भएको दावि गरेका छन्। ‘जनतामा ब्याप्त असन्तोषलाई प्रयोग गरेर आफ्ना स्वार्थहरु नेपालमा लाद्न खोज्ने साम्राज्यवादी प्रयत्न स्वरुप राष्ट्रिय स्वतन्त्र पार्टी पैदा भएको हो,’ उनले प्रस्तुत गरेको विज्ञप्तीमा लेखिएको छ, ‘नयाँको नाममा विदेशीहरुबाट प्रायोजित व्यक्ति वा दलबाट गणतन्त्र तथा राष्ट्रियताको रक्षा हुन सक्दैन।’

उनले आफ्नो सरकार जोगाउन देशी विदेशी शक्तिहरुसंग साँठगाँठ गर्ने प्रवृति बढ्दो रहेको बताए। रास्वपाका सभापति रवि लामिछाने उम्मेद्वार हुन नपाउने कानुनी व्यवस्था भएपनि राज्यका विभिन्न निकायहरु विदेशी शक्तिका अगाडि घुँडा टेकेको बताए। कानुनी रुपमा निर्वाचनमा जानका लागि विदेशी नागरिकले त्यहाँको नागरिकता त्यागेर नेपाली नागरिकता लिएको ३ महिना पुग्नु पर्दछ।

तर, लामिछानले नागरिकता पुन प्राप्ति गरेको ३ महिना नपुग्ने जनमोर्चाको दावि छ। उसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समेत उम्मेद्वारी दिएको थियो। चितवन क्षेत्र नम्बर २का उम्मेद्वार जनकराज शर्माले विदेशी शक्तिहरु धर्म प्रचारको रुपमा समेत भित्रिएको बताएका छन्। विदेशी शक्तिहरुले राजनीतिक शक्तिका नेताहरुलार्ई प्रयोग गरिहेको उनको दावि छ। यसलाई भण्डाफोर गर्न आफ्नो उम्मेद्वारी रहेको उनले बताए।  
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
४३ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस